×

NMB BANK
NIC ASIA

'प्याडम्यान' समीक्षा : अक्षय कुमारको फिल्मले दिन्छ बलियो सन्देश

माघ २६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २६ माघ — चीनी कम, पा र की एन्ड का जस्ता फिल्म बनाएका आर बाल्कीले निर्देशन गरेको फिल्म प्याडम्यान शुक्रवार सार्वजनिक भएको छ । फिल्मले बलियो सन्देश दिन्छ । 

अक्षय कुमार, राधिका आप्टे र सोनम कपूरको प्रमुख भूमिका रहेको फिल्मको कथा तमिलनाडुका अरुणाचलम मुरुगनाथमको जीवनमा आधारित छ । उनले सस्ता स्यानिटरी प्याड बनाएर पत्नी, बहिनी र अन्य महिलालाई रजस्वला हुँदा आउने समस्याबाट मुक्ति दिलाएका थिए । 

कथा लक्ष्मीकान्त चौहान अर्थात् लक्ष्मी (अक्षय कुमार) वरिपरि घुमेको छ । उत्तर प्रदेशको सानो गाउँमा बस्ने लक्ष्मीले आफ्नी पत्नी गायत्री (राधिका आप्टे) लाई धेरै प्रेम गर्छन् र उनको जीवनलाई सहज बनाउन चाहन्छन् । 

गायत्रीले रजस्वलापश्चात् फोहोर कपडा प्रयोग गर्ने थाहा उनी थाहा पाउँछन् । कारखानामा काम गर्ने मजूदरकी पत्नी भएकाले उनी महंगा स्यानिटरी प्याड किन्न सक्दिनन् । त्यसपछि लक्ष्मी आफैं स्यानिटरी प्याड बनाउन थाल्छन् । 

लक्ष्मीले प्याडमाथि गरेको परीक्षण र त्यसप्रतिको लगावलाई छिमेकीहरूले उडाउन थाल्छन् । लक्ष्मीले वरिपरिका महिलाको जीवन सहज बनाउनका लागि संघर्ष गर्छन् अनि रजस्वलालाई फोहोर कर्म मान्ने र महिलालाई अलग राख्ने समाजविरुद्ध लड्छन् । 

लक्ष्मीले यो लडाईंमा कस्तो चुनौतीको सामना गर्नुपर्छ जान्नका लागि फिल्म नै हेर्नुपर्छ । 

लक्ष्मीको भूमिकामा अक्षय कुमार फिट छन् । अरुणाचलमको अंग्रेजी भाषण सुनेका र देखेका मानिसले फिल्ममा अक्षयलाई हेर्दा कसरी उनले अरुणाचलमको बडी ल्यांग्वेज, विशेषता र जोखिमहरूलाई दुरुस्तै उतारेका छन् भन्ने थाहा हुन्छ । 

राधिका आप्टे पनि आफ्नो भूमिकामा प्राकृतिक देखिएकी छन् । अक्षय कुमारसँग उनको केमिस्ट्री जमेको छ । संगीतकार परीका रूपमा सोनम कपूरको भूमिका पनि राम्रो छ । 

फिल्मको पहिलो भाग बलियो छ । बाल्कीले त्यसमा लक्ष्मीको व्यक्तित्व र रमाइलोपन देखाएका छन् । दोस्रो भाग कमजोर छ । अनावश्यक रोमान्टिक ट्य्राकले फिल्मको गति घटाएको छ । यति बलियो कथानक, प्रभावशाली नायक
र राम्रो अभिनयका बीचमा गीत घुसाउनु आवश्यक थिएन । 

अमिताभ बच्चनले फिल्ममा क्यामियो भूमिका गरेका छन् । उनको भाषण चाहिँ छोट्ट्याइदिएको भए हुन्थ्यो । 

फिल्ममा अमित त्रिवेदीको संगीतले आनन्द दिन्छ । 

फिल्मको कथा र प्रमुख कलाकारको अभिनयले फिल्मलाई उम्दा बनाएको छ । फिल्मले उठाएको विषयलाई समर्थन गर्न पनि यो फिल्म हेर्न जानुभए हुन्छ ।

रेटिङ : ३.५/५
स्टारकास्ट : अक्षय कुमार, राधिका आप्टे, सोनम कपूर
निर्देशक : आर बाल्की
विधा : जीवनी

 
दैनिक भास्करमा प्रकाशित शुभा शेट्टी साहको समीक्षाको भावानुवाद

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x