हेलिकप्टर चढेर दाङ आइपुगेका महराले भने- 'राजधानी तोक्ने निर्णय नसच्चिएसम्म आन्दोलन'

फाइल फोटो

माघ ६, २०७४

तुलसीपुर, दाङ-नेकपा (माओवादी केन्द्र)का नेता तथा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद कृष्णबहादुर सरकारले प्रादेशिक राजधानी तोक्ने सरकारले गरेको निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहने बताएका छन् । 

दाङको लमहीमा प्रदेश नं ५ को राजधानी दाङलाई नै बनाउनुपर्ने माग गर्दै जनसंघर्ष समितिले थालेको बृहत् सभालाई शनिबार सम्बोधन गर्दै उनले आन्दोलनको स्वरुप भने परिवर्तन गर्नुपर्ने बताए ।

'निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहन्छ, तर यसको स्वरुप परिवर्तन गर्नुपर्ने आवश्यक छ । बन्द नगरेर विरोधसभा, ज्ञापनपत्र बुझाउने, कोणसभा गर्ने र निरन्तर दबाब दिनुपर्छ,’ उनले भने । 

राष्ट्रियसभाको निर्वाचन दाङमा नै तोकिएको र सो निर्वाचनलाई लक्षित गरी आन्दोलनको स्वरुप परिवर्तन हुनुपर्ने र ५ नं प्रदेशका सभा सदस्यलाई स्वागत गर्नुपर्ने उनको भनाइ छ । 

नेता महरा काठमाडौंबाट विमान चढेर नेपालगञ्जसम्म आए पनि बाक्लो हुस्सुका कारण विमान अवतरण हुन नसकेपछि पुनः काठमाडौँ पुगी हेलिकोप्टरबाट दाङ आइपुगेका थिए । लगातार पाँच दिनदेखिको बन्दका कारण दाङको जनजीवन प्रभावित बनेको छ ।

माघ ६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस