पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
संघीय संसद र प्रदेशसभाका लागि भएको निर्वाचन लगत्तै देखिएका राजनीतिक गतिरोधले देश उच्च राजनीतिक गर्मीमा फसेको प्रतीत हुँदैछ । नयाँ सरकार गठन कि संघीय संसदको पूर्णता पहिले भन्ने तर्कवाजी अनि महिला सांसद संख्याको अनुपात समग्रमा कि छुट्टाछुट्टै भन्ने विवादले राजनीतिलाई लामै समय गिजोल्यो ।
लगत्तै दलहरुले प्रादेशिक संसदमा बुझाएको समानुपातिक सदस्यको अन्तिम सूचीले वहसको अर्को धार जन्मायो । सूचीमा अधिकांश राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताहरुका नाता÷गोता, श्रीमति तथा ससुराली, माईती÷मावली अनि आसेपासेहरु बढि परे । अपवाद बाहेक लाभका पदमा परिवारवाद तथा पैसावाद मौलाउँदैछ । प्रशस्त आर्थिक सहयोग दिन सक्ने केही मानिसहरु पनि सुचीकृत छन् । केहीले त समानुपातिकको पद खरिदबिक्री हुने पनि भन्छन् ।
नेपालका एक मात्र खर्बपति विनोद चौधरी नेपाली काँगे्रसबाट पिछडीएको बर्गलाई प्रतिनिधित्व गर्दै प्रतिनिधि सभामा समानुपातिकबाट संसद सदस्य बन्ने तरखरमा छन् । छिटफुट एकदुई व्यपारी, उद्यमी अनि अन्य खालका पेशागत मानिसहरुलाई केही दलले समानुपातिकमा राखेको बाहेक अधिकांश सदस्यको नामावली हेर्दा समानुपातिकको सुची साच्चै सरमलाग्दो छ । अनि अहिले राष्ट्रिय सभा निर्वाचनमा दलहरुले प्रस्तुत गरेका अनुहारहरुले बहसको नयाँ तरंग ल्याउँदैछ । एमालेकी कोमल वली यो सुचीको पहिलो भागमा छिन् ।
तर केही आकांक्षीहरुले भने जस्तो धेरै समय राजनीतिमा बिताएका र प्रतक्ष्यमा नपरेकाहरुलाई राष्ट्रिय सभा वा समानुपातिकबाट सांसद बनाइनु पर्ने धारणासमेत भ्रमबाट मुक्तचाहिँ छैन । परिवारका सदस्यलाई बनाइनु गलत हो यद्यपि राजनीतिमै धेरै समय सक्रिय कोही अरुलाई बनाउनु पर्थ्यो भन्नुले चाहिँ राष्ट्रियसभा अनि समानुपातिक कुनैको पनि मर्मलाई बोक्न सक्दैन । जहिल्यै राजनीतिक पृष्ठभुमि र सक्रियता मात्र भएका व्यक्तिहरुलाई राष्ट्रिय सभा वा समानुपातिकमा पठाएर हामीले खराव प्रयोग गरिरहेका थियौँ । अब त अझै तल झरेर श्रीमती वा सालासाली क्लव बनाउँनाले राष्ट्रिय सभा अनि समानुपातिक प्रतिनिधित्व दुबै अभ्यासकै चीरहरण भएको छ ।
देशको सम्वृद्घि अनि सभ्य राजनीतिक परिवर्तन र अभ्यासको लागि सबै दलले राष्ट्रिय सभा तथा समानुपातिकका सबै सदस्य गैर–राजनीतिक छान्नुपर्छ । पत्रकारिता, कला, साहित्य, उद्योग, पेशा, विद्युत, पर्यटन, शिक्षा, स्वास्थ्व, न्याय लगायत अन्य सबै विभिन्न विधाका विज्ञ अभियान्ताहरु त्यहाँ ल्याउनुपर्छ । म्याक्स क्रिचकृत पुस्तक ‘इन्कुल्जन एण्ड एक्सक्लुजन इन द ग्लोबल एरिया’मा समावेशी बनाउने अभ्यासका लागि घुमाउरो पारामा राष्ट्रिय सभा र समानुपातिकताको दुरुपयोग हुनसक्ने भनिएको छ । हामीले पनि त्यही गर्याैं । राष्ट्रिय सभा र समानुपातिकको सूचीलाई समावेशीको आधार नबनाएर हामीले समावेशी अनि समानुपातिक दुबैको चीरहरण गर्दैछौँ ।
राजनीतिमा समावेशीता र समानुपातिकता एक/अर्काका परिपुरक मात्रै हुन, पर्याय होईनन् । एक अर्कोसँग जबर्जस्त जोडेर नभई स्वतन्त्र रुपमा दुबैको प्रयोग अनिर्वाय गर्नुपर्छ । समावेशी विशुद्घ राजनीतिक रुपमा नागरिक संख्याको अनुपात अनि राष्ट्रिय सभा तथा समानुपातिकको अभ्यास पुर्ण प्राविधिक विशेषज्ञता र सम्भावित योगदानको अनुपातिक सहभागिताको सरोकार हो ।
समावेशी, विशुद्घ राजनीति
समावेशीताले विभिन्न धरातल र आधारमा पिछडिएका मानिसलाई प्रतक्ष्य निर्वाचनद्वारा नै राजनीतिको मुल प्रवाहीकरणमा ल्याउनुर्पछ । उनीहरुलाई कसैको निगाहा वा सुचीमा नभै आम नागरिकद्वारा निर्वाचित भएको आभाष गराउनुपर्छ । राष्ट्रमा आफ्नो र आफुहरुको समुदायको पनि अधिकार रहेको अनि त्यस्को सम्मान भएको आभाष दिनुपर्छ । अनि ती प्रतिनिधिबाट तत्÷तत् समुदायका पीडा एवं समस्या सुन्दै समाधान र उत्थानका उपायमा बहस तथा अभ्यास गर्नुपर्छ । साझा बिषयमा सबै एकाकार रहनुपर्छ ।
तर हामीले वास्तवमा नै शसक्तिकरण गर्नुपर्ने समावेशीताको पक्षलाई पार्टीहठको संचारणमा संकुचन गर्यौ । समावेशीको अभ्यास यसरी गर्दैछौँ कि कुनै निर्णय गर्दा उनीहरुको बिरोध नहोस् । उनीहरुलाई मुल प्रवाहीकरण भन्दा उनीहरुको अनुमति लिएर आफ्नो पक्षमा निर्णय गराउने अभ्यास हुदैछ । लेखक महेन्द्र लावतीका अनुसार समावेशीताका मुख्य दुई आधार मध्ये हामीले दोश्रो र खराब परीक्षण गर्यौ ।
समावेशी बनाईएका अधिकांश सदस्यहरु ताली बजाउन र गाली गर्न प्रयोग भए । सिमातंकृतको सार्मथ्य वृद्घिसट्टा नतृेत्वको स्वार्थपोषणलाई ध्यान दिइयो । जसले समावेशीतालाई सजिव बनाउन सकेन ।
समावेशी राजनीतिक चरित्र हो जसले प्रतक्ष्य निर्वाचनमै आफ्नो रुपधारण गर्नुपर्छ ।
राजनीतिक पार्टीहरुले भाषा, क्षेत्र, लिगं, प्रजाती, समुदायसमेत हरेक हिसावले पुर्ण समावेशी चरित्रको उम्मेदवारहरुको समिकरण बनाउन सक्नुर्पछ । संसदलाई समावेशी बनाउन राष्ट्रिय सभा वा समानुपातिकको दुरुपयोग गर्नुहुदैन । बिना राष्ट्रिय सभा अनि समानुपातिकता नै समावेशी चरित्रको राजनीति बनाउनु पार्टीहरुको व्यवस्थापकीय कौशलता हो । प्रतक्ष्य निर्वाचनमा नै पार्टीहरुले ती प्रकारका मानिसलाई सम्मानसाथ प्रतिस्पर्धाको मैदानमा उतार्नुपर्छ । अनि राष्ट्रिय सभा तथा समानुपातिकलाई चाहिँ पुर्ण कौशलको प्राविधिक बनाउनुपर्छ ।
