×

NMB BANK
NIC ASIA

भारतीय विदेशमन्त्रीका तीनवटा सन्देश थिए : प्रदीप ज्ञवाली [अन्तर्वार्ता]

माघ १९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

वामपन्थी गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठनको तयारी भइरहँदा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेकपा एमालेका शीर्ष नेताहरूसँग बिहीवार महत्त्वपूर्ण भेटवार्ता गरिन् । कतिपयले वेटिङ प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी ओलीको निमन्त्रणामा स्वराज नेपाल आएकोसम्म टिप्पणी गरे । भारतीय विदेशमन्त्रीसँग भएको भेटवार्तामा सहभागी नेकपा एमालेका सचिव  प्रदीप ज्ञवालीसँग लोकान्तरका लागि  सुशील पन्तले शुक्रवार कुराकानी गरेका थिए । प्रस्तुत छ कुराकानीको सार :

Sagarmatha Cement
Muktinath Bank

भारतीय विदेशमन्त्री स्वराजले तपाईंहरूसँग के कुरा गर्नुभयो ? 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उहाँको सन्देश मूलतः तीनवटा कुरामा केन्द्रित थियो । पहिलो, आफू निश्चित कार्यसूचीमाथि आधारित भन्दा पनि सद्भावको सन्देश बोकेर भ्रमणमा आएको र सद्भाव भ्रमण रहेको बताउनुभयो । 


Advertisment
Nabil box
Kumari

दोस्रो, नेपाली जनताले संविधान कार्यान्वयनको सन्दर्भमा उल्लेख्य उपलब्धि हासिल गरेको र एकै वर्षमा तीनवटै तहको चुनाव सम्पन्न गरेकोमा खुशियाली बाँड्न र नेपाली जनतालाई बधाई दिन आएको बताउनुभयो । खासगरी नेकपा एमाले नेतृत्वको वाम गठनबन्धनले केन्द्रीय सरकारमा स्पष्ट बहुमत हासिल गरेको र ६ वटा प्रदेशमा हासिल गरेको विजयका सन्दर्भमा बधाई ज्ञापन गर्न आएको कुुरा बताउनुभयो । 

Vianet communication
Laxmi Bank
नयाँ जनादेशअनुसार बन्न लागेको सरकारका नेतालाई उच्च महत्त्व दिएर गरिएको भेटका कारण विगतमा नेपालको संविधानप्रति भारतको जे दृष्टिकोण थियो, त्यो बदलिएको र नेपाली जनताले गरेको फैसलालाई भारतले स्वीकारेको भन्ने देखिन्छ

तेस्रो, उहाँकै शब्दमा भन्दा खण्डित जनादेशले कुनै पनि देशको विकास, स्थायित्व र शान्तिका निम्ति सहयोग नपु–याउने तर नेपाली जनताले स्पष्ट बहुमतसहितको जनादेश दिएकाले नेपाल स्थिरता, शान्ति र विकासको दिशामा अगाडि बढ्ने भारत सरकारको विश्वास रहेको र त्यसमा साथ दिन भारत सरकार तयार रहेको सन्देश दिनु भ्रमणको मुख्य उद्देश्य हो भन्नुभयो । 

यसको अर्थ भारतले नेपालको संविधानलाई स्वीकार गरेको भन्न सकिन्छ ?

निश्चय नै किनभने पछिल्लो समय नेपालको निर्वाचनको सन्दर्भमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पटकपटक नेपाल सरकार र राजनीतिक दललाई बधाई दिनुभएको छ । नयाँ जनादेशअनुसार बन्न लागेको सरकारका नेतालाई उच्च महत्त्व दिएर गरिएको भेटका कारण विगतमा नेपालको संविधानप्रति भारतको जे दृष्टिकोण थियो, त्यो बदलिएको र नेपाली जनताले गरेको फैसलालाई भारतले स्वीकारेको भन्ने देखिन्छ । यसमार्फत विगतमा जेजस्ता व्यवहार नेपालप्रति भारतले देखायो, खासगरी संविधान निर्माणपछि जस्ताखालका तिक्ततापूर्ण सम्बन्धहरू निर्माण भए, नाकाबन्दीको तहसम्म गयो, ती कुराहरूलाई अलिकति गम्भीर आत्मसमीक्षा गरेको र त्यो चाहिँ सफल रहेन, अब नयाँ ढंगले अगाडि बढ्नुपर्छ भन्ने सन्देश दिनखोजेको भन्न सकिन्छ । 

