×

NMB BANK
NIC ASIA

धमाधम कानून बनाउदै स्थानीय तह, शिक्षा र सहकारी ऐनको मस्यौदामा धेरैको चासो

माघ ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

तिलोत्तमा, ५ माघ– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विभिन्न ऐन, नियमावलीको मस्यौदा तयार गरी नगरसभामा प्रस्तुत गर्ने तयारी गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगरपालिकाले विभिन्न स्थानीय ऐनको मस्यौदा तयार गरी नगरसभामा प्रस्तुत गर्ने तयारी गरेको हो । तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा यहीँ माघ ८ गतेबाट शुरु हुँदैछ । 

Muktinath Bank

विभिन्न ऐनको मस्यौदामाथि दफावार छलफल गरेर नगरसभाबाट पारित भएपछि त्यसलाई १५ दिनभित्र नगर प्रमुखले प्रमाणिकरण गर्नुपर्ने कानूनी व्यवस्था रहेको नगरपालिकाका कानूनी सल्लाहकार खुमाकान्त पौडेलले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसरी प्रमाणिकरण भएको ऐन प्रमुख प्रशासकीय अधिकृतले राजपत्रमा प्रकाशित गर्नुपर्ने व्यवस्था छ । नगरपालिकाले कतिपय ऐन पहिलो नगरसभाबाट पारित गरेर कार्यान्वयन गरिसकेको छ । नगरपालिकाले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको ढाँचामा संघीय कानूनसँग नबाझिने गरी स्थानीय ऐनको मस्यौदा तर्जुमा गरेको हो ।


Advertisment
Nabil box
Kumari

नेपालको संविधान २०७२ को अनुसुची ८ मा स्थानीय तहको २२ वटा  एकल अधिकार तोकिएको छ भने अनुसुची ९ मा  संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची उल्लेख छ । स्थानीय ऐनका कुनै प्रावधान प्रदेश कानूनसँग बाँझिन गएमा त्यस्ता प्रावधान स्वतः प्रदेश कानूनअनुसार हुने कानूनी सल्लाहकार पौडेलले जानकारी दिए ।  

Vianet communication
Laxmi Bank

नगरपालिकाले कतिपय ऐनको मस्यौदाउपर सरोकारवालाहरुसँग छलफल गरिसकेको छ । मूलतः शिक्षा र सहकारी ऐनको मस्यौदामा धेरैले चासो राखेको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।  प्रमाणिकरण र प्रकाशन, कृषि व्यवसाय प्रवद्र्धन, बजार अनुगमन, आर्थिक कार्यविधिलगायतका ऐनको मस्यौदा नगर उपप्रमुखको संयोजकत्वमा रहेको विधेयक मस्यौदा उपसमिति र नगर कार्यपालिका बैठकबाट समेत पारित भैसकेको छ । नेपालको संविधानले स्थानीय तहलाई दिएका अधिकारको सूचीको अधिनमा रही विभिन्न ऐनको मस्यौदा तयार गरी नगरसभामा प्रस्तुत गर्ने तयारी भैरहेको नगर उपप्रमुख जागेश्वरी चौधरीले जानकारी दिए । 

नगरकार्यपालिकाको बुधबारको बैठकमा कानूनी सल्लाहकार पौडेलले ऐनको मस्यौदा प्रस्तुत गरेका थिए । कार्यपालिका सदस्यहरुले शिक्षा र सहकारी ऐनको मस्यौदा थप अध्ययन गर्र्न समय मागेपछि अर्को बैठकमा निर्णयार्थ पेश गर्ने निर्णय भएको छ । कार्यपालिकाको बुधबारको बैठकले नगरको भूउपयोग नीति तयार गर्न प्रा.डा. भोजराज कडेरियाको संयोजकत्वमा उपसमिति गठन गरेको छ । यस्तै तिलोत्तमालाई प्लाष्टिक झोला र प्लाष्टिक गिलासमुक्त नगरपालिका बनाउन आवश्यक मापदण्ड निर्धारण गर्न केशवराज न्यौपानेको संयोजकत्वमा उपसमिति गठनलगायतका निर्णय कार्यपालिका बैठकले गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x