पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं, ४ पुस– सरकारले प्रदेशको अस्थायी राजधानी तोकेपछि त्यसको विरोध भएको छ । विभिन्न जिल्लामा अस्थायी राजधानी माग गर्दै प्रदर्शन भएका छन् ।
प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरलाई तोकेपछि त्यसको विरोधमा धनकुटामा प्रर्दशन भएको छ । त्यसैगरी प्रदेश नम्बर ५ को राजधानी रुपन्देहीलाई तोकेपछि दाङमा पनि विरोध भएको छ ।
प्रादेशिक राजधानी सरोकार समितिको बैठकले सरकारको निर्णयको विरोध गर्दै माघ ३ लाई कालो दिवसका रुपमा मनाउने निर्णय गरेको छ । प्रदेश ७ नम्बर प्रदेशको अस्थायी राजधानी धनगढी बनाएको विरोधमा नेपाली कांग्रेस डोटीका सबै पदाधिकारीले राजीनामा दिएका छन् । भने आन्दोलन संयोजन समितीले अनिश्चितकालिन बन्द आहवान गरेको छ ।
मन्त्रिपरिषदले प्रदेशको अस्थायी मुकाम जनकपुरलाई तोकेको विरोधमा वीरगंजमा पनि विरोध भएको छ ।
वीरगंजलाई प्रदेश २ को मुकाम तोक्नुपर्ने माग राख्दै १३ दिनअघि देखि अनशन बस्दै आएका प्रमुख दलका स्थानीय नेताहरुले सरकारको निर्णयको तीव्र विरोध गर्दै वीरगञ्जको घन्टाघरमा प्रदर्शन र चक्काजाम गरे ।
राष्ट्रपति समक्ष सिफारिश गर्ने– सरकारले प्रदेश प्रमुखको नाम राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको कार्य सञ्चालनका लागि केन्द्र निर्धारण गरेको र प्रदेश प्रमुखको नाम सिफारिश गर्ने निर्णय गरेको हो ।
संविधानको धारा ८८ को उपधारा २ अनुसार प्रदेशको कार्य सञ्चालन स्थान तोक्ने सम्बन्धमा प्रदेश नं १ को विराटनगर (मोरङ), प्रदेश नं २ को जनकपुर (धनुषा), प्रदेश नं ३ को हेटौँडा (मकवानपुर), प्रदेश नं ४ को पोखरा (कास्की), प्रदेश नं ५ को बुटवल (रुपन्देही), प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को धनगढी (कैलाली) तोकिएको छ ।
त्यसैगरी सरकारले संविधानको धारा १६३ को उपधारा २ अनुसार प्रदेश नं १ मा प्रा डा गोविन्दबहादुर तुम्बहाङ, प्रदेश नं २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश नं ३ मा अनुराधा कोइराला, प्रदेश नं ४ मा बाबुराम कुँवर, प्रदेश नं ५ उमाकान्त झा, प्रदेश नं ६ मा दुर्गा केशर खनाल र प्रदेश नं ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख तोकेको छ ।
उम्मेदवारको घोषणा– निर्वाचन आयोगले मंसिर १० र २१ गते दुई चरणमा भएको प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित भएका उम्मेदवारको नाम घोषणा गरेको छ । निर्वाचनको मत परिणामअनुसार राजनीतिक दलले बन्दसूचीमा पेश गरी समावेशी सिद्धान्तअनुसार निर्वाचित भएको घोषणा गर्न सिफारिश गरेका उम्मेदवारमध्ये बाटै नाम घोषणा गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
बुधबार बसको आयोगको बैठकले सातवटै प्रदेशबाट समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने उम्मेदवारको नामावलीलाई टुंगो लगाएको हो । निर्वाचित उम्मेदवारलाई आ–आफ्नो राजनीतिक दलसँग समन्वय गरी यही माघ ५ गते शुक्रबार दिनको १ः०० बजे आयोगमै प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम राखिएको छ ।
इन्धनको मूल्य बढ्यो– नेपाल आयाल निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै फेरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्यवृद्धि गरेको छ । पेट्रोलमा १ रुपैयाँ मूल्य बढाइएको छ भने डिजेल र मटितेलमा २–२ रुपैयाँ मूल्यवृद्धि गरिएको छ ।
बुधबार राति १२ बजेबाट यो नयाँ मूल्य लागू भएको छ ।
वाम कार्यदलको बैठक– नेकपा एमाले र नेकपा माओवादी केन्द्रले राष्ट्रियसभामा ४३ जना उम्मेदवार उठाउने भएका छन् । दुई दलको संयुक्त कार्यदलको बैठकमा एमालेबाट २९ जना र माओवादीबाट १४ जना उम्मेदवार उठाउने सहमति भएको छ ।
राष्ट्रियसभामा ५६ सदस्यका लागि चुनाव हुन लागेको भए पनि एकल संक्रमणीय पद्धतिमा चुनाव हुँदा आफूहरुले ४३ सिट जित्ने भएकाले जित्ने जति मात्र उम्मेदवार उठाउन लागेको कार्यदलका सदस्य तथा एमाले नेता सुवास नेम्बाङले जानकारी दिए ।
एमालेको निर्देशन– नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशबाट सिफारिस पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले यसअघिका निर्वाचनहरुमा उम्मेदवार हुने अवसर नपाएकालाई प्राथमिकतामा राखेर सिफारिस गर्न निर्देशन दिएको हो
बैठकले राष्ट्रियसभा निर्वाचन प्रभावित पार्न सरकार नै लागिपरेको आरोप लगाउँदै तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।
सिलवाललाई नियन्त्रणमा लिन पत्राचार– पूर्व डिआईजी एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नवराज सिलवाललाई नियन्त्रणमा लिन प्रहरी प्रधान कार्यालयले देशभर पत्राचार गरेको छ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले सातवटै प्रदेश प्रहरी कार्यालयलाई पत्र लेखेर सिलवाललाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरमा उपस्थित गराउन निर्देशन दिएको हो ।
नवराज सिलवलालाई खोजतलास गरी फेला परेमा महनगरीय प्रहरी परिसर, काठमाडौंमा उपस्थितिका लागी जानकारी गराउन निर्देशानुसार अनुरोध गरिएको अपराध अनुसन्धान विभागका इन्स्पेक्टर मदन कुँवरले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।
वार्ता टोली गठन– बिभिन्न माग राखी एक सातादेखि आन्दोलनरत नेपाल नर्सिङ संघको माग सम्बोधनका लागि भन्दै सरकारले वार्ता टोली गठन गरेको छ । माग सम्बोधनका लागि सरकार गम्भीर नभएको आरोप लगाउँदै संघले थप आन्दोलनका कार्यक्रम ल्याउने तयारी गरिरहँदा स्वास्थ्य मन्त्रालयले प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।
मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका स्टाफ नर्सलाई बिना शर्त पुर्नबहाली गर्न, अधिकार सहितको नर्सिङ सेवा महाशाखा पुर्नस्थापना गर्नुपर्ने लगायत ११ बुँदे माग सहित नर्सहरु गत पुस २६ गतेदेखि आन्दोलमा छन् ।
रानीपोखरी निमार्ण– रानीपोखरी पुनःनिर्माणका सम्बन्धमा देखिएको विवाद समाधान गर्न बनेको विज्ञहरुको समितिले प्रताप मल्लको पालाकै शैलीमा निर्माण गर्न सिफारिस गरेको छ । पोखरी र सँगै रहेको बालगोपालेश्वर मन्दिरको प्रताप मल्लकालीन शैलीमै निर्माण गर्न विज्ञहरुको समितिले सिफारिस गरेको हो ।
पोखरी र मन्दिर जंगबहादुर राणा र जुद्धसमशेर राणाको पालामा केही परिवर्तन भएकाले त्यसको समेत अध्ययन गरी त्यसअघिकै शैलीमा पुननिर्माण गर्न समितिले सुझाव दिएको छ ।
विदेशका खबर– अमेरिकाले संयुक्त राष्ट्रसंघ मार्फत प्यालेस्टिनीहरूलाई उपलब्ध गराउँदै आएको सहयोगको आधा रकम रोक्का गरेको छ । ट्रम्प प्रशासनले यो रकम रोक्का गरे पछि संयुक्त राष्ट्रसंघका एक अधिकारीले अमेरिकाको यस्तो कदमले संकटमा रहेका लाखौं मानिसहरूमाथि गम्भीर असर पर्ने बताएका छन् ।
अमेरिकाले करिब १२ करोड ५० लाख डलरमध्ये ६ करोड पहिलो किस्ता अन्तर्गत दिने र बाँकी ६ करोड ५० लाख डलर रोक्ने बिबिसीले जनाएको छ ।
खेल खबर– दक्षिण अफ्रिकासँगको दोस्रो टेष्टमा पनि भारत पराजित भएको छ । तीन खेलको सिरिजमा दक्षिण अफ्रिकाले उपाधी रक्षा गरेको छ । दोस्रो टेष्टमा भारत १ सय ३५ रनले पराजित भएको हो । २ सय ८७ रनको लक्ष्य पछ्याएको भारत अन्तिम दिन पहिलो सेसनमै १ सय ५१ रनमा अलआउट भएको छ । पहिलो टेष्ट पनि दक्षिण अफ्रिकाले जितेको थियो ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...