राष्ट्रिय सभा तथा समानुपातिक, विशुद्घ प्राविधिक
उन्नाइसौँ सताब्दीको मध्यतिर डेनर्माकका कार्ल एण्डर्याएसँग मिली बेलायतका टोमस ह्यारे र जोन स्टुवार्ट मिलले बहसमा ल्याएको बिचार समानुपातिक प्रतिनिधित्वको अभ्यासलाई पुर्णतया गैर–राजनीतिक छनौट मानिन्छ । क्रिस्टिने वुलब्रेच्ट, रोड्नी इ हिरो, पेरी इ र्आनोल्डको अनुसन्धान ‘द पोलिटिक्स अफ डेमोक्रेटिक इन्कुल्जन’ मा समेत समानुपातिकता राजनीतिक नभई प्राविधिक रुपमा देखीनुपर्ने उल्लेख छ । यस्तो अभ्यास सार्थक गर्न राष्ट्रिय सभा गठन गरिन्छ ।
एक सदनात्मक संसद भए त्यसैमा समानुपातिकबाट विज्ञ मानिसहरु ल्याउने वा दुई सदनात्मक भए राष्ट्रिय सभा मार्पmत आवश्यक विज्ञता भित्रयाउने गरेको देखिन्छ । यसको राम्ररी अभ्यास भएका ब्राजिल, इँटाली, स्पेन, दक्षिण अफ्रिका, युक्रेन, रसियामा राष्ट्रिय सभा वा समानुपातिकमा आएका अधिकांश सदस्यहरु गैर–राजनीतिक बनावटका विशेषज्ञ देखिन्छन् । हामीले दुबै प्रयोग गरे पनि सार्थक अभ्यासचाहिँ गर्न सकेनौँ ।
राष्ट्रिय सभा वा समानुपातिक भनेको कार्यक्रम र योजनाहरुका आधारमा राष्ट्रिय विकासका विभिन्न आयामलाई सघाउन सक्ने दक्ष, विज्ञ र सार्मथ्यवान मानिसहरु छान्ने तरिका हो । देशको विकास र घोषणापत्रका बाचा अनुसारको प्राप्ति राजनीतिले मात्र सम्भव छैन । राजनीति इतरका मानिसको संख्या ठुलो छ र उनीहरुको विशिष्ठ सहयोग अनि निस्वार्थ योगदान देशको सम्वृद्घिको लागि अति आवस्यक सर्त हो ।
पार्टीहरुसँग राजनीतिक अभिव्यक्ती भएका घोषणापत्र चाहिँ हुन्छन् । ती योजनालाई सार्थक बनाउन अब्वल मानिसको सशक्त जमघटका लागि राष्ट्रिय सभा वा समानुपातिक तर्फबाट विभिन्न गैरराजनीतिक समुहका शिर्ष अनुभवी र अभ्यासकर्ताहरुलाई राज्य संचालनमा योगदान दिन सहजीकरण गर्नुपर्दछ ।
राष्ट्रिय सभा वा समानुपातिकमा राजनीतिक मानिस नै ल्याउदा त्यसले कुनै नयाँ अतिरिक्त अनुभव र ज्ञानलाई संसदमा ल्याउदैैन । राजनीति कै नाच नाच्ने र सिद्घान्त कै गित गाउने वा नातागोता तथा पारिवारिक सदस्यलाई ल्याउँदा देशले विविध आयामका विशेषज्ञताबाट बन्चित रहनुपर्छ । तसर्थ, राष्ट्रिय सभा र समानुपातिकमा संख्या होईन, सोचको प्रतिनिधित्व हुनुपर्छ । मान्छे होईन, मुद्दा प्रमुख बन्नुपर्छ, दल र व्यक्ति होइन, वहुआयमिक विज्ञताको प्रतिनिधित्व रहुनुपर्छ ।
