×

NMB BANK
NIC ASIA

अप्ठ्यारो ठाउँमा चिलाउँछ ? यो हो समाधानको उपाय

माघ ४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ माघ — महिलाहरूलाई स्वास्थ्यसम्बन्धी अनेकौं समस्या आइलाग्छ । यसको बारेमा भन्न उनीहरू लाज मान्छन् । 

यस्तै समस्या अप्ठ्यारो ठाउँ बेला न कुबेलामा चिलाएर आउँछ । कार्यालयमा काम गर्ने महिलालाई यस्तो समस्या झन् हुन्छ किनकि उनीहरूले आठ घन्टा घरबाहिर बस्नुपर्ने हुन्छ । यसलाई सहेर बस्नु पनि मुश्किल हुन्छ ।

हुन त अप्ठ्यारो ठाउँमा चिलाउनु सामान्य समस्या हो तर सही समयमा यसलाई ध्यान दिएन भने यसले गम्भीर रूप लिनसक्छ । चिलाउनुका पछाडि रजस्वला भएका बेलामा रसायनयुक्त न्यापकिनको प्रयोग, सम्बन्ध बनाउँदा सफाइमा ध्यान नदिनु, खानपिनमा कमी, फोहोरी बाथरूमको प्रयोग, सफा भित्रीवस्त्र नहुनु लगायतका कारण हुन्छन् । 

यहाँ बताइएका घरेलु उपायले प्राइभेट पार्टहरू सफा गर्न सकिन्छ । केमिकल क्रीमहरू प्रयोग गर्नुभन्दा घरेलु उपायले यसलाई ठीक पार्न सकिन्छ ।

दही
शरीरमा भएको जुनसुकै संक्रमणबाट छुटकारा पाउन दही सर्वोत्तम उपाय हो । यसको प्राकृतिक गुणले चिलाउने र संक्रमणको समस्यालाई हटाउँछ । दिनदिनै आहारमा एक कचौरा दहीमा चिनी हालेर खानुस् । अनि योनिमा दहीको लेप लगाउँदा पनि आराम हुन्छ । दिनदिनै यसको प्रयोगले फाइदा हुन्छ । 

स्याउको अमिलो
एप्पल साइडर भिनेगर अर्थात् स्याउको अमिलोमा एन्टीब्याक्टेरियल र एन्टीफंगल गुण हुन्छन् जसले संक्रमणलाई प्राकृतिक रूपमा हटाउँछन् । दुई चम्चा स्याउको अमिलो मनतातो पानीमा हालेर गुप्तांग धुनुस् । 

लसुन
खानामा लसुन उपयोग गर्नुस् जसले रोगप्रतिरोधक क्षमता बलियो बनाउँछ । दिनदिनै लसुनको पोटी खाँदा फाइदा हुन्छ । 

बरफले सेक्ने
राति सुत्नुअघि बरफको टुक्राले योनि सेक्नुस् । 

नूनपानी
तातो टबमा अलिकति नून हालेर पानीमा केही समयका लागि बस्नुस् । आराम पाउनुहुनेछ । 

तुलसी पानी पिउने
तुलसीका पातहरूलाई पानीमा उमालेर दिनमा दुईचोटि पिउँदा पनि फाइदा हुन्छ । 

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x