असोज ३, २०८०
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
माघ ७, २०७४
रत्नेश्वरलाल कायस्थले प्रदेश नम्बर २ को प्रदेश प्रमुखको रुपमा कार्यभार सम्हालेका छन् । महोत्तरीको जलेश्वर नगरपालिकाको सुगा गाउँका स्थानीय बासिन्दा कायस्थ पेशाले इञ्जिनियर हुन् । नेपाल सरकारको सचिवबाट अवकाश पाएपछि उनी राष्ट्रिय योजना आयोगको सदस्य बने । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय सचिव तथा प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका कायस्थले प्रदेश प्रमुखको भूमिका कुशलतापूर्वक निभाउने प्रतिवद्धता व्यक्त गरेका छन् । आइतबार प्रदेश प्रमुखको कार्यभार सम्हालेका कायस्थसंग लोकान्तरका लागि अजय अनुरागीले कुराकानी गरेका थिए ।
प्रस्तुत छ कुराकानीको सम्पादित अंश :
प्रदेश प्रमुखमा नियुक्त हुनुभएको छ, तपाईँलाई यस प्रदेशका जनताले कसरी चिन्ने ?
म २००० सालमा महोत्तरीको सुगा गाउँमा जन्मिएको हो । जलेश्वरको लचमु माविबाट २०१६ सालमा प्रथम श्रेणीमा एलएलसी उत्तीर्ण गरेँ । २०१८ सालमा त्रिचन्द्र कलेजबाट प्रथम श्रेणीमै आईएस्सी उत्तीर्ण गरेको हो । आईएस्सीमा त नेपाल टपेको थिएँ ।
त्यसपछि नेपाल सरकारले मलाई कोलम्बो प्लानअन्तर्गत स्कलरसिपमा भारतको पश्चिम बंगालको खडकपुरमा आईआईएमबाट सिभिल इञ्जिनियरिङ बी टेक अनर्स गरेँ । त्यसपछि पढेर आएको एक वर्षमै २०२१ सालमा लोकसेवा आयोगबाट नहर विभागमा असिस्टेन्ट इञ्जिनियरको पदमा नाम निकाल्न सफल भएँ । त्यसपछि नहर विभागमा केही दिन काम गरेँ ।
गण्डक ब्यारेजको कन्स्ट्रक्सनदेखि कन्काई सिँचाइ परियोजनादेखि थुप्रै परियोजना निर्माण कार्यमा प्रोजेक्ट म्यानेजरको रुपमा काम गरेँ । त्यसपछि नेपाल सरकारको जलस्रोत मन्त्रालयमा सह–सचिव हुँदै सिँचाइ विभागको महानिर्देशकसमेत बन्न सफल भएँ ।
कृषि तथा सहकारी मन्त्रालयको सचिव भएर २०५८ सालमा नेपाल सरकारको सेवाबाट सेवा निवृत्त भएँ । त्यसपछि नेपाल विद्युत् प्राधिकरणको बोर्ड मेम्बर, नेपाल इञ्जिनियरिङ काउन्सिलको बोर्ड मेम्बर, राष्ट्रिय योजना आयोगको सदस्य समेतमा बसेर देशको विकासमा आफ्नो योगदान दिने मौकासमेत पाएको हो ।
सरकारको सचिवबाट अवकाश पाएको पूर्वकर्मचारी राजनीतिमा कसरी आउनुभयो ?
