×

NMB BANK
NIC ASIA

आन्दोलनरत नर्ससँग वार्ता गर्न डा. विनोदमान श्रेष्ठको संयोजकत्वमा समिति गठन

माघ ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३ माघ- स्वास्थ्य मन्त्रालयले आन्दोलनरत नर्सहरुसँग वार्ता गर्न समिति गठन गरेको छ । 

Muktinath Bank

मन्त्रालयले प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठको संयोजकत्वमा गठन गरेको वार्ता समितिमा डा. गुणराज लोहनी, महेन्द्र श्रेष्ठ र नर्सिङ प्रशासक कल्पलता सुब्बा सदस्य छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिका संयोजक डा. श्रेष्ठले बुधबार नेपाल नर्सिङ संघलाई लिखित रुपमा वार्ताका लागि अपिल गरेपछि भएको द्विपक्षीय वार्ता निष्कर्षमा पुग्न नसकेको जानकारी दिए । 'आज वार्ताका लागि बस्न ढिला भयो, सबै विषयमा छलफल गर्न पाइएन, यो मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले जतिसक्दो छिटो टुङ्गोमा पुर्‍याउने प्रयास गरिरहेका छौँ,' उनले भने, 'वार्ता भोलि पनि जारी रहने छ ।' 


Advertisment
Nabil box
Kumari

संघका कावा अध्यक्ष गंगा थापाले बुधबार सामान्य छलफल मात्र भएकाले बिहीबार बिहान ११ बजे औपचारिक वार्ता हुने जानकारी दिए । उनले भने, 'आज संघ र संघका पदाधिकारी मात्र वार्तामा थियौँ, भोलि वार्ता टोलीपनि गठन गरी औपचारिक रुपमा वार्तामा जान्छौँ ।' 

Vianet communication
Laxmi Bank

‘विदेश पलायन रहर नभई बाध्यता’

यसैबीच, नेपाल नर्सिङ संघले विभिन्न ११ बुँदे माग राख्दै आठ दिनदेखि गरेको आन्दोलनमा युवा नर्सहरुले पनि समर्थन जनाएका छन् । विभिन्न अस्पतालमा कार्यरत युवा नर्सहरुले माइतीघरबाट बानेश्वरसम्म संयुक्त र्‍याली निकाली संघको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् । 

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान नर्सिङ क्याम्पसकी स्ववियू सभापति विमला धमलाले विदेश पलायन नर्सको रहर नभइ बाध्यता भएको बताइन् । 

उनले भनिन्, 'हाम्रो पेशागत सम्मान र सुुरक्षा हुनुपर्छ, नर्सिङ संघले राखेका मागमा हाम्रो पूर्ण समर्थन छ, हामीलाई स्वदेशमै ससम्मान काम गरी आफ्नो र परिवारको सपना पूरा गर्ने वातावरण हुनुपर्छ ।'

जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागू गर्नुपर्ने, निजी स्वास्थ्य संस्थामा काम गर्ने नर्सलाई तहगतरूपमा उचित पारिश्रमिक दिनुपर्ने, स्वयंसेविकाका नाममा नर्समाथि हुने श्रम शोषण बन्द गर्नुपर्ने, सार्वजनिक–निजी र साझेदारी क्षेत्रको सहकार्यलाई प्रवद्र्धन गरी स्कूल तथा उद्योगमा गुणस्तरीय नर्सिङ सेवा उपलब्ध गराउनुपर्नेलगायतका माग संघले अघि सारेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x