मंसिर १०, २०८०
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
काठमाडौँ, १३ माघ -उपत्यकाको पूर्वी भेगस्थित शंखरापुर नगरपालिकामा रहेको शाली नदी मेलाको अवसर पारेर दर्शनार्थी र सर्वसाधारणमाथि चौतर्फी लूट भएको पाइएको छ ।
मेलामा जाने यात्रुका लागि यातायातको ठूलो समस्या छ । रत्नपार्कबाट भद्रवास, डाँछी, आलापोट, गागलफेदी, साँखु र जहरसिंहपौवालगायत क्षेत्रको यातायातमा एकाधिकार जमाएको साँखु बस व्यवसायी संघका सवारी साधन ‘रुट परमिट’ अनुसार नचली ‘रिजर्भ’ जाँदा यात्रु सडकमा अलपत्र बन्न बाध्य भए ।
मेलामा आउन घटौँ सवारी साधन कुरेर बस्दा पनि पाउन नसकेको पुल्चोकबाट आउनुभएकी रचना तण्डुकारको गुनासो छ । रत्नपार्कबाट साँखुको सवारी साधन पाउन मुस्किल भएको उहाँले सुनाउनुभयो ।
मेलाको अन्तिम शनिबार संघका सवारी चाबहिलसम्म मात्र सञ्चालन भए । यसरी चलेका सवारी साधनले पनि यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा असुले । चाबहिलसम्मको भाडा रु २७ तोकिए पनि कुनै पनि बसले रु ४० घटी नउठाएको यात्रुको भनाइ छ ।
साँखुमा लाखौँ यात्रु आएकाले सबैलाई सहज होस् भनेर साँखु–चाबहिलसम्म मात्र यातायात सञ्चालन गरिएको संघका सचिव एलपी श्रेष्ठले सुनाउनुभयो ।
संघले यात्रुलाई सहज रुपमा सेवा दिन चाबहिलसम्म मात्र सवारी चलाएको दाबी गरेपनि यात्रुले भने बढी भाडा लिने र मेलाको मौका छोपेर पैसा कमाउने उद्देश्यले यसो गरिएको गुनासो गरे ।
साँखुको पुरानो बसपार्कमा सयौँ यात्रुले घेरिँदा सवारी साधनका परिचालकले चाबहिलसम्म मात्र जाने र भाडा रु ४० लाग्ने भनेर चढाएको सूर्यविनायकबाट आउनुभएका यात्रु श्यामकृष्ण थापाले बताउनुभयो ।
संघले यो मार्गमा १२० सवारी सञ्चालनमा रहेको दाबी गरेपनि आधा घण्टा कुर्दा पनि बस पाउन नसकिएको धेरै यात्रुले गुनासो गरे । श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष राजभाई श्रेष्ठ अन्तिम शनिबार भएकाले पाँच लाख भन्दा बढी दर्शनार्थी आउँदा समग्र व्यवस्थापन गर्न धौधौ परेको बताउनुहुन्छ ।
साँखु शालिनदी क्षेत्रमा मेलाको अवसरमा खुलेका होटलले पनि महँगो मूल्य असुलेको बनेपाबाट आउनुभएका भक्तजन रामचन्द्र श्रेष्ठले बताउनुभयो ।
मेलाकै अवसरमा राखिएका तयारी पोशाक एवं अन्य सामग्रीका पसलले पनि बजार भाउभन्दा बढी नै मूल्य लिने गरेको उपभोक्ताको भनाइ छ । आफैँ सवारी लिएर जाने यात्रुलाई पार्किङ शुल्कका नाममा मनलागी पैसा उठाइएको छ ।
चाबहिल–जोरपाटी–साँखु सडक विस्तार सम्पन्न नहुँदा धुलाम्य र खाल्डाखुल्डीले आवतजावतमै समस्या छ । रासस
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...