×

NMB BANK
NIC ASIA

प्रदेश राजधानी तोकिएपछि कतै आन्दोलन कतै दीपावली

माघ ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३ माघ– सरकारले सातै प्रदेशका अस्थायी राजधानी तोकेपछि  तोकिएको स्थानमा खुसीयाली छाउनुका साथै दीपावली समेत गरिएका छन् । 
तर, प्रदेश राजधानी हुनुपर्ने माग राख्दै विगतमा समेत आन्दोलन हुँदै आएका स्थानका स्थानीय थप आक्रोशित भएका छन् । उनीहरुले  सरकारको निर्णयसँगै प्रधानमन्त्री शेरबहादुर देउवासहितका दलका नेताहरु पुतलासमेत जलाउँदै आन्दोलनलाई थप सशक्त पार्ने उद्घोष गरेका छन् । 
विशेषगरी  प्रदेश नम्बर १ को धनकुटा, प्रदेश नम्बर ५ को दाङ र प्रदेश नम्बर ७ को  डोटीमा आक्रोश देखिएको छन् । जहाँका स्थानीयले प्रदेश राजधानी सो स्थानमा हुनुपर्ने माग राख्दै विगतदेखि नै आन्दोलन गर्दै आएका थिए । 
प्राप्त विवरणअनुसार प्रदेश नम्बर १ को राजधानी विराटनगर नभएर  धनकुटा हुनुपर्ने माग गर्दै आएकाहरुले साँझ विरोध जुलुस निकालेका छन् । उनीहरुले सरकारको निर्णय सच्याउन माग गर्दै आन्दोलन चर्काउने बताएका छन् । 
यस्तै प्रदेश नम्बर ५ को राजधानी माग गर्दै आएका दाङका स्थानीयदेखि राजनीतिक दलका नेतासम्मले आक्रोश पोखेका छन् । एमाले प्रदेशसभा सांसद तथा ५ नम्बर प्रदेशका मुख्यमन्त्रीका दाबेदार शंकर पोखरेल, माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, चर्चित लोकगायिका कोमल वलीलगायतले कुनैपनि हालतमा प्रदेश नम्बर ५ को राजधानी दाङनै हुनुपर्ने भन्दै स्थानीयको आन्दोलनमा समर्थन रहने बताएका छन् । सरकारले रुपन्देहीलाई ५ नम्बर प्रदेशको राजधानी तोकेपछि प्रादेशिक राजधानी सरोकार समितिको बुधबार बसेको आकस्मिक बैठकले सरकारको निर्णयको विरोध गर्दै माघ ३ लाई कालो दिवसका रुपमा मनाउने निर्णय गरेको छ ।
त्यस्तै बैठकले सरकारको निर्णय विभोदपुर्ण भन्दै अनिश्चितकालिन आमहड्ताल गर्ने तथा  सरकारी कामकाज ठप्प पार्ने निर्णय गरेको समितिका सदस्यसचिव सविन प्रियासनले बताए । 

Sagarmatha Cement
Muktinath Bank

यता सरकारले प्रदेश नम्बर ७ को अस्थायी मुकाम धनगढी तोकेसँगै डोटीको दिपायलमा तनाव सिर्जना भएको छ । आक्रोशित स्थानीयले प्रधानमन्त्री शेरबहादुर देउवाको पुतलासमेत जलाएको खबर छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आन्दोलन संयोजन समितिले अनिश्चितकालीन डोटी बन्दको घोषणा समेत गरेको छ। 
यता रुपन्देहीमा भने दीपावली गरिएको छ । रुपन्देहीका  राजनीतिक दल, संघ–संस्था र स्थानीयहरुले बुधबार साँझ विभिन्न स्थानमा दिपावली गरेको लोकान्तर प्रतिनिधि प्रकाश आचार्यले जनाएका  छन् । 


Advertisment
Nabil box
Kumari

कांगेस  रूपन्देहीले बुटवलको पुष्पलाल पार्क, मिडियाचोक, मणिग्राम र देवदहमा साँझ दिपावली गरेको छ । 

Vianet communication
Laxmi Bank

त्यस्तै एमाले रूपन्देहीका प्रचार विभाग प्रमुख तेजेन्द्र केसीले विज्ञप्ति जारी गर्दै यस क्षेत्रका जनताको चाहनाको कदर गर्दै रुपन्देहीलाई राजधानी तोकिएको भन्दै आ–आफ्नो घर र चोक–चोकमा दिपावली गर्न आग्रह गरेका छन् । 
रूपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारीले उद्योग व्यवसायको हवको रुपमा विकास भएको रुपन्देहीले सरकारले राजधानी घोषणा गरेपछि आफूहरू आ–आफ्नो उद्योगहरुमा दिपावली गरिएको जानकारी दिए । 
त्यस्तै बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि अर्यालले भोलि बिहीबार भव्यताका साथ दिपावली गर्ने जानकारी दिए । त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देही भोलि बिहीबार बिहान पुष्पलाल पार्कमा दिपावली गर्ने जानकारी दिएको छ ।
यस्तै मोरङ र कैलालीका विभिन्न स्थानमा पनि दीपावली गरिएको छ । 
सरकारले आज  प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी अस्थायी राजधानी तोकेको हो । सरकारको निर्णयसँगै  देशभरको माहोल तातिएको छ । 
 

 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x