माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
काठमाडौं, २१ माघ — भारतकी विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा नयाँ सरकार बन्नुभन्दा ठीक अगाडि गरेको भ्रमणलाई काठमाडौं र बेइजिङले चासोका साथ हेरेका छन् ।
नेपालमा सरकार गठनको राजनीति चर्किंदै गर्दा नेकपा–एमाले तथा नेकपा माओवादी केन्द्र सम्मिलित वामगठबन्धन एउटै दल बन्न अझै बाँकी छ अनि सरकार गठनका प्रक्रियामा पनि सहमत हुन बाँकी नै छ । यो गठबन्धनले देशकै सबभन्दा ठूलो वाम दल बनाउने अनि देशलाई राजनीतिक भुमरीबाट उद्धार गर्ने वाचाका साथ चुनाव जितेको थियो ।
तर एकता वार्ताहरू कुनै निष्कर्षमा पुगेका छैनन् अनि केपी ओली तथा पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनलाई एकजुट राख्न ठूलै संघर्ष गरिरहनुपरेको छ जबकि उनीहरूले निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका थिए ।
माओवादीलाई एमालेले हेपेर कान्छो साझेदारको जस्तो व्यवहार गरेकाले माओवादीहरू विद्रोहका लागि तम्तयार रहेको बुझिएको छ । प्रचण्डनिकट एक स्रोतका अनुसार, ओली अहिले प्रचण्डलाई एक्ल्याएर माओवादी केन्द्रमा नियन्त्रण जमाउन चाहन्छन् ।
दुई नेताबीच दुई दिन लगातार भएको वार्ता असफल रह्यो अनि स्रोतहरूका अनुसार, एमालेले गठबन्धन साझेदारसँग राष्ट्रपति, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष लगायत कुनै पनि प्रमुख पद दिने इच्छा देखाएको छैन । सरकार, प्रादेशिक मन्त्रिपरिषद् तथा पार्टी कमिटीहरूमा सीटको बाँडफाँट ७०ः३० को अनुपातमा गरिनेछ ।
अहिलेसम्म नयाँ सरकारको नीति तथा कार्यक्रम समेत बनाउन शुरू गरिएको छैन । प्रदेशहरूमा मुख्यमन्त्रीहरूका नाममा उठेका विवादका कारण सरकार गठनमा विलम्ब भएको छ यद्यपि एमालेले प्रदेश १, ३, ४ र ५ मा अनि माओवादीले प्रदेश ६ र ७ मा सरकारको नेतृत्व गर्ने सम्भावना छ ।
राष्ट्रिय सभा निर्वाचन तथा सरकार गठनमा वाम र मधेसीहरूबीचको साझेदारी दुई चरणको वार्तापछि असफल रूपमा टुंगियो । मधेसी दलहरूले सरकार गठनका लागि प्रस्तुत गरेको प्रमुख शर्त प्रदेशहरूको सीमांकन हेरफेर गर्नका लागि संविधान संशोधन नै हो । एमालेले यसमा सहमति जनाएको छैन ।
यसैबीच नेपाली कांग्रेस र मधेसी दलहरूले दुई कम्युनिस्ट दलहरूबीचको साझेदारी तोड्नका लागि भरमग्दुर प्रयास गरिरहेका छन् अनि प्रचण्डलाई पूरा पाँच वर्ष प्रधानमन्त्री बन्नका लागि बाहिरबाट समर्थन दिने लोभ देखाइरहेका छन् ।
नेपाली कांग्रेसभित्रका स्रोतले दाबी गरेअनुसार, प्रचण्डलाई गोप्य प्रस्तावहरू पठाइएको छ तर उनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । माओवादी केन्द्रले पार्टी एकता हुँदा आफ्नो भविष्य अन्धकारमय हुने देखेर प्रचण्डलाई कांग्रेस तथा मधेसी दलको प्रस्ताव स्वीकार गर्न लगाइरहेको बुझिएको छ । तर प्रचण्डले प्रधानमन्त्रीको चारो टिपेर चुनावी साझेदार एमालेसँग छुट्टिए भने पनि उनले मतदाताहरूलाई के भन्ने होला किनकि दुई कम्युनिस्ट दललाई नेपालको शासन चलाउनका लागि मतदाताहरूले मत दिएका हुन् ।
ओलीले सरकार गठनका लागि माओवादी केन्द्रलाई पन्छाएर संघीय समाजवादी फोरम–नेपाललाई फकाउन थालेको हल्ला पनि काठमाडौंमा चलेको छ ।
भारतको कुरा गर्दा ओलीले सन् २०१५ देखि नियमित रूपमा भारतीय दूतावासले गर्ने भारतको गणतन्त्र दिवस समारोहमा भाग लिने नगरेको भएपनि उनले यसपाली गणतन्त्र दिवसको भोलिपल्ट दूतावासले आयोजना गरेको एक कार्यक्रममा भाग लिए । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक पत्रसमेत लेखेर नयाँ दिल्लीसँग मिलेर दुई देशको हितमा काम गर्ने इच्छा पनि देखाए जसबाट ‘कोर्स करेक्सन’को संकेत पाइएको छ ।
राजनीति भनेको सबै सम्भावनाहरूको खानी हो र नेपालमा कुनै पनि राजनीतिक गठबन्धनले सत्ता चलाउने सम्भावना छ । भारत चीनपरस्त ओलीभन्दा प्रचण्डले नै सत्ता चलाऊन् भन्ने चाहन्छ तर सुष्मा स्वराजको भ्रमणले नेपालको तरल राजनीतिलाई कस्तो असर पार्छ भनी हेर्न बाँकी नै छ ।
डेलीओडट् इनमा प्रकाशित स्वतन्त्र पत्रकार सिंहको विश्लेषणको भावानुवाद
अनुवादक : विन्देश दहाल
काठमाडौंमा सुष्माको २३ घण्टा : के सन्देश दिएर, के लिएर फर्किइन् दिल्ली ?
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...