असोज ३, २०८०
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
मनु ब्राजाकी, ७५ । नेपाली साहित्यको एक वजनदार नाम । पियक्कड कथाकार । मस्तिष्क शिरोघात । पाटन अस्पतालमा निधन । अब उनी आफ्ना अमूल्य कृतिहरूसँगै बाँचिरहनेछन् । शुक्रवार बिहान हुरीले ल्याएको हावाको झोक्काजस्तै दु:खद् खबर फैलियो ।
२०१९ ताका ब्राजाकीको पहिलो कथा प्रकाशित भएको थियो, 'अञ्चल सन्देश’मा । यसैले उनलाई नेपाली साहित्यको लाइमलाइटमा तान्यो । कथासंग्रहका रूपमा वि.सं. २०३८ सालमा ‘अवमूल्यन’ प्रकाशनमा ल्याए पछि नेपाली साहित्यमा मनु ब्राजाकी एक स्थापित नाम बन्नपुग्यो ।
ब्राजाकीले निरन्तर लेखिरहे । ब्राजाकीका ‘आकाशको फल’ (कथासंग्रह, २०४२), ‘तिम्री स्वास्नी र म’ (कथासंग्रह, २०४६), ‘काँडाका फूलहरू’ (गजलहरू, २०५६), ‘पारदर्शी मान्छे’ (कथासंग्रह, २०६०), ‘गजलगङ्गा’ (गजलसंग्रह २०५१), ‘भविष्ययात्रा’ (२०५२), ‘पारदर्शी मान्छे’ (२०६०), ‘मनु ब्राजाकीका लघुकथा’ (२०७०) र ‘अन्नपूर्णको भोज’ (२०७०) लगायतका संग्रहहरू चर्चित रहे ।
ब्राजाकी भन्ने बित्तिकै हाम्रो मष्तिस्कमाआउने विधाकथा र गजल हुन् । महोत्तरी औरहीमा १९९९ साउन १९ गते जन्मिएका ब्राजाकीले आफ्नो जीवनकालमा नेपाली साहित्यलाई धेरै दिएका छन् । उनको यो गुनको सम्मान हेतु उनलाई मैनालीकथा पुरस्कार, साझा पुरस्कार, गंगालक्ष्मी पुरस्कार, महाकवि देवकोटा पुरस्कार, पद्मश्री साधना सम्मानलगायतले कदर गरिएको छ ।
नेपाली साहित्यका मुर्धन्य व्यक्तित्व ब्राजाकीको निधनले साहित्य क्षेत्रले अपुरणीय क्षति ब्यहोर्नुपरेको भन्दै लेखक तथा साहित्यकारहरूले शोक व्यक्त गरेका छन् ।
साहित्यकार किशोर पहाडीले ४० को दशकदेखिको एक सम्बन्धले विश्राम लिनुपरेकोमा दु:ख व्यक्त गरेका छन् । ब्राजाकीको एक चर्चित कथासंग्रह ‘अन्नपूर्णको भोज’ को सम्पादक समेत रहेका पहाडी भन्छन््, ‘ब्राजाकी एक विशेष खुबी भएका कथाकार हुन्, सबैका आँखाले देख्न नसकेका यथार्थलाई सजिलै कथाका रूपमा लेख्न सक्ने खुबी थियो ।’
धेरै वर्ष पहिला (४० को दशकतिर) ब्राजाकी ललितपूरको पुल्चोकमा रहेको आफ्नो पसलमा ग्राहकका रूपमा पुग्दा चिनेको स्मरण गर्दै पहाडी भन्छन्, ‘ग्राहकका रूपमा पसलमाआउँदा चिनेका ब्राजाकी एक असाधारण क्षमता भएका कथाकार हुन, उनले समाजमा रहेका कयौं यथार्थलाई मनोवैज्ञानिक तवरले आफ्ना कथाहरूमा समेटेका छन् ।’