तर भोेलिका दिनहरूमा भारतको समग्र व्यवहार कस्तो रहन्छ, त्यो त व्यवहारले परीक्षण हुन बाँकी नै छ । कसमेकम अहिलेको सन्देशको हिसाबले प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका टेलिफोन संवादहरू र अहिले विदेशमन्त्री स्वराजको नेपाल भ्रमणको हिसाब हेर्दाखेरी सन्देशको हिसाबले भारत नेपाल नीतिमा अलि नयाँ ढंगले अगाडि बढ्न खोजेको अर्थ लाग्छ । 

यो समयमा स्वराजको भ्रमण उपयुक्त थिएन भन्ने टिप्पणी छ । ओलीले निम्ता गरेको भन्ने कुरा आयो ? 

पहिलो कुरा ओलीले त्यो भन्नुभएको छैन, यो नितान्त प्रायोजित प्रचार हो । उहाँ अहिले निम्ता गर्ने अवस्थामा हुनुहुन्न, उहाँ भोलिको प्रधानमन्त्री होला, आज प्रधानमन्त्री हुनुहुन्न । कुनै पनि पार्टीको नेताले विदेशमन्त्रीलाई बोलाउने प्रश्न हुँदैन । यो चाहिँ केही क्षेत्र र वृत्तबाट गर्न खोजिएको नियोजित प्रचार मात्रै हो । 

समय उपयुक्त भयो कि भएन भन्ने कुरा चाहिँ भारत सरकारले जान्ने कुरा भयो र उहाँलाई बोलाउने नेपाल सरकारले जान्ने कुरा  हो । त्यसबारेमा हाम्रो कुनै भनाइ छैन । तर सामान्यतया नेपालमा ठूलो राजनीतिक परिवर्तन भएर नयाँ सरकार बन्न लागिरहेको सन्दर्भमा एउटा छिमेकीले त्यसलाई चासोको रूपमा हेर्नु र नयाँ बन्न लागिरहेको सरकार र सरकारका नेताहरूसँग नयाँ ढंगले सम्बन्ध विस्तार गर्न खोज्नुलाई कुनै अन्यथा अर्थ लगाउनुपर्छ भन्ने मलाई लाग्दैन । 

बोलाउने र पठाउने सरकारले जान्ने कुरा हो, उहाँ भ्रमणमा आउनुभयो, भेट्ने तालिका राख्नुभयो र हामीले छिमेकी पाहुनालाई त्यही हिसाबले सम्मानका साथ भेटघाट गर्‍याैं । 

नेपाली जनताले नेकपा एमालेलाई पाँच वर्षका लागि सरकारको नेतृत्व गर्ने स्पष्ट म्यान्डेट दिइसकेको सन्दर्भमा भारतको नेतृत्वपक्षले पनि यो सच्चाइलाई आत्मसात गरेको छ । त्यही हिसाबले सहकार्यका साथ अगाडि बढ्न खोजेको छ

विगतमा एमालेसँग भारतीय संस्थापनको तिक्ततापूर्ण सम्बन्ध रहेको टिप्प्णी हुन्थ्यो । सम्बन्ध सुधार होला ? 

पहिलो कुरा, विगतमा सम्बन्ध तिक्ततापूर्ण रहेको नेकपा एमालेसँग होइन । विगतको तिक्ततालाई एमाले र भारतबीचको तिक्तता भनी बुझ्दा ठूलो गल्ती हुन्छ । वास्तवमा त्यतिबेलाको द्वन्द्व तथा अन्तर्विरोध नेपाली जनताले आफ्नो सार्वभौम र स्वनिर्णयको अधिकार प्रयोग गर्दै आफ्नो संविधान आफैं बनाउन पाउँछन् कि पाउँदैनन् भन्ने कुरासँग जोडिएको मुद्दा थियो । अर्थात्, त्यो नेपालको राष्ट्रिय मुद्दा थियो । हामी त्यतिबेला नेपाली जनताले आफ्नो संविधान आफैं बनाउन पाउँछन्, छिमेकीहरूले सल्लाह सुझावहरू दिन सक्छन् तर अन्तिम निर्णय गर्ने अधिकार नेपाली जनताको हो भन्ने मान्यतामा दृढतापूर्वक उभियाैं ।

सबै नेपाली जनता उभिनुपर्दथ्यो, उभिए पनि । तर केही राजनीतिक दलहरूले चाहिँ त्यो कुरालाई ठीक ढंगले बुझ्न सकेनन् । त्यो अन्तर्विरोध, त्यतिबेलाको समस्या नेकपा एमाले र भारतीय संस्थापनको बीचमा होइन, स्वनिर्णयको निर्णय गर्न चाहने नेपाली जनता र आफनो प्रभाव या वर्चस्वलाई कायम राख्न चाहने भारतीय नीतिबीचको द्वन्द्व थियो, त्यही रूपले बुझ्न जरूरी होला । 

नेकपा एमालेको भारतसँगका नीतिहरू स्पष्ट छन्, संगतिपूर्ण छन् । हामी सत्तामा होस् या प्रतिपक्षमा, सदनमा होस् या बाहिर जनसुकै ठाउँमा होस्, ती कुरा निरन्तर भन्दै आएका छौं । हामी भारतसँग असल, मित्रतापूर्ण र सुमधुर सम्बन्ध बनाउन चाहन्छौं । त्यो सम्बन्धले दुवै देशका जनताको अधिकतम हितलाई प्रवर्द्धन गर्न सकोस् । तर त्यो सम्बन्ध चाहिँ समानतामा आधारित अनि पारस्परिक अहस्तक्षेपमा आधारित हुनुपर्छ । देशहरू ठूला अथवा साना हुने कुराले, देशहरू धनी या विपन्न हुने कुराले सम्बन्धको समानतालाई प्रभाव पार्नुहुँदैन या सार्वभौमसत्तालाई ठूलो या सानो भन्ने आँखाले हेर्नुहुँदैन । नेकपा एमालेको विगतदेखिकै नीति त्यही हो र अहिले पनि हामीले त्यही नीतिलाई अवलम्बन गर्दै आएका छौं । 

मलाई लाग्छ, नेपाली जनताले नेकपा एमालेलाई पाँच वर्षका लागि सरकारको नेतृत्व गर्ने स्पष्ट म्यान्डेट दिइसकेको सन्दर्भमा भारतको नेतृत्वपक्षले पनि यो सच्चाइलाई आत्मसात गरेको छ । त्यही हिसाबले सहकार्यका साथ अगाडि बढ्न खोजेको छ । हामी त्यो ढंगले सहकार्य गर्ने भारतको प्रयासको स्वागत गर्छौं । 

फेरि पनि भन्छौं, नेपालका आन्तरिक मामिला हामी आफैंले समाधन गर्छौं, नेपालले आफ्ना सबै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम राख्छ । नेपालले कुनै एउटा छिमेकीसँग राखेका सम्बन्धबाट अर्को छिमेकी झस्किनुपर्ने, तर्सिनुपर्ने कुनै कारण हुँदैन । हाम्रा निम्ति दुवै देश उत्तिकै महत्त्वपूर्ण छन्, यो सन्देश हामीले जुनसुकै बेलामा पनि सम्प्रेषित गर्नेछौं । भारतले त्यही ढंगले अगाडि बढ्न चाहेको हो भने त्यो चाहिँ खुशीको कुरा हो भन्ने लाग्छ । 

वाम एकता हुन्छ र यसमा कुनै बाह्य शक्तिलाई जोड्नुपर्ने कुनै कारण छैन । हाम्रो एकताको जग त्यति कमजोर छैन कि त्यहाँ कुनै एकजना विदेशी आउँदा बलियो हुने या कमजोर हुने

स्वराजको भ्रमणले वामपन्थी एकता पर धकेलिन्छ भन्ने आशंका र टिप्पणी भएको छ नि ? 

