मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
जेकब एल शपिरो, जियोपोलिटिकल फ्युचर्स
चीनको तुलनामा भारतको विदेशनीति प्रभावशाली देखिँदैन । आन्तरिक विविधताका कारण भारत सरकारलाई शासन चलाउनै त गाह्रो छ, अर्कालाई प्रभावित गर्नु त परै जाओस् । भारतमा व्याप्त गरीबी हेरेर चीनसँग त्यसको तुलना गर्दा चीन पूरै धनी समाज जस्तो देखिन्छ । यी सबै कारणहरूले गर्दा विश्वको आधुनिक इतिहासमा भारत सानो खेलाडीका रूपमा सीमित रहेको छ ।
बेलायती साम्राज्यवादको अन्त्य भएपछि भारत स्वतन्त्र रूपमा उदायो तर शीतयुद्धमा उसको भूमिका नगण्य रह्यो । यस अवधिमा ऊ पाकिस्तानसँग आणविक हतियारको प्रतिस्पर्धामा व्यस्त रह्यो र उसले चीनसँग एउटा युद्ध र सानातिना खिचातानी गर्यो । समग्रतामा कुरा गर्दा भारतका वैदेशिक गतिविधि भारतीय उपमहाद्वीपमा सीमित रहे ।
तर अहिले भारत इतिहासकै अद्वितीय क्षणमा आइपुगेको छ । सत्तारूढ भारतीय जनता पार्टीसँग एकीकृत भारतले संसारमा राख्ने स्वार्थका विषयमा प्रस्ट भिजन छ र ऊ अहिले सत्तामा बलियो स्थितिमा छ । विदेशमा पनि चीनले प्रभाव जमाउनका लागि गरेको कठोर प्रयासबाट डराएका मुलुकहरूले भारतलाई मुक्तिदाताका रूपमा त होइन, चीनको जनसांख्यिक, आर्थिक र सैन्य शक्तिलाई सन्तुलन गर्ने मुलुकका हिसाबमा भारतलाई हेर्ने गरेका छन् ।
अनि भारतले यो अवसरलाई राम्ररी भजाउन खोज्दैछ । यति हुँदाहुँदै पनि धेरै एसियाली मुलुकहरूले चीनलाई सन्तुलनमा राख्नका लागि भारतमाथि विश्वास गर्नुको अर्कै कारण छ । ती देशले भारतलाई चीनजस्तो आफूविरुद्धको खतराका रूपमा नहेर्ने नभई भारतको आधारभूत कमजोरीका कारण विश्वास गरेका हुन् ।
केही दिनअघि स्विट्जरल्यान्डको दाभोसमा भएको विश्व आर्थिक मञ्च बैठकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको जोडदार भाषणलाई विदेशी सञ्चारमाध्यमहरूले खुबै कभर गरे । उनीहरूले दोक्लम क्षेत्रमा चीन र भारतबीच फेरि द्वन्द्वको स्थिति आएको विषयलाई पनि जोड दिए । तर यी विषयहरू खासै महत्त्वपूर्ण छैनन् । दाभोस भनेको विश्वका नेताहरूले रमाइलो गर्ने ठाउँ हो र त्यसले विश्वमा असर पार्ने खालको खासै कुनै काम गर्दैन ।
दोक्लम
दोक्लमको कुरा गर्दा त्यहाँको भूगोलले नै भारत र चीनबीचको युद्धको सम्भावना क्षीण बनाउँछ । चीन र भारतले विवादास्पद सीमा क्षेत्रमा युद्ध गर्ने नै हो भने कि नेपालमा कि तिब्बतमा गर्छन् । दोक्लम त राजनीतिक देखावटी मात्र हो ।
अनि दाभोस र दोक्लमभन्दा पनि अन्य परिणाममुखी क्षेत्रमा भारतले आफ्नो उपस्थिति जनाउन खोजिरहेको छ । पहिलो त्यस्तो क्षेत्र भनेको चीन र रुसबीचको विशाल मध्यवर्ती क्षेत्र हो । यो क्षेत्र कजाखस्तान र मंगोलियाले ओगटेका छन् अनि चीनले यसमा आँखा लगाइरहेको छ ।
बेइजिङको पेटी सडक परियोजना खासमा आफ्ना अतिरिक्त वस्तु र कच्चा पदार्थ आपूर्तिका लागि नयाँ बजार विकसित गर्नलाई ल्याइएको हो अनि त्यसबाट कमाएको पैसाले चीनको विशाल तथा गरीब भित्री क्षेत्रमा समृद्धि ल्याउने उसको उद्देश्य रहेको छ ।
तर चीनको लगानी प्रायः जसो सशर्त हुने गर्छ : चिनियाँ कामदार वा चिनियाँ कम्पनीलाई प्राथमिकता दिने व्यवस्थाको माग चीनले गर्छ । संसारका यी रणनीतिक क्षेत्रमा चीनले आफ्नो प्रभाव र नियन्त्रण जमाउन चाहेको छ ।
भारत चाहिँ चीनजति महत्त्वाकांक्षी छैन । पैसा कमाउने अनि चिनियाँ योजनालाई असफल पार्ने उसको उद्देश्य हो । यसो गर्नका लागि उसले चीनको विकल्पका रूपमा आफूलाई प्रस्तुत गर्न मात्र सक्छ । जनवरी २४ मा मंगोलियाली सरकारले अप्रिल महीनादेखि देशमा पहिलो तेल प्रशोधन केन्द्र बनाउने घोषणा गर्यो । भारतको लगानी यसमा रहने गरी सन् २०१५ मा सम्झौता भएको थियो ।
