फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
वर्तमान विश्व विभिन्न नाममा खण्डित भई राखेको छ चाहे त्यो राष्ट्रियताको नाममा चलेको बहसले होस् अथवा पहिचानको नाममा, धर्मको नाममा होस् अथवा राजनीतिक विचारका नाममा । आर्थिक, सामाजिक साँस्कृतिक, भौगोलिक हरेक क्षेत्रमा अस्थिरता व्याप्त रहेको छ । स्थिरता कायम गर्ने प्रयास गर्दै गर्दा झन् झन् अस्थिरता तर्फ हामी उन्मुख भई राखेका छौँ । स्थिरता र अस्थिरता एक अर्कामा परस्पर विपरीत रहेका छन् तर एक अर्काको अस्तित्वमा निर्भर गर्दछन् जसलाई हामी ‘बाइनरी अपोजिट’का रुपमा बुझ्न सक्दछौँ ।
बाइनरी अपोजिट फर्डिनान्द दि सस्यूरद्वारा प्रतिपादित संरचनावादमा आधारित छ । बाइनरी अपोजिटले शब्दको अवधारणाको अर्थ र पारस्पारिक शब्दहरुकाबीचको भिन्नतालाई जनाउँदछ । यसले भाषाको एकाईको मूल्य र महत्वको उजागर गर्न सहयोग पु¥याउँछ । यस अन्तर्गत भाषाको प्रत्येक एकाईको त्यसको विपरीत एकाईसँग तुलना गरिन्छ । बाइनरी अपोजिटमा भाषाको एउटा एकाईलाई सधैँ धेरै महत्व दिएर अर्को एकाईलाई कम महत्वको ठानिन्छ जुन गलत हो । उदाहरणका लागि हामी प्रजातन्त्रवाद र अदिनायकवादलाई एक अर्कासँग तुलना गर्न सक्दछौँ जहाँ प्रजातन्त्रवादलाई बढि महत्वको र अधिनायकवादलाई कम महत्वको बुझिनु हुँदैन किनकी यी दुवैलाई एक अर्काको अनुपस्थितिमा बुझ्न सक्दैनौँ ।
प्रजातन्त्र र अधिनायकवाद एक अर्काका बाइनरी अपोजिटका रुपमा रहेका छन् । जति प्रजातन्त्रवादलाई बुझ्न अधिनायकवाद बुझ्नु आवश्यक हुन्छ त्यति नै अधिनायकवाद बुझ्न प्रजातन्त्रवादलाई बुझ्न आवश्यक हुन्छ । वर्तमान विश्व परिवेशमा प्रजातन्त्रको हिमायती अमेरिका र अदिनायकवादसँग चीन जोडिने हुनाले आजको दिनमा चीनलाई बुझ्न अमेरिका र अमेरिकालाई बुझ्न चीन बझ्नु अत्यन्त आवश्यक छ ।
अन्र्तराष्ट्रिय राजनीतिमा धेरै प्रयोगमा आउने दुई शब्द शान्ति र युद्घ एक अर्काका बाइनरी अपोजिट हुन् एकको अभावमा अर्कोको अस्तित्व नै रहदैन । प्रत्येक युद्घको अन्तिम लक्ष्य शाान्ति हुन्छ भने शाान्तिको महत्व मापन युद्घले गर्दछ । यहाँ बुझ्नु पर्ने कुरा के छ भने प्रयाप्त मात्रामा सुचनाको सञ्चारले कठिन अवस्थाबाट पनि स्थितिलाई शाान्ति उन्मुख बनाउन सकिन्छ भने सूचनाको कमीले क्रमिक रुपमा अनिश्चिततालाई बढवा दिदै जाँदा फलस्वरुप युद्घको वातावरणलाई निम्त्याउँछ ।
यसैबीच सूचना र अनिश्चितालाई अन्र्तराष्ट्रिय राजनीतिको बाइनरी अपोजिटका रुपमा व्याख्या गर्न सकिन्छ । सूचनाको अभावले अनिश्चिततालाई निम्त्याउँछ र अनिश्चित अवस्थाले सुचनाको अभाव सृजना गर्दछ । त्यसैले अनिश्चितता र सूचनालाई प्रायः सबै अन्र्तराष्ट्रिय सम्बन्ध र वृहत रुपमा अन्तराष्ट्रिय राजनीतिको जडको रुपमा उल्लेख गर्दा फरक नपर्ला । पहिलो र दोश्रो विश्व युद्घ यसका उदाहरण हुन । विश्वयुद्घ अघि जुन खालको अनिश्चिता व्याप्त थियो त्यो चिर्न प्रयाप्त मात्रामा सूचनाको सम्प्रेषण गरिएको भए युद्घको विभिषिकाबाट विश्व बच्न सक्ने थियो ।
दोस्रो विश्व युद्घपछि ध्वस्त भएको युरोपलाई पुनःजागरण गर्न अमेरिकाले सारेको मार्शल प्लानको प्रयाप्त मात्रमा सूचनाको प्रत्याभूति नहुँदा तत्कालिन सोभियत युनियनले मोलोटोभ प्लान संचालन गर्न अभिसप्त भयो । यसले सम्पूर्ण युरोपलाई थप अनिश्चिततातर्फ डो-याउँन बल पुर्यायो ।
मोलोटोभ प्लान पूर्वी युरोपलाई लक्ष्यित गरि ल्याइएको आर्थिक सहायता थियो जसमा संलग्न राष्ट्रहरु मार्शल प्लान जुन पश्चिम युरोप केन्द्रित आर्थिक सहयोग थियो त्यसमा समाहित हुनबाट बञ्चित थिए ।
यस्तै मार्शल प्लानमा सम्मेलित राष्ट्रहरु मोलोटोभ प्लानका हिस्सेदार थिएनन् । यो सूचनाको कमिले ल्याएको अनिश्चितता यति व्यापक थियो की सन् १९४७ बाट शुरु भएको यो क्रम विभिन्न उपक्रमहरु जेडिदै १९९० सम्म कायम र-यो । अनिश्चिता बढ्दै जाँदा सुचना प्रवाह हुने कुनै गुञ्जायस नै रहँदैन र भएता पनि त्यसले कुनै मूर्तरुप लिने प्रयाप्त सम्भावना नै रहदैन । अनिश्चितता राजनीतिक घटना क्रमले मात्रै होइन नेतृत्वमा रहेका व्यक्तिको मनोविज्ञानले पनि निम्तिन सक्दछ ।
चीनका राष्ट्रपति सी जिनफिङले अघि सारेका बेल्ट एण्ड रोड इनिसेटिभ (बिआरआई) बारेमा प्रयाप्त मात्रमा सूचनाको कमीले त्यस बारेमा भारत र जापान जस्ता मुलुक आश्वस्त हुन सकि राखेको अवस्था छैन परिणामत त्यसले विश्वलाई अर्को अनिश्चिततातर्फ लैजाने खतरा छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त बिआरआईलाई आफ्नो सार्वभौमसत्तासँग जोडेर विश्लेषण गर्ने गरेका छन् ।
भारतको बुझाईमा बिआरआई चीनको भूराजनीतिक रणनीतिको एउटा पाटो हो । भारतीय विज्ञहरुले बिआरआईलाई तीन तवरमा विश्लेषण गरेको छन् जसमा पहिलो राष्ट्रिय स्वाधिनतामाथिको प्रहार हो भने दोस्रो भारतीय अर्थतन्त्रमाथिको चिनीयाँ दबदबा र तेस्रो उसको सुरक्षाका निम्ति टट्कारो चुनौति । यी सबै आकलन पहिलो बिआरआई शिखर सम्मेलन बहिष्कार गर्ने भारतका मुख्य कारणहरु थिए ।
बिआरआई चीनले व्यापारको रुपमा अघि बढाएको उसको एउटा महत्वपूर्ण योजना हो । यस अन्तर्गतका परियोजनाहरुलाई चीनको वैदेशीक सहायताको रुपमा नबुझ्दा उपयुक्त होला किनकी यो व्यापारको एउटा प्रकार हो । बिआरआई परियोजना अन्र्तगतको श्रीलंकाको हम्बन्तोता जिल्लालाई उदाहरणको रुपमा लिन सकिन्छ । उक्त जिल्लालाई आधुनिक शहरको रुपमा विकास गर्ने सपना सहित श्रीलंकका भूर्तपूर्व राष्ट्रपति महिन्दा राजपाक्क्षेको सरकारले चिनियाँ सरकारी कम्पनीलाई सन् २००८–२०१० मा लिजमा दिएका थिए ।
२६ वर्षसम्म कोलिबरेशन टाइगस अफ तमिल इलम (एलटिटिइ) सँगको गृहयुद्घ सन् २००९ मा समाप्त भए पश्चात श्रीलंकाको आर्थिक स्थिति दयनिय अवस्थामा पुगि सकेको थियो । देशमा बढ्रदै गएको आर्थिक भार कम गर्न कोलम्बो जस्तै अर्को आर्थिक केन्द्रको श्रीलंकालाई आवश्यकता थियो जहाँबाट श्रीलंकाली सरकारलाई मनग्य मात्रमा राजस्व प्राप्त हुन सकोस् र राष्ट्रिय आयको एउटा भर पर्दो माध्यम बन्न सकोस् ।
शहरी विकाश, बन्र्दगा्रह, रंगशाला, राजमार्ग बनाउने योजना सहित चीनले अविकशित रहेको हम्बन्तोतालाई विकाश गर्ने प्रस्ताब श्रीलंकाली सरकारसँग राख्यो । अविकशित रहेको दक्षिणी भागलाई तिब्र रुपमा विकाश गर्ने लक्ष्य सहित श्रीलंकाले चीनियाँ प्रस्ताबमा मन्जुरी दियो । यो परियोजनाले दुवै पक्षलाई फाइदा हुने अनुमान गरिएको थियो । हम्बन्तोता विकाश हुँदै आर्थिक केन्द्र बनेको खण्डमा समग्र श्रीलंकाकाको. आर्थिक गतिविधिमा टेवा पु¥याउने सोचिएको थियो भने त्याहाँबाटा आउने फाइदामा चीनियाँ नजर टिकेको थियो ।
तर २०१७ सम्म आई पुग्दा के भयो भने श्रीलंकाले चीनसँग हम्बन्तोता विकाश गर्न लिएको ८ बिलियन अमेरिकी डलर फिर्ता गर्न सक्ने कुनै संकेत नदेखिए पछि हम्बन्तोता बन्द्रगाहलाई ९९ वर्षको लिजमा चाइनालाई बेच्न बाध्य भयो । यस अगावै चीनले हम्बन्तोता विकाश परियोजनालाई आफ्नो महत्वाकांक्षी योजना बिआरआई अन्र्तगतको परियोजना भित्र समावेश गरि सकेको थियो ।
यसले के पुष्टि गर्दछ भने चीनले विआरआई मार्फत अघि सारेका परियोजनाहरुलाई व्यापारको रुपमा लिएको छ । जसको प्रयाप्त मात्रमा सूचना सञ्चार हुन नसक्दा चीन इतरका शक्ति राष्ट्ररुले बिआरआईलाई शंकाको दृष्टिकोणले हेर्ने गरेका छन् ।
चीनले कुनै पनि देशको आर्थिक अवस्थाको ख्यालै नराखी विना पारदर्शी पूर्वशर्त ऋण प्रवाह गर्ने गरेको आरोप लागाइने गरिएको छ । पश्चिमा देशहरले ऋण प्रवाह गर्दा क्यारोट स्टिक र्फमुला अपनाउने गर्दछन् जहाँ एक हातले पैसा र अर्का हातले त्यो पैसा खर्च गरे बापत अपनाउनु पर्ने पूर्वशतहरु हुने गर्दछ ।