राष्ट्रिय सभा र समानुपातिकता जनसंख्याको अनुपात नभई देशलाई सम्वृद्घ बनाउन चाहिने विविध प्रकारका योगदानको अनुपातको प्रतिनिधित्व हो । देशको सामुहिक र सर्वागिंण विकासको प्रस्ट योजना नागरिकलाई पस्कदै, तीनलाई कार्यन्वयन गर्न आवश्यक दक्ष, अनुभवी, विज्ञ, पेशाकर्मी, वैज्ञानिक र विशेषतः गैर–राजनीतिक चरित्रको सार्मथ्यसम्पन्न जनशक्ति जमघट गराउने सुनौलो परीक्षण हो । तर हाम्रो राजनीतिमा यस्तो अभ्यास हुनसकेन ।
निरन्तर अप्रवाधिक, अनविज्ञ मानिसहरुको प्रधानता रहदाँ राजनीतिले देशलाई विकासको गतिमा दौडाउन सक्दैन । उनीहरुसँग भाषण गर्दै नारा घोकाएर, झण्डा बोकाएर जनतालाई वुद्घिविलासमा अल्मल्याउने कौशलता हुन्छ । तर कसरी विकासोन्मुख गतिविधिहरुको सघनता सम्भव बनाउने भन्ने प्राविधिक ज्ञान कम हुन्छ । तसर्थ राजनीतिमा विभिन्न क्षेत्रका विज्ञ मानिसहरुको पर्दापण आवस्यक छ । अमेरिकाको राजनीतिक अभ्यासमा पछिल्लो पटक वकिलको संख्या अधिक छ । आर्थिक विकासमा दु्रतगति लिएका चीन, जापान, कोरिया, भियतनाममा प्राध्यापक विद्वानहरुको राजनीतिक संलग्नता उच्च देखिन्छ ।
यसरी कुनै अन्य पेशागत क्षेत्रमा लामो समय काम गरेका विज्ञ मानिसहरु राजनीतिमा आउँदा कम्तिमा दुईवटा फाईदा हुन्छ । उनीहरुले आप्mनो जीविकोपार्जनको लागि देशको ढुकुटी दुरुपयोग गर्नुपर्दैन । अनि उनीहरुसँग आप्mनो क्षेत्रको दुत्रतर अभिवृधि गर्न प्रशस्त अनुभव र कौशलता हुन्छ । तसर्थ विभिन्न क्षेत्रबाट चमत्कारिक पात्र राजनीतिमा ल्याउने प्रयास हुन्छ ।
आफ्नो जीवनमा व्यापार, व्यवसाय र पेशाका माध्यमवाट माथि आएका मानिसहरुमा अवसर केलाउने क्षमता रहन्छ, चुनौतिको वोध गर्ने ज्ञान हुन्छ । देशको विकासमा विशेष सल्लाह र सहायता लिन अन्य क्षेत्रका प्राविधिक, विज्ञ र विश्वाशीला मानिसलाई समेट्न राष्ट्रिय सभा र समानुपातिकताको प्रयोग हुनुपर्छ ।
तर हाम्रोमा राष्ट्रिय सभा तथा समानुपातिकता विज्ञताबाट राजनीतिक भिडमा अनि भिडबाट पनि संक्रिण परिवारवादमा जादैछ । राष्ट्रिय सभाको उम्मेदवार छनौटको विधि र समानुपातिक निर्वाचन प्रणाली राजनीति प्रदुशित गर्ने विषादी बन्दैछ । यसमा यथासक्य यथोचित सुधार नभए, निकट भविष्यमा नै राष्ट्रिय सभा तथा समानुपातिक छनौट आम नागरिकका लागि अवैज्ञानिक मात्र हैन आत्मघाति पनि हुनसक्छ ।
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...