×

NMB BANK
NIC ASIA

विवाहभन्दा विच्छेदमा खर्च बढी !

माघ ६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

सेलेब्रिटीहरू सधैँ चर्चामै रहन्छन् । उनीहरूको प्रेम, विछोड, विवाह र सम्बन्धविच्छेद पनि चर्चाकै विषय बन्छ । केही सेलेब्रिटीका विवाहभन्दा सम्बन्धविच्छेद झन् बढी चर्चामा रहे । कारण, विवाहभन्दा सम्बन्धविच्छेदमा उनीहरूको खर्च बढी भयो । भारतीय तीन अर्बपति सेलेब्रिटी जसको विवाहमा भन्दा विच्छेदमा बढी खर्च भयो :

Sagarmatha Cement
Muktinath Bank

ऋतिक रोशन सुजैन खान


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बलिउड सेलेब्रिटी ऋतिक रोशन व्यवसायी पनि हुन् । प्रोडक्सन हाउस र रेडिमेड गार्मेन्ट ब्रान्ड एचआरएक्सका मालिक हुन्, उनी । व्यावसायिक घरानाका उनी पैसा बढी फुर्मास गर्ने सेलेब्रिटीमा पर्छन् । रामरमाइलो र फिल्ममा मात्रै होइन, विवाहमा पनि उनले धेरै खर्च गरे । तर, विवाहमा भन्दा बढी खर्च र सम्बन्ध विच्छेदमा गरे ।


Advertisment
Nabil box
Kumari

ऋतिकले सन् २००० मा इन्टेरियर डिजाइनर सुजैन खानसँग विवाह गरे । बैंग्लोरको गोल्डन पान रिसोर्टमा करोडौँ रुपैयाँ खर्च गरेर विवाह गरे । त्यतिवेला यो निकै चर्चाको विषय बनेको थियो । तर, १४ वर्षपछि २०१४ मा उनको सुजैनसँग सम्बन्धविच्छेद हुँदा विवाहको भन्दा निकै बढी खर्च भयो । सुजैनले उनीसँग सम्बन्ध टुंग्याएबापत ४ सय करोड भारतीय रुपैयाँ मागेकी थिइन् । तर, उनले तीन सय ८० करोड रुपैयाँ दिएका थिए ।

Vianet communication
Laxmi Bank

सञ्जय कपुर करिश्मा कपुर

अटो पाट्र्स निर्माण गर्ने कम्पनी सोना कोयोका अध्यक्ष सञ्जय कपुरको बलिउड अभिनेत्री करिश्मा कपुरसँग दोस्रो विवाह थियो । तर, विवाहबन्धनमा बाँधिएको केही समयलगत्तै सम्बन्धमा दरार आएका खबर बाहिरिन थाले । अभिषेक बच्चनसँग इन्गेजमेन्ट गरिसकेकी करिश्माले उनलाई छाडेर ६ महिनापछि सञ्जयसँग विवाह गरेकी थिइन् । सन् २००३ मा करिश्मा र सञ्जयको विवाह भएको थियो । तर, विवाहको १३ वर्षपछि सन् २०१६ मा उनीहरूको सम्बन्धविच्छेद भयो । यो कदम सञ्जयका लागि आर्थिक रूपमा भारी भयो । सम्बन्धविच्छेदका लागि सञ्जयले करिश्माको व्यवस्थापनका लागि ७ करोड रुपैयाँ दिएका थिए । सम्बन्धविच्छेदपछि सञ्जयले करिश्मा पैसाकै लागि आफ्नो पछि लागेको आरोप लगाएका थिए ।

विक्रम चटवाल प्रिया सचदेव

होटेल कारोबारी विक्रम चटवाल र मोडल प्रिया सचदेवको विवाह २००६ मा भएको थियो । उनीहरूको विवाह भएको खर्च चर्चाको विषय बनेको थियो । यो विवाहमा २६ देशका ६ सय पाहुना उपस्थित थिए । विशेष पाहुनाका लागि प्लेन चार्टर्डको व्यवस्था पनि थियो । निम्ता स्विकारेर बिल क्लिन्टन, नाओमी क्याम्पवेलजस्ता व्यक्ति आएका थिए । एक सय ५० करोड भारु खर्च गरेर भएको उनीहरूको विवाह लामो समय टिकेन ।

एक छोरी जन्माइसकेका उनीहरूको सम्बन्ध २०११ मा टुंगियो । विक्रमले प्रियाको व्यवस्थापनका लागि झन्डै तीन सय करोड भारु दिए । हाल प्रियाले करिश्मा कपुरका पूर्वपति सञ्जय कपुरसँग विवाह गरिसकेकी छिन् ।

लिज हर्ले अरुण नायर

अभिनेत्री तथा मोडल लिज हर्लेले टेक्सटाइल व्यापारी अरुण नायरसँग सन् २००७ मा विवाह गरिन् । उनीहरूको विवाह उत्सव मुम्बई र लन्डलमा सात दिनसम्म चलेको थियो । यो विवाहमा हलिउड अभिनेता केट मास र गुह ग्रान्ट पनि उपस्थित थिए । भारतको जोधपुर प्यालेसमा हिन्दू परम्पराअनुसार भएको उनीहरूको विवाहमा २५ करोड रुपैयाँ खर्च भयो । तर, सम्बन्ध चार वर्ष पनि टिक्न सकेन । २०११ मा लिजले अरुणलाई छाड्ने निर्णय गरिन् । विच्छेदका क्रममा अरुणले लिजलाई एक सय २० करोड भारु बुझाए ।

नयाँ पत्रिका

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x