×

NMB BANK
NIC ASIA

एक दृष्टिविहीन जो गीत गाएरै अर्बपति बने

माघ ६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ६ माघ– एन्ड्रिया बोसेल्ली एकजना इटालेली गायक, गीतकार र गीत रेकर्डर हुन् । सन् १९५८ सेप्टेम्बर २२ मा इटालीको ल्याजाटिकोमा जन्मेका यिनको दृष्टि जन्मजात नै कमजोर थियो । 

Sagarmatha Cement
Muktinath Bank

१२ वर्ष उमेरमा फुटबल खेल्ने क्रममा भएको दुर्घटनाका कारण यिनले आफ्नो पूरै दृष्टि गुमाए । तर, यिनको सफलताको कथा सपांगता भएका धेरैलाई मात गर्ने खालको छ । यिनले पोप र शास्त्रीय संगीतलाई निकै माथि पुर्याउन सफल भए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अझ यिनले रोजेको शास्त्रीय संगीत धेरैका लागि मनोरञ्जनको सामग्री बन्यो । यिनले पोप र शास्त्रीय संगीत दुवै गरी १५ वटा सोलो स्टुडियो एल्बमको सिर्जना गरे, जुन आफैंमा एउटा रेकर्ड हो । 


Advertisment
Nabil box
Kumari

तीमध्ये तीनवटा त सर्वाधिक चर्चित रहे । यिनले नौवटा जति ओपेराज पूरा गरे, जसको बिक्री आठ करोडभन्दा बढी भएको थियो, यो पनि विश्वव्यापी रूपमा एउटा रेकर्ड नै हो । 

Vianet communication
Laxmi Bank

बोसेल्लीले अन्तर्राष्ट्रिय पोप चार्टसमा शास्त्रीय संगीतलाई निकै माथि पुर्याए । सन् १९८० मा यिनको नाम विश्वका ‘५० सबैभन्दा सुन्दर व्यक्ति’ मा समेत मनोनयनमा परेको थियो । अमेरिकी क्लासिकल एल्बम चार्टमा लगातार तीन वर्षसम्म ‘टप थ्री’ मा परेर बोसेल्लीले आफ्नो नाम ‘गिनिस बुक अफ वल्र्ड’ मा समेत दर्ज गराउन सफल भए ।

बोसेल्ली गर्भमा रहेका बेला चिकित्सकले उनकी आमाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै गर्भ तुहाउन आग्रह गरेका थिए । तर, आमा इडीले त्यो ठाडै अस्वीकार गरेकी थिइन्, शिशुको जन्म जसरी पनि दिने अठोट लिएकी थिइन् । 

आज त्यही बालक विश्वमा गीतसंगीतबाटै आफ्नो परिचय मात्रै स्थापित गरेको छैनन्, अर्बपतिसमेत बनेका छन् । बोसेल्लीको परिवार इटलीको एउटा सानो गाउँ लास्टेर्जा्स्थित कृषि फार्ममा सानो झुपडीमा बस्थे । 

उक्त गाउँ इटालीको चर्चित सहर पिसाबाट करिब ४५ किलोमिटर दक्षिणमा अवस्थित छ । सन् २००० मा बोसेल्लीका बुबाको निधन भएपछि परिवारमा बज्रपात नै भयो । यिनकी आमा साहसी थिइन्, पीडालाई ऊर्जामा परिणत गरिन् । 

साना लालाबालालाई राम्ररी हुर्काइन् । परिवारको दुई छाक टार्नका लागि आमाले कृषिसँग सम्बन्धित यन्त्रहरूको व्यापार थालिन् । त्यसले पनि नपुगेपछि घरमै रक्सी उत्पादन गरी बेच्ने थालिन् । बोसेल्लीका लागि आज पनि त्यो सानो झुपडी प्रिय छ । अझै पनि बोसेल्ली आफ्ना भाइ र आमासँगै त्यही कृषि फर्मस्थित घरमा बस्छन् ।
बोसेल्ली जन्मजात मोतियाबिन्दुबाट पीडित थिए । तर, यिनीमाथि त्यसबेला थप ब्रजपात भयो, जब फुटबल खेलिरहेको बेला आँखामा दुर्घटनाबस चोट लाग्यो र त्यो चोटले यिनको दृष्टि गुम्यो । फुटबल खेल्ने बेला यिनी गोलकिपर बसेका थिए । 

विपक्षका खेलाडीले हानेको बलले यिनको आँखामा लागेको थियो । चोटले ‘ब्रेन हयाम्रेज’ समेत भएको थियो, यिनलाई । चिकित्सकले बोसेल्लीको दृष्टि बचाउन धेरै प्रयास गरे तर सफल हुन सकेन्न ।

सानै उमेरदेखि यिनको सोख संगीतमा थियो । त्यसैले यिनी कलिलै उमेरमा पियानो, बाँसुरी, स्याक्सोफोन, गिटार र ड्रम सिकिसकेका थिए । सात वर्षकै उमेरमा विश्वका महान् गायकहरूको आवाजलाई सजिलै पहिचान गर्ने समेत भइसकेका थिए । यति मात्रै हैन, ती गायकहरूजस्तै आवाजमा गाउने प्रयास पनि गरेका थिए । 

त्यही उमेरमा यिनी संगीत प्रतियोगिताहरूमा सहभागी हुँदै आफ्नो गायन र संगीत क्षेत्रमा प्रभावकारी उपस्थिति दर्ज गराउन थालेका थिए । कलिलै उमेरमा बोसेल्लीले ठूल्ठूला संगीत कार्यक्रमहरूको आयोजना गर्न पनि भ्याइसकेका थिए । सन् १९८० मा यिनले आफ्नो स्कुले शिक्षा पूरा गरी पिसा विश्वविद्यालयबाट कानुनको अध्ययन गरे । 

कानुनमा स्नातकपछि यिनी एक वर्षजति स्थानीय एउटा अदालतमा कानुन व्यवसायीका रूपमा काम गरे । सन् १९८७ मा यिनको भेट इन्ड्रिकासँग भयो, जसलाई मनमनै यिनले आफ्नो जीवनसंगिनी बनाउने सोच बनाए । 

परिवारको आर्थिक अवस्था कमजोर भएकाले पकेट खर्च जुटाउन यिनले साँझको समयमा पियानो बारमा आफ्नो संगीतको प्रस्तुति दिने गरेका थिए ।
बोसेल्लीकी आमाले छोराबारे भन्ने गर्छिन्, ‘यिनलाई संगीतले मात्रै आनन्द दिन्छ, जुन बेला पनि यसैमा झुमिने सानैदेखि यिनको बानी छ ।’ यिनी ६ वर्षको छँदा पियानो सिकेका हुन्। त्यसपछि बाँसुरी, स्याक्सोफोन,
ट्रम्पेट, ट्रम्बोन, गिटार र ड्रम बजाउन सिके । हजुरआमा ओरियानाले ‘फ्रयान्को कोरेली’ को एउटा क्यासेट सुनका लागि दिएपछि त यिनी आफ्नो करियर यसैलाई बनाउने निर्णय गर्न पुगे । 

बाल्यकालको सबैभन्दा बढी समय यिनले गीतसंगीतमै खर्चेको प्रभावले पहिलो कन्सर्ट आफू जन्मेको गाउँ नजिकै गर्न सफल भए । १४ वर्षको उमेरमा यिनले पहिलो गीति प्रयोगितासमेत जिते । त्यसपछि त यिनको चर्चा झनै हुन थाल्यो ।
सन् १९९२ मा इटालेली ‘रक स्टार’ जुछेरोले एउटा ‘डेमो टेप’ का लागि सुहाउँदो आवाजको खोजीमा थिए, त्यसैक्रममा आयोजित अडियन्समा बोसेल्लीले सहभागी जनाए । यिनको आवाज गायक लुसिआनो पाभारोटीलाई छनोटका लागि पढाइयो । जुछेरोको छनोटमा पाभारोटी परिसकेका थिए । तिनले बोसेल्लीको आवाज सुनेपछि आफ्नो साटो उनलाई छनोट गर्न आग्रह गरेका थिए ।

क्याटेरिना क्यासेल्लीको लगानीमा निर्मित त्यो टेप बोसेल्लीको जीवनमा कोसेढुंगा सावित भयो । बोसेल्लीको हालको प्रबन्धक र उत्पादक पनि हुन्, क्यासेल्ली । एउटा अर्को प्रसंग, जुछेरोले संजोगबस पाभारोटीलाई बोसेल्लीको गीत रेकर्ड गर्न अनुरोध गरेका थिए, जुन बजारमा पठाएपछि पूरै युरोपमा हिट हुन पुग्यो । 

यसले बोसेल्लीका लागि युरोपियन कन्सर्टको बाटो खोलिदियो । सन १९९३ मा यिनी युरोपेली कन्सर्टका एउटा महत्त्वपूर्ण हिस्सा बन्न पुगे । त्यसपछि यिनको सोलो गीतसंगीतको कन्सर्टको रेकर्डिङको काम सुरु भयो, त्यो पनि चर्चित र लोकप्रिय बन्दै गयो । 

पछि यिनले मिलानमा आयोजित ठूलो कार्यक्रमका लागि सम्झौता गरे । सन् १९९४ मा बोसेल्लीले चर्चित पोप गायक गेरार्डिना ट्रोभाटोसँगै कन्सर्टहरूमा सहभागी हुने अवसर पाए, त्यसले पनि उनको गायन क्षेत्रलाई थप उचाइमा र्पुयाइदियो । त्यसपछि यिनी ‘स्यानरेमो म्युजिक फेस्टिभल’ मा प्रवेश गरे, त्यसमा यिनले नवआगन्तुक गायकका रूपमा पुरस्कारसमेत हात पार्न सफल भए । 

सन् १९९४ मा ‘मारे काल्मो डेला सेरा’ एल्बम निकाले । त्यो पनि चर्चित भयो । सन् १९९९ मा बोसेल्लीले ‘सोङ्गो’ एल्बम निकाले, यो पोप एल्बम चार्टमा विश्वभरि निकै रुचाइयो । यसको एक करोड जति कपी बिक्री भयो । यो एल्बमले उनलाई ‘ग्रयार्मी अवार्ड’ का लागि ‘बेस्ट न्यु आर्टिस्ट’ को रूपमा मनोनयन गराउन सफल भयो ।

सन् १९६१ यता शास्त्रीय संगीत विधामा मनोयन भएको त्यो पहिलो ‘इभेन्ट’ बन्न पुग्यो । सन् २००२ मा यिनको ‘सेन्टिमेन्टो’ एल्बम बजारमा आयो । लोरिन माजेलका साथ लन्डन सिम्फोनी आर्केस्ट्राले त्यो एल्बम निकालेको थियो । 

यो एल्बमको चर्चा उत्कर्षमा पुगेसँगै उनले विभिन्न अवार्डहरू जित्न सफल भए । सन् २००६ को जनवरीमा भ्यालेन्टाइन दिवस मौसमका लागि ‘एमोरे’ एल्बम निकालेका थिए । सन् २००९ मा यिनले पहिलोपटक क्रिसमस एल्बम ‘माई क्रिसमस’ निकाले । 

यसमा अंग्रेजी, इटालेली, फ्रेन्च र जर्मन भाषामा कम्पाइलेसन गरिएको थियो । त्यसले त झनै बोसेल्लीको माग श्रोता र दर्शकदीर्घामा हुन थाल्यो । सन् २०१३ मा मेडिटेरियन प्रेमगीतहरू समेटेर ‘प्यासने’ एल्बम निकाले । यो एल्बममा अंग्रेजी, इटालेली, फ्रेन्च र स्पेनिस भाषामा गीतहरूसमेत समावेश गरिएको छ ।

५९ वर्षीय बोसेल्लीले चारवटा ‘बेस्ट सेलिङ क्लासिकल आर्टिस्ट’ र तीनवटा ‘वेस्ट सेलिङ इटालियन सिंगर’ अवार्डसहित सातवटा विश्व संगीत अवार्ड पाइसकेका छन् । ६ वटाजति क्लासिकल ब्रिस्ट्स अवार्डसमेत यिनले जितिसकेका छन् । सन् १९९२ मा बोसेल्लीले एनरिका केन्जाटीसँग विवाह गरेका थिए । तिनीबाट यिनका दुई सन्तान जन्मे ।

सन् २००२ मा यिनले एन्ड्रिकासँग सम्बन्ध विच्छेद गरे । त्यही वर्ष भेरोनिका बेर्टीसँग सम्बन्ध बनाए, तिनीबाट एउटी छोरी जन्मेकी छिन् । बोसेल्लीले नियमित रूपमा परोपकारी संस्थाहरूका लागि पनि आफ्नो कन्सर्ट गर्दै आएका छन् । 

तीमध्ये चर्चित कन्सर्टहरूमा न्युयोर्क सहरमा मेमोरियल ‘ग्राउन्ड जिरो’ र इन्डियन सुनामी अपिलका लागि ‘म्युजिक अफ एसिया फेस्टिभल’ पनि हुन् । ‘दि फेमस पिपल’ का अनुसार बोसेल्लीको कुल सम्पत्ति १५ मे २०१७ सम्म १४ करोड ५० लाख अमेरिकी डलर (१४ अर्ब ८२ करोड ६९ लाख ७५ हजार रुपैयाँ) रहेको छ । 
यिनका सम्पत्तिका स्रोत गीतसंगीतका एल्बम र सांगीतिक कन्सर्टहरू नै हुन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x