कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
जनकपुरधाम, ५ माघ- स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउत भनिने चन्द्रकान्त राउतलाई गिरफ्तार गर्न धनुषा प्रहरीले शुक्रबार बिहानैदेखि घेराबन्दी गरेको छ ।
प्रहरी निरीक्षक रामकिशोर साहको कमाण्डमा खटिएका करिब दुई दर्जन प्रहरीले जनकपुर उपमहानगरपालिका- ४ परिक्रमा सडकखण्डको माछा बजारस्थित सीके राउत बहालमा बस्दै आएको घरलाई घेराबन्दी गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) चक्रबहादुर सिंह आफैं पनि राउत बस्दै आएको घरसम्म पुगी वस्तुस्थिति बुझेर फर्किएका छन् ।
आज माघ ५ गते बलिदानी दिवसको अवसरमा राउतले आमसभा आयोजन गर्न सक्ने तथा विखण्डनवादी गतिविधि बढाउन सक्ने आशंकामा प्रहरीले राउतलाई पक्राउ गर्न खोजेको हो । राउतलाई आज घरबाट निस्किन र कुन विखण्डनकारी गतिविधि गर्न नदिने र आवश्वक परे पक्राउ गर्ने प्रहरीको तयारी छ ।
उपेन्द्र यादव नेतृत्वको तत्कालीन जनअधिकार फोरमले गरेको आन्दोलनका क्रममा ०६३ साल माघ ५ गते सिराहाको लहानमा रमेश महतो शहीद भएको दिनको सम्झनामा मधेशकेन्द्रित दलहरुले बलिदानी दिवस मनाउने गरेका छन् ।
राउत नेतृत्वको गठबन्धनले गत वर्ष आजकै दिन सिरहाको एक विद्यालय प्राङ्गणमा आमसभा गरेको थियो । त्यसैक्रममा दिएको अभिव्यक्तिलाई लिएर सिरहा प्रहरीले पक्राउ गरी राउतविरुद्ध राज्य विप्लवको मुद्दा चलाएको थियो ।
राउतलाई यसअघि गत मांसिर १० मा पनि पक्राउ गरिएको थियो । निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा पक्राउ परेका राउत पछि जिल्ला अदालत धनुषाबाट साधारण तारेखमा रिहा भएका थिए। त्यतिबेला उनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन बहिष्कार गर्न भन्दै सामाजिक सञ्जालमा एक भिडियो अपलोड गरेका थिए ।
२०७२ माघ २० देखि राउत जनकपुरमा डेरा गरी बस्दै आएका छन् । आज प्रहरीले घेराउ गरेको घरमा राउत २०७३ पुसबाट बस्दै आएका हुन् । त्यसअघि बस्दै आएको घरमा प्रहरीले घरबेटीलाई समेत पटक-पटक सोधपुछ गर्ने गरेपछि राउत डेरा सरेका थिए । शुरुमा राउत सप्तरीबाट जनकपुर सर्दा उनलाई डेरा दिन कसैले पनि मानेका थिएनन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...