×

NMB BANK
NIC ASIA

गणितको अनौठो प्रश्न : एउटा पानीजहाजमा २६ भेडा र १० बोका छन् भने कप्तानको उमेर के हो ?

माघ १७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १७ माघ — चीनमा गणितको परीक्षामा बच्चाहरूलाई सोधिएको अनौठो प्रश्नको उत्तर कोहीसँग पनि छैन । 

चीनको शुनकिङ जिल्लामा प्राथमिक तहका बच्चाहरू यो प्रश्न पढेर छक्क परे अनि सामाजिक सञ्जालमा यो कुरा डढेलो झैं फैलियो । 

यो प्रश्न पाँचौं कक्षाका बच्चाहरूलाई सोधिएको थियो । उनीहरू औसतमा ११ वर्षका छन् । 

प्रश्नपत्रको तस्वीर र प्रश्नको जवाफ दिने बच्चाहरूको कोशिश चीनको सामाजिक सञ्जालमा भाइरल भयो । 

स्वाभाविक रूपमा यसमाथि बहस भयो । शिक्षा विभागले यसको जवाफ पनि दियो । कुनै भूलवश यो प्रश्न नराखिएको बरू बच्चाहरूलाई जागरुक बनाइरहनका लागि प्रश्न सोधिएको उसले बतायो । 

एक बालकले जवाफ दिए, ‘कप्तानको उमेर कम्तीमा १८ वर्ष होला किनकि जहाजको कप्तान हुनका लागि वयस्क हुनुपर्छ ।’

अर्का विद्यार्थीले अनुमान लगाए, ‘कप्तानको उमेर ३६ वर्ष होला किनकि २६ र १० जोड्दा ३६ हुन्छ ।’

एक छात्रले त हार नै माने । उनले लेखे, ‘कप्तानको उमेर ... मलाई थाहा छैन । म यस प्रश्नको उत्तर दिन सक्दिनँ ।’

तर इन्टरनेटमा मानिसहरूले यस्ता सोझा उत्तर दिएनन् । 

चीनको माइक्रोब्लगिङ वेबसाइट वीबोमा एक व्यक्तिले सोधे, ‘यो प्रश्नको कुनै तुक छैन । शिक्षकलाई यसको उत्तर थाहा छ ?’

अर्का व्यक्तिले सोधे, ‘कुनै विद्यालयमा २६ शिक्षक छन् र तिनमा १० जना बेवकूफ छन् भने प्राचार्यको उमेर कति होला ?’

तर केही मानिसले विद्यालयको बचाउ गरे । उनीहरूले विद्यार्थीको बुद्धिमत्ता जाँच्नका लागि प्रयत्न गरिएको बताए । 

वीबोमा एक व्यक्तिले लेखे, ‘यो प्रश्नले विद्यार्थीहरूलाई सोच्ने मौका दियो ।’

Muktinath Bank

एक अन्य व्यक्तिले भने, ‘यो प्रश्नले बच्चाहरूलाई उनीहरूको विचार जान्न लगाउँछ । उनीहरूलाई सिर्जनात्मक हुने अवसर दिन्छ । यस्ता थप प्रश्न उनीहरूलाई सोध्नुपर्छ ।’

शुनकिङको शिक्षा विभागले यस बहसमा एक बयान जारी गरेर आफ्नो कुरा राख्यो । 

उसका अनुसार, बच्चाहरूलाई स्वतन्त्र रूपमा सोच्नका लागि सक्षम बनाउन र जागरुकतालाई जाँच्नका लागि यो प्रश्न गरिएको थियो । 

चीनको शिक्षा व्यवस्था पारम्परिक रूपमा नोट बनाउन र घोक्नमा जोड दिन्छ । आलोचकहरूका अनुसार, बच्चा यसरी सिर्जनात्मक हुन पाउँदैनन् । 

यस्ता प्रश्नले बच्चाहरूलाई लीकबाट हटेर सोच्न चुनौती दिने शिक्षा विभागको भनाइ छ । 

एक व्यक्तिसँग यस प्रश्नको गतिलो जवाफ थियो ।

वीबोमा एक व्यक्तिले पोस्ट गर्दै लेखे, ‘जनावरहरूको औसत तौलका आधारमा २६ भेडा र १० बोकाहरूको तौल सात हजार ७०० किलो हुन्छ । चीनमा पाँच हजार किलोभन्दा बढी कार्गो जहाज चलाउने लाइसेन्स लिनका लागि
कम्तीमा पाँच वर्षको अनुभव हुनु जरूरी हुन्छ । चीनमा २३ वर्षभन्दा कम उमेरका व्यक्तिलाई जहाज चलाउने लाइसेन्स दिन सकिन्न । त्यसैले जहाजका कप्तानको उमेर कम्तीमा २८ वर्ष अवश्य हुन्छ ।’

बीबीसीबाट
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x