×

NMB BANK
NIC ASIA

नेपाल टेलिकमको १४ औं बार्षिकोत्सब मनाइयो

माघ २३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं २३ माघ-  नेपाल टेलिकमले आफ्नो स्थापनाको १४ औं बार्षिकोत्सव आज विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।  कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले नेपाल टेलिकम देशकै पुरानो र ऐतिहासिक कम्पनी भएकाले देशका विभिन्न स्थानमा शिक्षा र स्वास्थ्य जस्ता नेपाली जनताको सरोकारका क्षेत्रमा समेत सहयोग गर्दै अगाडि बढिरहेको बताए । उनले नेपाल टेलिकम सेवामूलक र नाफामूलक दुवै ढंगबाट अगाडि बढ्नु पर्ने बाध्यता भए पनि कम्पनीले ग्राहक गुनासो नआउने गरी गुणात्मक सेवामा ध्यान दिनु पर्ने बताए । कम्पनीले फोरजी सेवा विस्तार  र फाइबरमार्फत सेवा प्रदान गर्ने कार्य अगाडि बढाइसकेकाले आगामी दिनमा अझै उत्कृष्ट सेवा प्रदान गर्न सक्षम हुने विश्वास ब्यक्त गरे ।  

Muktinath Bank


    सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर बिष्टले नेपालकै पहिलो दूरसञ्चार सेवाप्रदायक संस्थाको रुपमा परिचित नेपाल टेलिकमले अन्य देशमा भन्दा सस्तो दरमा सेवा प्रदान गर्न सक्षम भएकोमा खुशी ब्यक्त गर्दै कम्पनीमा कार्यरत दक्ष जनशक्तिका कारण नै यो सम्भव भएको बताए ।      कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका निमित्त सचिव प्रेम कुमार श्रेष्ठले कम्पनीमा रुपान्तरण भए पश्चात नेपाल टेलिकम थप जिम्मेवार र पारदर्शी भएको बताउदै सरकारी कम्पनी भएकोले विभिन्न ऐन, कानुनका कारण निर्णय प्रक्रियामा ढिलाई हुने भएतापनि कम्पनीले प्रतिस्पर्धात्मक रुपमा सेवा प्रदान गरिरहेको बताए । अक्षरका आधारमा शुल्क लिने आकाशवाणी सेवाबाट यात्रा प्रारम्भ गरेको कम्पनी हाल स्मार्टफोनमार्फत तीव्र गतिको डाटा उपलब्ध गराउनु पर्ने समयमा आइपुगेको बताउदै उहाँले सो यात्रामा साथ दिने सबैलाई धन्यवाद ज्ञापन गरे ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


    सो अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले ग्राहकलाई प्रतिस्पर्धि मूल्यमा गुणस्तरीय सेवा प्राप्त होस् भन्ने प्राधिकरणको मूख्य उद्देश्य प्राप्तिमा टेलिकमले सहयोग पु¥याएको बताउदै केही समयमै नेपाल टेलिकम फोरजीमार्फत देशभर सेवा प्रदान गर्न सक्षम हुने विश्वास ब्यक्त गरे । 


Advertisment
Nabil box
Kumari

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीको समग्र अवस्था वारेमा जानकारी गराउदै वार्षिकोत्सवको अवसरमा सेवाग्राहीहरुका लागि विभिन्न प्याकेज तथा छुटको घोषणा गरिन् । उहाँले कम्पनीको प्रगतिमा सहयोग पुग्ने सकारात्मक सुझावलाई ग्रहण गर्दै ग्राहक सेवालाई मूल मन्त्र मानेर अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गरिन् ।
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x