माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
दक्षिण एसियाको सानो मुलुक माल्दिभ्समा मंगलवार राजनीतिक संकटकाल घोषणा गरिएको छ । प्रधानन्यायाधीश र पूर्वराष्ट्रपति पक्राउ परेपछि राजनीतिक अस्थिरता शुरु भएको विश्लेषण गरिएको छ । माल्दिभ्समा चलिरहेको राजनीतिक संकटका अनेकौं भूराजनीतिक आयामहरू देखिन्छन् । संकटको चर्चा गर्नुअघि माल्दिभ्सको भूराजनीतिक अवस्थाको कुरा गरौं ।
माल्दिभ्समा प्रभाव जमाउनका लागि यस क्षेत्रका दुई ठूला देश भारत र चीन लागिपरेका छन् । भारतको प्रभावक्षेत्रका रूपमा विगतमा चिनिएको माल्दिभ्स हालैका केही वर्षमा चाहिँ बिस्तारै चीनको प्रभावमा पर्दै गएको छ ।
हिन्द महासागरमा रहेको यो द्वीपसमूह भारतको लक्षद्वीप टापुभन्दा जम्मा ७०० किलोमिटर टाढा छ । तर अहिले यसमा चीनले पूर्ण प्रभाव जमाएको छ । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्नुअघि नै चीनको प्रभाव विस्तार हुन थालेको थियो । मोदीले माल्दिभ्समा भारतको प्रभाव पुनः कायम गर्न कुनै प्रयत्न गरेको देखिएन । प्रधानमन्त्री भइसकेपछि दक्षिण एसियाका सबै मुलुक पुगिसकेका मोदी माल्दिभ्समा चाहिँ अहिलेसम्म पुगेका छैनन् ।
बेलायती साम्राज्यबाट स्वतन्त्र भएपछि माल्दिभ्सको निकटतम साझेदार भारत नै थियो । नयाँ दिल्लीले त्यहाँका निरंकुश राष्ट्रपति मौमून अब्दुल गयूमलाई तीन दशकसम्म सत्तामा टिकाउन सहयोग ग–यो अनि देशको आर्थिक विकासमा पनि सहायता पु–यायो । माल्दिभ्स विलासी होटल तथा पर्यटन उद्योगका लागि संसारभरि प्रसिद्ध छ ।
त्यो अवधिमा चीन मौन थियो तर अहिले आएर उसले तीव्र गतिमा प्रभाव जमाउन थालेको छ । रणनीतिक रूपमा महत्त्वपूर्ण यस प्रायद्वीपमा चीनले जलसेनाको आधारइलाका बनाउन खोजिरहेको छ ।
माल्दिभ्समा सन् २००८ मा लोकतन्त्र आएपछि राष्ट्रपति बनेका मोहम्मद नशीदलाई सन् २०१२ मा सत्ताच्युत गरियो । नशीद भारतका समर्थक हुन् । उनको ठाउँमा चुनाव जितेर आएका अब्दुल्ला यामीन, जो गयूमका सौतेनी भाइ हुन्, ले एकपक्षीय रूपमा भारतको जीएमआर कम्पनीलाई माले विमानस्थल निर्माण गर्ने सम्झौतालाई खारेज गरिदिएका थिए । त्यसपछि त्यसको ठेक्का एक चिनियाँ कम्पनीलाई दिइयो ।
चीनले माल्दिभ्ससँग खुला व्यापारका विषयमा वार्ता गरिरहेपनि माल्दिभ्सको पर्यटन, विकास निर्माण, मत्स्य उद्योगलगायतमा भारी लगानी ग–यो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०१४ मा माल्दिभ्सको भ्रमण गरे । त्यसलगत्तै चीन र माल्दिभ्सबीच सामुद्रिक रेशम मार्गको साझेदारी सम्झौता भयो । सन् २०१५ मा माल्दिभ्सले संविधान संशोधन गरेर एक अर्ब डलर तथा परियोजनाको ७० प्रतिशत लगानी गर्ने विदेशीहरूलाई देशमा जग्गाजमीन जोड्न पाउने स्वतन्त्रता दियो । यो चीनलाई हेरेर लिइएको निर्णय थियो ।
चीनले हिन्द महासागर क्षेत्रमा जलसेनाको आधारइलाका बनाउन खोजेको कुरा सर्वविदितै छ । आगामी वर्षहरूमा उसले यस्ता १८ वटा आधारइलाका बनाउन खोज्दैछ अनि हिन्द महासागर भारतको मात्र होइन भनिरहेको छ ।
चीनले यति गरिसक्दा पनि भारत चाहिँ सुतेर बसेको जस्तो देखियो । सन् २०१७ को डिसेम्बरमा माल्दिभ्सले चीनसँग खुला व्यापार सम्झौता ग–यो । त्यतिखेर मात्र भारत झस्किएको जस्तो देखियो । चीनले माल्दिभ्सलाई पेटी सडक परियोजनामा पनि आबद्ध गराएको छ अनि पुल तथा अपार्टमेन्टहरू लगायतका विशाल परियोजनामा लगानी गरिरहेको छ ।
सन् २०१५ मा राष्ट्रपति यामीनले नशीदलाई पक्राउ गर्दा भारतले विरोध जनायो अनि उनलाई छोड्नका लागि दबाब दिने उद्देश्यले मोदीले त्यहाँको भ्रमण रद्द गरे । तर केही भएन । यसबाट पनि भारतको कूटनीतिक शक्ति माल्दिभ्समा क्षीण भएको पुष्टि हुन्छ ।
केही समयअघि राष्ट्रपति यामीननिकट पत्रिकाले मोदीविरुद्ध विषवमन गर्दै उनी मुसलमानविरोधी रहेको लेखेको थियो । माल्दिभ्सका केही सरकारी अधिकारीले भारतीय राजदूतलाई भेटेको आरोपमा उनीहरूलाई बर्खास्त पनि गरिएको थियो ।
वर्तमान संकटपछि माल्दिभ्सको कूटनीति कुन दिशातर्फ जाला भन्ने निश्चित छैन । सर्वोच्च अदालतले यामीनलाई महाअभियोग लगाउने संकेत दिँदै राजनीतिक बन्दीहरूलाई मुक्त गर्ने आदेश दिएको छ । अनि अदालतले १२ जना सांसदलाई अयोग्य ठहर गरिएकोलाई पनि उल्ट्याइदिएपछि यामीन गुट अल्पमतमा परेको छ ।
यामीनले चाहिँ अदालतको आदेश नमान्ने बताउँदै प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूलाई नियन्त्रणमा लिएका छन् । त्यहाँको सेनाले पनि अहिलेसम्म राष्ट्रपतिकै आदेश मानिरहेको अवस्था छ । यामीनले निर्वासनमा रहेका नाशीदलाई मुक्त गर्न मानिरहेका छैनन् अनि सेना तथा प्रहरीले यामीनमाथि महाअभियोग लगाउने अदालतको आदेशलाई अवज्ञा गरेका छन् ।
मानवअधिकार हनन गरेको अनि स्वतन्त्र न्यायपालिकालाई अवज्ञा गरेर विधिको शासन नमानेको भनी भारत तथा अन्य लोकतान्त्रिक देशहरूले यामीनको निन्दा गरिरहँदा चीनले भने भित्रभित्रै उनको समर्थन नै गरिरहेको छ ।
त्यसो त चीनले राजनीतिक संकट संवाद तथा सम्झौतामार्फत समाधान हुनुपर्ने इच्छा व्यक्त गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ शुआङले माल्दिभ्समा संवादमार्फत राष्ट्रिय स्थिरता कायम गर्नुपर्ने बताएका छन् ।यसका साथै चीनले माल्दिभ्सलाई त्यहाँ रहेका चिनियाँ उद्योग, संस्था र कर्मचारीहरूको सुरक्षामा ध्यान दिन समेत आग्रह गरेको उनले बताए ।
अदालतको आदेश भएपनि चीनको सद्भाव पाएका तथा आफ्नै सुरक्षाबलहरूको समर्थन पाएका यामीनको शासन रहुन्जेल पूर्वराष्ट्रपति नाशीदलाई सत्तामा फर्किन गाह्रो छ । उनी यसैपनि चीनविरोधी तथा भारतसमर्थक हुन् र उनले यसअघि चीनसँग भएका सम्झौताहरूको विरोध गरेका छन् । उनी सत्तामा फर्किए चीन अप्रसन्न हुने निश्चित छ । रणनीतिक रूपमा यति अगाडि बढिसकेको चीन आफ्नो विरोधी नेतालाई सत्तामा पुनरागमन गराउन कुनै पनि हालतमा तयार हुने देखिँदैन ।
भारतले नाशीदको पुनरागमनको आशा गरिरहेको भएपनि त्यसको सम्भावना न्यून रहेको हुँदा भारत नै कूटनीतिक खेलमा चीनभन्दा पछि पर्ने देखिँदैछ ।
एजेन्सीहरूको सहयोगमा
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...