×

NMB BANK
NIC ASIA

प्रदेश ५ मा प्रमुख र मन्त्रीहरु बस्ने ठाउँ तय, सांसदहरुको शपथ भोलि

माघ ६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, ६ माघ- प्रदेश नम्बर ५ का सांसदहरुको शपथ ग्रहण भोलि (आइतबार) हुने भएको छ । शपथ ग्रहण बुटवल उद्योग वाणिज्य संघको भवनमा हुनेछ । प्रदेश प्रमुख उमाकान्त झाले आफ्नो शपथ ग्रहणलगत्तै प्रदेश सांसदको शपथ ग्रहणको समय तोकेका हुन् ।

Sagarmatha Cement
Muktinath Bank

आइतबार बिहान ११ बजेका लागि शपथ ग्रहण कार्यक्रम तय भएको झाले बताए । लोकान्तरसँगको कुराकानीमा झाले भने, ‘मैले पदभार ग्रहण गरेलगत्तै समयमै (११ बजे) सांसदहरुको सपथ ग्रहण गराउँछु ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवल उद्योग बाणिज्य संघको सभाहललाई सपथ ग्रहणका लागि सजाइएको छ । प्रदेश नम्बर ५ मा १२ जिल्लाका प्रत्यक्षतर्फ ५२ र समानुपातिक तर्फका ३७ गरी ८७ सांसद छन् ।


Advertisment
Nabil box
Kumari

५ सयजना अट्ने क्षमताको सभाहलमा सपथ ग्रहणका लागि सांसद, पत्रकार, आमन्त्रित अतिथिहरुलाई छुट्टा–छुट्टै स्थान तोकिएको छ । शपथ ग्रहण गराउनका लागि प्रदेश प्रमुख उमाकान्त शनिबार रुपन्देही आइसकेका छन् ।
सांसदहरु पनि बुटवल आउने क्रम जारी छ ।

Vianet communication
Laxmi Bank

प्रदेश प्रमुख झाले आइतबार नै पदबहाली गर्नेछन् । उनले बिहान १० बजे रुपन्देही व्यापार संघको भवनमा पदभार ग्रहण गर्नेछन् ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले शपथ ग्रहणको तयारीसंगै सुरक्षामा पनि विशेष प्रबन्ध मिलाइएको जानकारी दिए । सशस्त्र, जनपथ र राष्ट्रिय अनुसन्धानका कर्मचारीहरुको ३ घेरामा सुरक्षा व्यवस्था मिलाइएको उनले बताए ।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले ट्राफिक व्यवस्था भोलिको लागि चुस्त बनाउने बताएको छ । बसपार्कबाट ई–रिक्सालाई हटाइने भएको छ र आउने आगन्तुक तथा नेताहरुको पार्किङका लागि मानव धर्म सेवा समाजको कम्पाउण्ड प्रबन्ध गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

शपथ ग्रहण हुने सभाहललाई नै तत्कालका लागि प्रदेशसभा बैठक स्थलका रुपमा प्रयोग गरिने छ । उद्योग वाणिज्य संघको सचिवालयमा नै सभामुख र उपसभामुखको कार्यकक्षसहित संसद सचिवालय राखिने बताइएको छ । प्रदेश मन्त्रालयका लागिसमेत भवन व्यवस्थापन भइसकेको छ । मन्त्रालयहरु बुटवलमै बनेको श्रम कार्यालयको छ तले भवनमा राखिने भएको छ । 

त्यहाँ नअटेका मन्त्रालयका लागि वन, राजश्व लगायतका कार्यालयमा व्यवस्थापन गरिनेछ । बुटवलमा प्रादेशिक कार्यालय व्यवस्थापन गर्दै भैरहवा क्षेत्रमा आवास बनाउने तयारी गरिएको छ । प्रदेश कार्यालय बन्ने भएपछि सुरक्षा निकायले पनि त्यसको तयारी गरिरहेको छ । प्रमुखको सचिवालय, सभा स्थल र निवास क्षेत्रलाई सुरक्षा निगरानीमा राखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x