शुरु-शुरुमा निस्केका ब्राजाकीका कथा संग्रहहरू भित्र मदिरा र यौन हाबी रहेको प्रसंगमा पहाडी भन्छन्, ‘शुरुमा निस्केका ब्राजाकीका कथासंग्रह भित्र मदिरा र यौन हाबी भयो, यसले उनलाई अली हलुका ढंगले समेत लिइन्थ्यो, तर जब उनका बेजोड कथासंग्रहहरू निस्के, त्यसपछि पुराना आलोचकहरू प्रशंसक बन्न थाले ।’
सबै लेखकका सबै लेखनी एकसाथ सशक्त नहुन सक्छन् । एउटा तहको गुणवत्ता कायम राख्न सक्नु एक असल लेखकको बलियो पक्ष हो । यो यथार्थमा नचुकेका सशक्त हस्ताक्षर हुन्, ब्राजाकी । आलोचना, प्रशंसाले आफ्नो जीवनकालभरी चर्चित रहेका ब्राजाकीको देहान्तले नेपाली साहित्यलाई ठूलो नोक्सान भएको छ ।
‘मनु ब्राजाकीका संग्रह धेरैले किन्दैनन्, किनभने उनलाई धेरैले चिन्दैनन् ।’ ब्राजाकीबारे अर्का समालोचक तथा लेखक कृष्ण अविरलको धारणा हो यो । अविरल अगाडि भन्छन्, ‘ब्राजाकी विशिष्ट क्षमता भएका कथाकार हुन्, उनको कथाशिल्प धेरैले बुझदैनन् । त्यसकारण उनी धेरै चर्चित भएनन् ।’
समाजकै यथार्थलाई जीवनभर लेखेका यी स्रस्टालाई समाजले नै चिन्न नसकेको तर्फ दु:ख व्यक्त गर्दै अविरलले भने, ‘जीवनलाई अर्थपूर्ण बनाउनुपर्छ भन्दै आफूलाई स्पष्टवक्ताका रूपमा चिनाउन जीवन खर्चिएका ब्राजाकी समाजको ओझेलमै रहे, प्रकाशकहरूले पनि उनलाई खासै प्रचारमा ल्याउन चाहेनन, किनभने, उनी चाकडी गर्नैनथे ।’
ब्राजाकीका छरिएर रहेका कथालाई एकाकार गर्ने सपना अधुरै रह्यो । मस्तिष्कघात भएर अस्पताल जानुभन्दा ठिक एक साता पहिले साहित्यकार कृष्ण अविरलसंग अन्तिम फुटकर कथा संग्रह निकाल्ने लिखित सम्झौता नै गरेका थिए, ब्राजाकीले । उनले अन्तिम इनिङकारूपमा आत्मकथा समेत लेख्न शुरु गरेका थिए, त्यो पनि अधुरै रह्यो ।
ब्राजाकीसँगको अन्तर्वार्ताका क्रममा किशोर पहाडी (२०७० साल वैशाख २४ गते)
युवाकालमा निकै पियक्कड थिए ब्राजाकी । कृष्ण अविरल भन्छन्, ‘एक चोटी ब्राजाकीले लगनखेलको एक भट्टीमा अत्यधिक पिएर झगडा गरे । झगडाले उग्र रूप नै लिएपछि उनलाई प्रहरीले हिरासतमा राख्यो । तर, नशा कम भएपछि उनले पालेलाई गजल सुनाएछन् ।
पाले अचम्मित भएर ड्युटी इञ्चार्ज इन्सपेक्टरलाई सुनाएपछि उनलाई बोलाइएछ । इन्सपेक्टरले मनु ब्रजाकी भन्ने थाहा पाएपछि चिया खुवाएर घर पुर्याइदिएछ ।’
साहित्याकासमा मनु ब्राजाकी एउटा प्रदीप्त नाम रह्यो । ‘सगर नासरत’, ‘हेमन्त हरि’जस्ता अरु साहित्यिक नाम बाहिर आए पनि उनको औपचारिक नाम चेतमानसिंह भण्डारी छायामै रह्यो ।
अलविदा, मनु ब्राजाकी !
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...