प्रचण्ड ओली निवास बालकोटमा, पार्टी एकताबारे 'वान टू वान' वार्ता

तस्वीर : केपी ओलीको सचिवालय

काठमाडौं, ६ माघ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ओली निवास बालकोटमा छलफल भइरहेको छ । ओलीलाई भेट्न प्रचण्ड शनिबार अपराह्न साढे ४ बजे बालकोट पुगेका हुन् ।

छलफलमा ओली र प्रचण्ड मात्रै सहभागी छन् । दुई अध्यक्षबीच पार्टी एकताबारे 'वान टू वान' वार्ता भइरहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

आइतबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने तयारी भइरहेका एकतलाई कसरी निष्कर्षमा पुर्‍याउने भन्ने विषयमा दुई अध्यक्ष छलफलमा जुटेका हुन् ।

शुक्रबार पनि ओली र प्रचण्डबीच झण्डै ३ घण्टा छलफल भएको थियो । त्यसक्रममा राष्ट्रियसभाका उम्मेदवार चयनका विषयमा कार्यदलले तयार पारेको प्रतिवेदन र पार्टी एकताबारे कुराकानी भएको थियो ।

माघ ६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस