×

NMB BANK
NIC ASIA

ओशोको पुण्यतिथि आज, अमेरिकामा किन टिक्न सकेनन् ओशो ?

माघ ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ५ माघ — रहस्यवादी धर्मगुरु भगवान् रजनीश अर्थात् ओशोको पुण्यतिथि शुक्रवार परेको छ । ओशोले आफ्नो शिक्षा पूरै संसारलाई परिवर्तन गराउन सक्षम भएको बताएका थिए । 

बेलायती मनोवैज्ञानिक ग्यारेट ओशोकी शिष्या थिइन् । उनी भन्छिन्, ‘ओशोसँग हामी एक सपनामा बाँचिरहेका थियौं । हाँसो, स्वतन्त्रता, स्वार्थहीनता, प्रेम र अन्य धेरै कुरा त्यहाँ उपलब्ध थियो ।’

शिष्यहरूलाई आफूले मन लागेको कुरा गर्ने छुट दिइएको थियो । उनीहरूले सबै नियमलाई त्यागेर जे मन लाग्यो त्यो गर्न पाउँथे । 

ग्यारेट भन्छिन्, ‘हामी एक समूह बनाएर बस्थ्यौं । कुरा गर्थ्यौं, हाँस्थ्यौं र नांगै बस्थ्यौं । सामान्य समाजमा नगरिने सबै कुरा हामी गर्थ्यौं ।’

उन्मुक्त सेक्स त्यहाँ सामान्य कुरा थियो । ओशोलाई सबै धर्मभन्दा माथि राखिन्थ्यो । 

ओशोले एकचोटि शिष्यहरूलाई भनेका थिए, ‘सत्य कुनै परम्परामा बाँधिदैन । यो शाश्वत रूपमा नयाँ रहन्छ । यो सबै व्यक्तिभित्र आफैं उत्पन्न हुन्छ ।’

ओशोले अमेरिकामा आफ्ना शिष्यहरूको कम्युन स्थापना गर्नका लागि सन् १९८१ मा निवेदन दिएका थिए । त्यतिखेर त्यहाँका स्थानीय अधिकारी रहेका डेन डेरो भन्छन्, ‘ओशोका शिष्यहरू शुरूमा त सहयोगी थिए । उनीहरूले मलाई आफूहरू किसान भएको र खेती गर्न चाहेको बताउँथे । मैले उनीहरूलाई कुनै धर्मसँग जोडिनुभएको छ कि भनी सोध्दा उनीहरूले कुनै धार्मिक समूह नभएको र जीवनलाई उत्सव जस्तो मनाउन चाहेको बताए ।’

त्यसपछि ओरेगनमा ओशोका शिष्यहरूको संख्या बढ्दै गयो । डेरो भन्छन्, ‘चेलाहरूको संख्या बढेको बढ्यै भयो । हामीहरू कम्युनमा आउने मानिसको संख्या नियन्त्रण होस् भन्ने चाहन्थ्यौं ।’

त्यहाँ शिष्यहरूले खेती त गरे नै, ताल पनि बनाए, शपिङ मल पनि खोले, ग्रीन हाउस बनाए अनि विमानस्थलधरी बनाए । मरुभूमिलाई उनीहरूले परिवर्तन गरिदिए । 

सन् १९८२ मा उनीहरूले शहरको नाम रजनीशपुरम् राखेर त्यसलाई दर्ता गर्न चाहे । 

ग्यारेट खासमा प्रेम र शान्तिका लागि गएकी थिइन् । तर उनलाई कम्युन शत्रुहरूबाट घेरिएको अनुभूति भयो । राज्यलाई आफूहरू प्रेम, शान्ति र सद्भावका साथ बसेको चित्त नबुझेको उनी बताउँछिन् । 
स्थानीयहरूले कम्युनमाथि मुद्दा हालिदिए । 

पछि चाहिँ रजनीशका शिष्यहरूले विषालु साल्मोनेला ब्याक्टेरियामाथि प्रयोग गर्न थाले । अमेरिकी अधिकारीहरूका अनुसार, चेलाहरूले साल्मोनेला ठाउँठाउँमा छर्किए अनि त्यसको खासै असर नदेखिएपछि फेरि छर्किए । 

उनीहरूले सलादमा ब्याक्टेरिया छर्किएपछि मानिस बिरामी पर्न थाले । उनीहरू छेरपटी, बान्ता र कमजोरीको गुनासो गर्दै अस्पताल पुगे । 

त्यसपछि सयौं मानिस कम्युन छोडेर गए । सरकारले कम्युनको जाँच गर्ने आदेश दियो । जाँचमा कम्युनभित्र साल्मोनेला ब्याक्टेरिया उत्पन्न गर्ने प्रयोगशाला फेला प–यो । अनि टेलिफोन ट्याप गर्ने उपकरण पनि भेटियो । 
रजनीशका शिष्यमाथि मुद्दा चल्यो । उनका तीन शिष्यहरूलाई कारावास सजाय दिइयो । 

ओशोमाथि नियम तोडेको आरोप लाग्यो र भारत पठाइयो । सन् १९९० मा उनको मृत्यु भयो । 

बीबीसीबाट

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x