२०५८ सालमा नेपाल सरकारको जागिरबाट अवकाश प्राप्त भएपछि केही वर्ष सामान्य रुपमा थिएँ । तर, २०६३ सालमा जब उपेन्द्र यादवजीले मधेसी जनअधिकार फोरमको नेतृत्व गर्दै मधेसी जनताको अधिकार प्राप्तिका लागि संघर्ष तथा आन्दोलन गर्न शुरु गर्नुभयो त्यसपछि म पनि ती एजेण्डाबाट प्रभावित भएको थिएँ ।
अधिकार प्राप्तिको आन्दोलनमा आफ्नो पनि केही भूमिका हुनुपर्छ भन्ने कुरा सोचेर नै मधेसी जनअधिकार फोरममा पार्टी प्रवेश गरेको थिएँ । २०६३ सालमा मधेस आन्दोलन हुँदा फोरमको केन्द्रीय सल्लाहकार समितिमा मलाई सदस्य बनाइएको थियो । पछि महाधिवेशन हुँदा केन्द्रीय सचिवको भूमिका पाएको थिएँ । यसका अतिरिक्त मधेसी बुद्धिजीवि फोरमको केन्द्रीय अध्यक्ष समेतको भूमिका निर्वाह गरेको थिएँ ।
२०६४ सालमा भएको संविधान सभाको पहिलो चुनावका लागि फोरमले बनाएको घोषणा पत्रसमेत आफैँले बनाएको थिएँ । किनभने चुनावी घोषणापत्र बनाउन मलाई नै पार्टीले संयोजक बनाएको थियो । २०६५ सालमा जब पहिलो सरकार बन्यो, उपेन्द्र यादवजीसमेत उपप्रधान तथा परराष्ट्रमन्त्री हुँदा मलाई पार्टीले राष्ट्रिय योजना आयोगमा सदस्य चयन गरेको थियो ।
योजना आयोगमा हुँदा मधेशका लागि के कति काम गर्नुभयो ?
योजना आयोगमा हुँदा समग्रमा देशकै विकासका लागि योजनाहरु तयार गर्ने काम हुन्छ । तर, मैले त्यहाँ काम गर्दाको अनुभव भन्ने हो भने जसरी योजना आयोगले सम्पूर्ण देशकै विकासका लागि योजनाहरु न्यायिकरुपमा सन्तुलित ढंगले बनाउनुपर्ने हो, त्यो नबनेको पाएको छु ।
जस्तै सिँचाइकै सन्दर्भमा भन्ने हो भने मधेसको भूमिका लागि जति पानीको अवश्यकता छ त्यति ठाउँमा बाँध बनाउन सकिएको छैन । समग्र रुपमा देशकै कुरा गर्ने हो भने विकासका कार्यहरुमा समेत राज्यले ध्यान दिन सकेको छैन ।
हुलाकी राजमार्ग निर्माणमा सरकारले ध्यान दिनु पर्दथ्यो । किनभने सबैभन्दा बढी जनघनत्व भएको ठाउँका लागि राजमार्ग निर्माण नगरी जंगल फँडानी गरेर पूर्वपश्चिम राजमार्ग बनाइयो । मेरो विचारमा त्यो धेरै ठूलो गल्ती भएको हो । अब बनिसकेको पूर्वाधारलाई नष्ट त गर्नुहुन्न तर, हुलाकी राजमार्ग निर्माणमा पनि राज्यले तदारुकता देखाउनु आवश्यक छ ।
प्रदेशको विकासका लागि तपाईँको भूमिका के हुन्छ ?
हेर्नुस्, अब संघीयतामा देश गइसकेको छ । प्रदेश नं. २ को मात्र कुरा छैन, पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्मको तराई मधेशको भू–भागलाई विकसित गर्नु आवश्यक छ ।
चारकोशे झाडी सिध्याइएको छ । सिँचाइको अभाव त्यसैकारण भएको हो । चारकोशे जंगल पहाडभन्दा पनि तराईका लागि धेरै आवश्यक थियो । चुरे क्षेत्र जलस्रोतको मुहान थियो । त्यसैले अब फेरि पनि चारकोशे जंगललाई पुनःस्थापना गर्नुपर्दछ । जुन ठाउँमा बसोवास भइसकेको छ त्यसलाई त्यस्तै छोडेर जंगलको वृद्धि गर्नु आवश्यक छ ।
प्रदेश प्रमुखको हैसियतले धेरै काम गर्ने अधिकार मलाई छैन, तर कार्यकारी अधिकार रहेको मन्त्री परिषद्लाई भने समग्रमा समुन्नतिका लागि सल्लाह सुझाव अवश्य नै दिनेछु । कसरी सडकहरु निर्माण गर्न सकिन्छ, बाढीको प्रकोपलाई कसरी न्यूनिकरण गर्न सकिन्छ, त्यस्ता अप्रोचहरु सरकारलाई सुझावमार्फत दिनेछु ।
अहिले नदीमा बालुवा आइरहेको छ, त्यसलाई व्यवस्थापन गर्नु आवश्यक छ । तराईका सम्पूर्ण नदीहरु भारतको गंगामा गइरहेका छन् । प्रदेशदेखि केन्द्रसम्म वार्ता गरेर भारतमा गइरहेको पानीलाई आफ्नै देशमा कसरी सदुपयोग गर्न सकिन्छ भन्ने कुराका लागि मेरो सुझाव सल्लाह रहनेछ ।
स्वतन्त्र व्यक्ति आउनु पर्ने ठाउँमा राजनीतिक लबिङ गरेर आउनुभयो भन्ने आरोप छ नि ?