उता जनवरी २५ मा कजाखस्तानले भारतीय नागरिकहरूलाई प्रवेशाज्ञा नचाहिने ७२–घन्टे ट्रान्जिट कार्यान्वयन गर्ने घोषणा गर्यो । कजाखस्तानले चीनसँग यस्तो प्रवेशाज्ञा व्यवस्था शुरू गरेको थियो अनि एक कजाख अधिकारीले यो व्यवस्थाका कारण चिनियाँ लगानी आकर्षण गर्न सफल भइएका कारण भारतसँग पनि यस्तो व्यवस्था गरेको बताए ।
यही कुरा दक्षिणपूर्वी एसियाको हकमा पनि लागू हुन्छ जहाँ चीनले पेटी सडक परियोजना अघि बढाएको छ । उक्त क्षेत्रमा चीनका लागि सबभन्दा महत्त्वपूर्ण देश फिलिपिन्स हो किनकि मनिलासँग निकट सम्बन्ध भएमा बेइजिङले प्रशान्त महासागरमा सहज पहुँच पाउँछ ।
भारत पनि त्यहाँ सक्रिय छ । सन् २०१८ मा भारतले फिलिपिन्समा सबा एक अर्ब डलरभन्दा बढीको लगानी गर्ने प्रतिबद्धता जनवरी २३ मा एक फिलिपिनी अधिकारीले बताए । उक्त लगानीले देशमा एक लाखभन्दा बढी रोजगारी सिर्जना गर्छ । सबा एक अर्बको लगानीका साथ फिलिपिन्समा भारत दोस्रो ठूलो विदेशी लगानीकर्ता भएको छ । पहिलो नम्बरमा नेदरल्यान्ड्स छ ।
दक्षिणपूर्वी एसियामा भारतको अझ बढी महत्त्वाकांक्षा छ । जनवरी २५ मा भारतले आसियानका सबै १० मुलुकका नेतालाई आफ्नो देशमा स्वागत गर्यो । उक्त क्षेत्रमा सामुद्रिक सुरक्षालाई प्रवर्द्धन गर्ने त्यो बैठकको उद्देश्य थियो । त्यसको एक दिनअघि भारतले इन्डोनेसियासँग द्विपक्षीय सुरक्षा सहयोगमा सहमति गरेको थियो । संयुक्त सैन्य अभ्यास, हतियार सम्झौता र अधिकारीहरूको उच्चस्तरीय भ्रमण यस सहमतिमा पर्छ ।
भारतले हालै भारत, जापान, अस्ट्रेलिया र अमेरिकासँगको क्वाद साझेदारीलाई फेरि जगाउने सम्झौता गरेको छ । यसको प्रमुख उद्देश्य चिनियाँ विस्तारलाई सीमित तुल्याउनु हो । प्रशान्त क्षेत्रमा भारतले सैन्य अभ्यास पनि बढाएको छ ।
यो सबै सुन्दा राम्रो लाग्छ र एक हदसम्म राम्रो हो पनि । विश्व घटनामा भारतको संलग्नताको इतिहास हेर्दा यो राम्रै विकास हो । तर यस्ता प्रगतिलाई चाहिने भन्दा बढी महत्त्व दिन हुँदैन । भारतले आसियान मुलुकका नेताहरूलाई आतिथ्य गरेको र उक्त क्षेत्रमा लगानी गरेको भएपनि त्यहाँ चीनको प्रभाव तुलनात्मक रूपमा विशाल नै छ ।
सन् २०१४ मा आसियानको कुल व्यापारमा चीनको १४ प्रतिशत हिस्सा थियो भने सन् २०१५ मा यो बढेर १५.२ प्रतिशत पुग्यो (त्यसपछिको तथ्यांक उपलब्ध छैन) । भारतले भने सन् २०१४ मा व्यापारको २.७ प्रतिशत भाग ओगटेको थियो भने सन् २०१५ मा यो २.४ प्रतिशत रह्यो । भनेपछि आसियान व्यापारमा भारतको हिस्सा चीनको भन्दा निकै कम मात्र नभई घट्दो स्थितिमा छ । दीर्घकालीन रूपमा भारत यी देशहरूमा चीनलाई सन्तुलन गर्ने शक्तिका रूपमा उदाउला तर उनीहरू अहिले नै यस्तो सन्तुलनको खोजीमा छन् अनि भारतको सहयोग क्षमता सीमित मात्र छ ।
खासमा भन्दा भारतको विदेशनीति अझै पनि निष्क्रिय छ । शक्तिको पहिचान देशहरूले पैसा लिएर तेल प्रशोधन केन्द्र बनाउनुमा वा सामुद्रिक सुरक्षाका विषयमा रमाइला सम्मेलनमा विदेशी नेता आउनु र खाना खानुमा देखिँदैन । कुनै देशले अन्य देशलाई आफूले चाहेमुताबिकको काम गराउन सक्छ कि सक्दैन भन्नेमा शक्तिको वास्तविक पहिचान हुन्छ । भारतले विदेशनीतिमा हालै चालेका कदमहरूबाट उसले त्यस्तो शक्ति आर्जन गरेको जस्तो लाग्दैन ।
लेखक शपिरो
बरू भारतले चिनियाँ शक्तिलाई असफल बनाउने कोशिश गरेको मात्र हो । त्यो उसले चाहेर गरेको त हो तर त्यसभन्दा बढी त्यो अन्य देशको चाहना हो । भारत विश्व मञ्चमा खेलिरहेको छ र त्यो महत्त्वपूर्ण कुरा हो तर ऊ अरूको आमन्त्रण र आशीर्वादमा खेलिरहेको हो । आफ्नो भाग्यको मालिक ऊ आफैं होइन ।
भावानुवाद : विन्देश दहाल
यो पनि पढ्नुस्
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...