यो निराधार आशंका हो । भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणसँग वामपन्थी एकताको कुनै साइनो  र सम्बन्ध छैन । हामी आफ्नै अध्ययन, आफ्नै अनुभव र निष्कर्षस्वरूप देशमा एउटै वामपन्थी कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्छ र जसरी हिजो हामीले लोकतान्त्रिक आन्दोलनको अगुवाइ ग–यौं त्यसैगरी समृद्धि र समाजवादतर्फको यात्राको नेतृत्व वामपन्थीहरूले गर्नुपर्छ र त्यो काम एकीकृत कम्युनिस्ट पार्टीको नेतृत्वमा मात्र सम्भव छ भन्ने एउटा निष्कर्षका साथ हामीले वाम एकता गर्ने घोषणा गरेका हौं ।

यो घोषणालाई नेपाली जनताले हार्दिकतापूर्वक स्वीकार गर्नुभएको छ अनि अनुमोदन गर्नुभएको छ । वाम एकता हुन्छ र यसमा कुनै बाह्य शक्तिलाई जोड्नुपर्ने कुनै कारण छैन । हाम्रो एकताको जग त्यति कमजोर छैन कि त्यहाँ कुनै एकजना विदेशी आउँदा बलियो हुने या कमजोर हुने भन्ने ढंगले हेर्न जरूरी छैन । हामी आफ्नै ढंगले आफ्नैसाथ एकताको प्रक्रियालाई अगाडि बढाइरहेका छाैं र निकट भविष्यमा तपाईंले दुईवटा वापमन्थी पार्टी एक भएर नेपालमा एकीकृत कम्युनिस्ट पार्टी निर्माण भएको देख्नुहुनेछ । 

हिजोको भेटमा अध्यक्ष ओलीले स्वराजलाई के भन्नुभयो ? 

उहाँले तपाईंहरूले व्यक्त गरेको बधाई, शुभकामना र सद्भावका लागि म नेपाली जनताको तर्फबाट धन्यवाद दिन चाहन्छु भन्नुभयो । नेपाली जनताले हामीलाई स्थिरता, शान्ति र समृद्धिका निम्ति विश्वास सुम्पिनुभएको छ, जनादेश दिनुभएकोछ अनि हामी त्यही आधारमा अगाडि बढ्छौं र हाम्रो शान्ति, समृद्धि, विकास र स्थिरताको यात्रामा हामीलाई सबै अन्तर्राष्ट्रिय मित्रहरूको साथ, सहयोग र सद्भाव जरूरी हुन्छ भन्नुभयो । त्यसमध्ये भारतको सहयोग महत्त्वपूर्ण हुन्छ । नयाँ सरकारले भारतसँगको सम्बन्धलाई अझ बढी फराकिलो बनाएर अनि दुवै देशको हितमा अझ राम्रो सम्बन्ध निर्माण गर्दै अगाडि बढ्नेछ । सरकारको प्राथमिकतामा शान्ति, विकास र समृद्धि छ र यसका लागि भारत सरकारले नेपालसँगको सम्बन्धलाई जुन महत्त्व दिएको छ, त्यसका लागि धेरै धन्यवाद छ भन्नुभयो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०७९

नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खे...

जेठ २९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएको केही दिनमै पशुपतिनाथ मन्दिरमा पुगेको विषय अहिले सर्वत्र चर्चामा छ । त्यसो त भारत भ्रमणमै छँदा प्रचण्डले गेरुवस्त्र लगाएर उज्जैनस्थित महाकालेश्वर...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x