म राजनीतिक व्यक्ति भएर प्रदेश प्रमुखमा कसरी आएँ भन्ने कुराको पूर्वाग्रह हुनुभएन । देशको नागरिकले कुनै न कुनै पार्टी र तिनका उम्मेदवारलाई मतदान त गर्छ नै । राजनीतिक दलमा यदि कुनै व्यक्ति आबद्ध छैन भने पनि मतदान गर्दा कुनै न कुनै दल वा नेताप्रति उसको आस्था रहन्छ नै ।
त्यसैले म कुनै पार्टीको नेता वा पार्टीको सिफारिसबाट प्रदेश प्रमुख भएँ भन्दा पनि मैले प्रदेश प्रमुखको हैसियतमा आफ्नो कर्तव्य निर्वाह गर्नेछु वा छैन भन्ने कुरा हेर्नुपर्ने हुन्छ ।
नयाँ सरकार बनेपछि प्रदेश प्रमुखको नियुक्तिलाई उल्ट्याउने कुरा पनि भइरहेको छ, नयाँ सरकार आएपछि कसरी ब्यालेन्स गर्नुहुन्छ ?
अहिलेको सरकारले प्रदेश प्रमुख नियुक्त गरेको कुरा क्षणिक हो जस्तो मलाई लाग्दैन । प्रदेश प्रमुखलाई दिएको अधिकारअनुसार काम गर्यो भने मलाई लाग्दैन कि आउने सरकारले पनि हटाउला ।
सरकारले प्रदेश नं. २ को राजधानीका लागि अस्थायी मुकाम जनकपुरलाई तोकेपछि वीरगञ्जमा आन्दोलन भइरहेको छ, कसरी म्यानेज गर्नुहुन्छ ?
राजधानीका लागि अहिले वीरगञ्जमा आन्दोलनको आवश्यकता थिएन । किनभने अहिले तोकिएको राजधानी अस्थायी मात्र हो । प्रदेशसभाको बैठकबाट दुई तिहाई मतले स्थायी राजधानी तोक्ने छ । त्यसबेलामा राजनीतिक दलहरुले विभिन्न कुरालाई ध्यान दिनेछन् । जस्तै राजधानीका लागि आवश्यक पूर्वाधारमध्ये भवन, स्थान, जग्गाको उपलब्धता लगायत थुप्रै कुराहरुमा विचार गर्नेछन् ।
मन्त्रीमण्डलले नागरिकहरुको प्रतिक्रिया लिनेछ । बुद्धिजीविहरुसँग छलफल गर्नेछ । त्यसैले मेरो विचारमा जुन ठाउँको विकास पहिलेदेखि नै भइसकेको छ त्यस्तो ठाउँमा जनघनत्व बढाउनुभन्दा पनि अन्य ठाउँको जनघनत्व बढाउने, नयाँ विकल्पको खोजी गर्ने जस्ता कुराहरुमा पनि छलफल गरेर स्थायी राजधानीको लागि निर्णय लिइने छ ।
प्रदेशका जनतालाई तपार्इँ के सन्देश दिन चाहनुहुन्छ ?
म एउटा पार्टीको सिफारिसमा प्रदेश प्रमुख भए पनि अब कुनै पार्टीको नेता होइन । पूरै प्रदेशको प्रदेश प्रमुख हुँ । प्रदेशको विकास र समृद्धिका लागि काम गर्नेछु । सबै पार्टीलाई मिलाएर लग्ने छु । अन्तरपार्टी वार्तालापमार्फत समस्याको समाधान गर्नेछु । सबैलाई समान दृष्टिकोणले हेर्नेछु ।
प्रदेशका हरेक राजनीतिक दलहरुबाट पनि मैले सहयोगको अपेक्षा राखेको छु । सबैले मलाई सहयोग गर्नुहुनेछ भन्ने आशा र अपेक्षा राखेको छु ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...
बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...