अमेरिका आफै पनि चिनियाँ ऋणको चङ्गगुलमा परेको छ जुन १ दशमलव ३ ट्रिलियन अमेरिकी डलर बराबर रहेको बताइन्छ । सन् २००५ यता अमेरिकाको आवास क्षेत्र, प्राविधिक क्षेत्र, वित्तीय क्षेत्र र उर्जा क्षेत्रमा ७० विलियन अमेरिकी डलर चीनियाँ लगानि रहेको छ ।
खास गरि चिनिँया ऋण रणनीतिक ठाँउमा (हम्बन्तोता, ग्वादर पोट) धेरै हुने गरेको निर्कष सहित अमेरिका, जापान, भारत र अष्ट्रेलिया सम्मेलित देशहरुले ऋणमा डुबेका कुनै पनि देशको रणनीतिक ठाँउहरुलाई ऋण मुक्त गर्न उक्त देशको आर्थिक अवस्थालाई मध्यनजर गर्दै आर्थिक सहायत गर्ने संयत्र निर्माण गर्ने सहमतिमा केही महिना अघि पुगेका छन् ।
बिआरआईले प्रत्येक राष्ट्रको राष्ट्रिय स्वार्थ संवर्धन गर्न सम्वेदनशील रहने चीनले बताए पनि त्यसले बिआरआईका सम्बन्धमा फरक मत राख्ने देशहरुलाई निश्चिन्त पार्न सकिरहेको स्थिति छैन । जसको परिणाम बिआरआई विपक्षका राष्ट्रहरुले फरक योजना अघि सारि रहेका छन् ।
चीनको महत्वकांक्षी योजनाका बारेमा सूचनाको कमीले विश्व राजनीतिलाई अनिश्चितता तर्फ डोराएको छ । जसको नेतृत्व अमेरिका लगायतका उसका अन्य सहयोगी राष्ट्रहरुले गरेको छन् जो चीनको शक्ति राष्ट्रको रुपमा उदयलाई आफ्नो खतरको रुपमा देख्दछन् । चिनियाँहरु आफै पनि बिआरआई बारेमा त्यति स्पष्ट भएको जस्तो देखिदैनन् किनभने बिआरआई बारेमा चिनियाँहरु आफैभन्दा पनि अधिक मात्रमा विदेशीहरु मर्फत प्रचार गर्न रुचाएको देखिन्छ ।
अर्कोतर्फ चीनले पहिले नै शुरु गरि सकेका आयोजनाहरुलाई पनि बिआरआई अन्र्तगत राख्ने गरेको छ जसको उदाहरण हम्बन्तोता पनि हो । बिआरआईमा सम्मिलित आयोजनाहरुको आधार के हुने भने बारेमा कुनै स्पष्ट आधार नभएकाले बिआरआई बारेमा चीनियाँहरु आफै पनि स्पष्ट नभएका हुन् की भन्ने आशंका उब्जाउँछ । जसले गर्दा थप अनिश्चिता निम्त्याएको छ ।
विश्वकै कूटनीति बिआरआइतर्फ केन्द्रित भएको यो अवस्थामा चीनले यो परियोजना के हो के होइन स्पष्ट रुपमा बताउनु ढिलो गर्नु हुँदैन । हठात् रुपमा विश्वमा आईपर्न सक्ने अनिश्चिता चिर्न चिनियाँ नेतत्वले बिआरआई सम्बन्धि सूचना प्रयाप्त मात्रमा प्रेशित गर्नु हितकर हुन्छ ।
(लेखक अन्तर्राष्ट्रिय सम्बन्धका विद्यार्थी हुन्)
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...