कात्तिक २३, २०८०
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...
काठमाडौँ, २६ माघ -बुटवल पावर कम्पनीले आह्वान गरेको थप निष्काशन (एफपिओ)मा मागअनुसारको आवेदन नपरेपछि संस्थागत लगानीकर्ताले पनि शेयर खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।
सो कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले सबै शेयर बिक्री नभएकाले संस्थागत लगानीकर्तालाई शेयर दिने उल्लेख गरेको छ । कम्पनीले रु दुई अर्ब बराबरको एफपिओ जारी गरेकामा अझै रु ८० करोड बराबरको एफपिओ बिक्री भएको छैन ।
रु एक अर्ब २० करोड बराबरको मात्रै एफपिओ बिक्री भएपछि कम्पनीले संस्थागत रुपमा नै लगानी गर्न पाउने व्यवस्था गरिएको हो । कम्पनीले आज एक सूचनामार्फत संस्थागत लगानीकर्तालाई एफपिओ बिक्री गर्ने जानकारी दिएको हो । कम्पनीले यही माघ १५ गतेदेखि सर्वसाधारणका लागि भन्दै ४० लाख ८१ हजार कित्ता एफपिओ बिक्री खुल्ला गरेको थियो ।
कम्पनीले आफ्नो शेयर प्रतिकित्ता रु १०० मा रु ४०१ प्रिमियम मूल्य जोडेर प्रतिकित्ता रु ५०१ मा एफपिओ जारी गरेको हो । कम्पनीले साधारण शेयर (आइपिओ) बिक्री नगरी एफपिओ बिक्री गरेको भन्दै आलोचना भएको थियो । नेपाल धितोपत्र बोर्डले बुटवल पावर कम्पनीको एफपिओ कानून सम्मत् नै रहेको जनाएको थियो ।
हालसम्म निष्कासित सबै धितोपत्र खरिदका लागि आवेदन पर्न नआएकाले ‘धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४’ अनुसार आजदेखि संगठिन संस्था वा प्रचलित कानून बमोजिम स्थापना भएका संस्थाले समेत शेयर खरिद गर्न पाउने गरी बिक्री खुल्ला गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सो कम्पनीको शेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल हो । क्यापिटलका अनुसार यही माघ २४ गतेसम्ममा जम्मा रु एक अर्ब २० करोड बराबरको मात्रै एफपिओ बिक्री भएको छ ।
उन्नति माइक्रो फाइनान्सको शेयर बाँडफाँड
उन्नति माइक्रो फाइनान्सको साधारण शेयर (आइपिओ) आज बाँडफाँड भएको छ । शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले गोलाप्रथाबाट गरेको बाँडफाँडमा १५ हजार १५ आवेदकले न्यूनतम १० कित्ता शेयर पाएका छन् ।
साधारण शेयर माग गरेका दुई लाख ४६ हजार ८९४ जनामध्ये दुई हजार ४६७ आवेदन रद्द भएको छ । शेयर आवेदनमा प्रष्ट नभएको र हितग्राही खाता नम्बर स्पष्ट नभएका आवेदकको समेत आवेदन रद्द भएको हो ।
उन्नतिले एक लाख ६५ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो । जसमा आठ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोष र छ हजार ६०० कित्ता कर्मचारीलाई छुट्याएर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । भैरहवामा केन्द्रीय कार्यालय रहेको सो माइक्रो फाइनान्सले विभिन्न १० जिल्लामा सेवा दिइरहेको छ । रासस
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा १५० जनाले ...
एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक अफर सार्वजनिक गरेको छ । बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...