×

NMB BANK
NIC ASIA

काठमाडौं, ९ पुस– चालु आर्थिक वर्षमा घरजग्गासम्बन्धी कारोबारबाट हुने राजश्व असुली १ अर्बभन्दा बढीले घटेको देखिएको छ । घरजग्गासम्बन्धी विभिन्न कारोबारबाट सरकारले उठाउने राजस्व चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशतले घटेको देखिएको हो । 

Sagarmatha Cement
Muktinath Bank

चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक हेर्दा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड ८१ लाख १० हजार ७ सय ९८ रकमले कमी आएको विभागका प्रवक्ता सम्मर सिंह ठकुलीले जानकारी दिए । उनले भने, ‘चालु आर्थिक वर्षको पुस मसान्ससम्ममा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा राजस्व संकलनमा केही कमी आएको देखिन्छ, तर राजस्वको  लक्ष्यभन्दा बढी नै भएकाले यसलाई नराम्रो भन्न मिल्दैन ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा घरजग्गा कारोबारबाट ९ अर्ब २० करोड ५६ लाख ६० हजार  राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । 


Advertisment
Nabil box
Kumari

भूमिसुधार तथा व्यवस्थापन विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७३÷०७४ को पुस मसान्तसम्ममा घरजग्गा सम्बन्धि विभिन्न शिर्षकमा असुल भएको राजस्व १० अर्ब ७४ करोड ४ लाख ९४ हजार ५ सय २३ रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म असुली भएको राजस्व १ अबै भन्दा बढीले घट्दै ९ अर्ब ६३ करोड२३ लाख ८३ हजार ७ सय २५ रुपैयाँमा सिमित भएको छ ।  

Vianet communication
Laxmi Bank

गत आर्थिक वर्षको घरजग्गासम्बन्धि राजस्व असुली भने अघिल्लो आर्थिक वर्ष २०७२÷०७३ को भन्दा ह्वात्तै बढेको देखिएको छ ।  सो आर्थिक वर्षको घर जग्गा सम्बन्धि विभिन्न शिर्षकमा भएको राजस्व असुली जम्मा ४ अर्ब ३६ करोड २ लाख ९० हजार ८ सय १७ रुपैयाँ देखिएको छ । 

विभागले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा घरजग्गा दस्तुर शिर्षकबाट ८  अर्ब ६९ करोड ८४ लाख ६४ हजार ४ सय ८४ रुपैयाँ राजस्व संकलन भएको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ९ अर्ब ८१ करोड ४८ लाख ४६ हजार २ सय ४२  रुपैयाँ राजस्व संकलन भएको छ । 

यसैगरी जग्गाको मोल शिर्षकमा चालु आर्थिक वर्षको सोही अवधिमा  १ करोड २३ लाख २६ हजार ३ सय ५२ रुपंयाँ संकलन भएकोमा गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ६ लाख ८९ हजार ६ सय ७ रुपैयाँ संकलन भएको देखिन्छ । 

यसैगरी फुटकर दण्ड जरिवाना शिर्षकबाट चालु आर्थिक वर्षमा ९० करोड २० लाख ५६ हजार २ सय ७४ रुपैयाँ राजस्व संकलन भएको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ८८ करोड ८४ लाख २२ हजार ४० रुपैयाँ संकलन भएको विभागको तथ्यांकले देखाएको छ । 

त्यसै गरी राफ राफ तथा पुर्जा बिक्रीबाट चालु आर्थिक वर्षको पुस मसान्तसम्म ५७ लाख ९२ हजार ७ सय ९४ रुपैयाँ राजस्व असुली भएको छ भने स्गत आर्थिक वर्षको सोही अवधिमा सो शिर्षकमा ४४ लाख ७१ हजार ६९ रुपैयाँ राजस्व रकम असुली गरिएको छ । 

यसैगरी जग्गा रोक्काबाट चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा असुली गरिएको राजस्व रकम १३ करोड ७४ लाख ३ हजार ८ सय २१ रुपैयाँ छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ करोड ३० लाख ६३ हजार २ सय ४६ रुपैयाँ रहेको छ । 

गत आर्थिक वर्ष २०७३÷०७४ को पुस मसान्तसम्ममा सोको अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा राजस्व रकममा ह्वात्तै बृद्धि हुनुमा जग्गा अभिलेख तथा सूचना व्यवस्थापन प्रणाली (एलआरआइएमएस) लागु गर्नु प्रमुख कारण भएको अधिकारीहरुले बताएका थिए । 

तर, सो प्रणाली लागु भएको एक आर्थिक वर्षपछि नै घरजग्गाबाट उठ्ने राजस्व घटेको देखिन्छ । यसको एक महत्वपूर्ण कारण नयाँखाले राज्य व्यवस्था भएको जानकारहरु बताउँछन् ।  भूमि सुधार मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयमा विगत २ दशकदेखि कार्यरत एक उच्च अधिकारी भन्छन्, ‘अहिले चुनावमा नेपाली काँग्रेसले फैलाएको अधिनायकवादको हल्ला र वामपन्थीहरुले रटान लगाइरहेको समाजवादको नाराले घरजग्गामा लगानी गर्नेहरु त्रसित भएका छन् ।’

अहिलेको जति हल्ला नहुँदा समेत पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारका पालामा पनि घरजग्गा कारोबारमा निकै मन्दी छाएको थियो ।  

यता घरजग्गा कारोबार गर्ने घरजग्गा एजेन्ट संघ नेपाल (रिआन)का अध्यक्ष इश्वरप्रसाद खरेलले पनि संघीय नेपालले लिने आगामी नीतिबारे स्पष्ट नहुँदा घरजग्गा कारोबारी अन्योलमा रहेको बताउँछन् । 

‘नेपाल संघीयतामा गयो, अब सरकारले घरजग्गा सम्बन्धि कस्ता नीति लिने हो, यो बारे सबै अन्योलमा छन्, यसका कारण जग्गा कारोबारमा निकै मन्दी आएको देखिन्छ’ खरेलले लोकान्तरसँग भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x