कात्तिक २०, २०८०
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
काठमाडौं, ४ माघ-सरकारले प्रदेशको अस्थायी राजाधानी तोकेपछि देशका विभिन्न भू-भागमा आन्दोलन चर्किएको छ । विशेषगरी प्रदेश नम्बर १ को धनकुटा, २ को वीरगञ्ज, ५ को दाङ तथा ७ को दीपायलका बासिन्दा आन्दोलित बनेका छन् ।
आन्दोलन बिहीबार दिनभर जारी रह्यो ।
हेर्नुहोस्, दिनभरी कहाँ के भयो ?
धनकुटामा कर्फ्यू, सरकारी कार्यालयमा तोडफोड र आगजनी
सरकारले प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगर तेकोको विरोधमा आन्दोलित धनकुटाको स्थिति तनावग्रस्त बनेपछि अनिश्चितकालीन कर्फ्यू आदेश जारीगरिएको छ । प्रदर्शनकारी तोडफोड र आगजनीमा उत्रिएपछि बिहान साढे ११ बजेबाट अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी सुदीप राजभण्डारीले जानकारी दिए ।
प्रदशर्नकारीले क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी, विभिन्न सरकारी कार्यालय र एम्बुलेन्समा समेत तोडफोड भएपछि कर्फ्यू लगाउनुपरेको उनको भनाइ छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड अश्रुग्याससमेत प्रहार गरेको थियो ।
डोटीमा 'उग्र प्रदर्शन', प्रधानमन्त्रीको 'शवयात्रा'
सरकारले धनगढीलाई प्रदेश ७ को राजधानी तोकेपछि आन्दोलित बनेका डोटीवासीले बिहीबार दीपायलमाप्रधानमन्त्री शेरबहादुर देउवाको 'शवयात्रा'सहित उग्र प्रदर्शन गरेका छन्। बिहानैदेखि दीपायल र सिलगढी ठप्प पारेका आन्दोलनकारीले यातायातका कुनै पनि साधान चल्न दिएन्। आक्रोशित आन्दोलनकारीले दीपायलमा रहेको ट्राफिक प्रहरी चेकपोष्टमा समेत आगो लगाए ।
आन्दोलन अराजक बन्दै गएपछि भीडलाई नियन्त्रण गर्न प्रहरीले चार राउण्ड आश्रु ग्यास प्रहार गर्यो । प्रहरी हस्तक्षेपका क्रममा तीन जना घाइते भएका छन् ।
वीरगञ्ज ठप्प, दिनभर प्रदर्शन
वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै आह्वान गरिएको बन्दका कारण दिनभर पर्साको जनजीवन प्रभावित भयो । बिहानैदेखि वीरगञ्जको घण्टाघर, आदर्शनगर, छपकैया, मुर्ली, पावरहाउस, गण्डक, नगवार, इनर्वालगायतका चोकमा टायर बालेर प्रदर्शन भएको हो । बन्दको अवज्ञा गरेको भन्दै वीरगञ्जको घण्टाघर चोकमा आन्दोलनकारीले करिब आधादर्जन सवारी साधन तोडफोड गरे । आन्दोलनकारीले दुईवटा चारपाङ्ग्रे र चारवटा तीन पाङ्ग्रे इ–रिक्सामा तोडफोड गरेको प्रहरीले जनाएको छ । एम्बुलेन्स, वारुणन्त्र, पर्यटक सवार वाहन, सञ्चार माध्यमका सवारी साधन, मोटरसाइक, सइकल बाहेकका सबै सवारी साधन सञ्चालनमा आन्दोलनकारीले रोक लगाए ।
गृहजिल्लामै देउवाको पुत्लादहन
प्रदेश राजधानी धनगढी तोकिएको विरोधमा गृहजिल्ला डडेल्धुरामै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरियो । डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन माग गर्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले जिल्ला सदरमुकामस्थित बसपार्कमा भेला भएर प्रधानमन्त्री देउवाको पुत्लादहन गरेका हुन् ।
दाङमा पनि प्रदर्शन
प्रदेश नम्बर ५ को राजधानी बुटवल बनाएको विरोधमा दाङमा पनि विरोध प्रदर्शन भयो । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गर्यो । प्रदेश राजधानी दाङमा बनाउनु पर्ने उनीहरुको माग छ ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...