×

NMB BANK
NIC ASIA

विश्वलाई एक सूत्रमा बाँध्ने पर्व - महाशिवरात्रि

माघ २७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

–ब्रह्माकुमारी राजदिदी

Muktinath Bank

आज हामी २१औं शताब्दीको शिशुकाल तथा विज्ञानको युगमा अनेकौ भौतिक सुख, सुविधाको आनन्द लिइरहेका छौं, तर जुन आन्तरिक सुखहरूको अन्तरआत्मा अनुभव गर्न चाहन्छ त्यसलाई भने प्राप्त गर्न सक्षम हुन सकेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आज मानव जीवनमा व्यक्तिगत खुशी, आनन्द, उमंग, सफलता एवं व्यवसायिक उन्नति आदि संग सम्वन्धित धेरै कम अवसर बाँकी छ । साथै सर्वजानिक, सामाजिक वा संगठित रूपमा खुशीको अदान–प्रदान, स्नेह, सद्भावलाई सुदृढ गरेर अलौकिक आनन्दबाट अनुभूतहुने अवसर त नगण्य हुँदै गइरहेका छन । यसै कारणले मानव एकांकी परिवार, व्यवसायिक दायरा भित्र खुम्चिएर तनाव, चिन्ता तथा नकारात्मक विचारहरूसँग संघर्ष गर्दै जीवनको बोझबाट लादिएको यात्रा तय गर्न बाध्य छ ।


Advertisment
Nabil box
Kumari

उत्सव वास्तवमा मानवको जीवनमा एउटा नयाँ स्फूर्ति, जिज्ञासा ताजापन, उमंग, उत्साह तथा अतीन्द्रिय सुखका छिट्टाहरू छर्नका लागिआरम्भ भएका थिए । त्यति वेला मानवमा श्रद्धा, प्रेम, सद्भावना पनि थियो । अव विस्तारै विस्तारै श्रद्धा र प्रेम खत्म भएर केवल परम्परा मात्रै बाँकी छ । अव तिनीहरूको लोकप्रियाता, मौलिकता, सरोकारिता तथा उमंग–उत्साह प्रायः समाप्त हुँदै गइरहेको छ । यसको मूल कारण हो ती उत्सवहरूको वास्तविक आध्यात्मिक रहस्य र प्राप्तिको वारे अनभिज्ञ हुनु । शिवरात्रिको महान् पर्वसँग पनि यस्तै  भएको  छ । 

Vianet communication
Laxmi Bank

पहाडको उच्च चुचुरादेखि लिएर सागरसम्म कुनै पनि यस्तो ठाउँ छैन जहाँ परमात्माशिवको प्रतिमा वा मूर्तिको स्थापना नगरिएको होस् । शायद नै कुनै यस्तो धर्म ग्रन्थ छैन जसमा परमात्माशिवको महिमा नगरिएको होस्  । तर पनि परमात्माशिवको सही परीचय, अवतरणको वेला तथा उहाँको कर्तव्यको बारेमा मानिस अनभिज्ञ नै  छ ।

यदि मानिस यस सत्यलाई जान्दछ कि परमात्माशिव को हुनुहुन्छ, कहिले र कसरी प्रकट हुनुहुन्छ, के गर्नु हुन्छ । तब सबै मानिसहरू परमात्मा शिवमा आफ्नो सबैैकुरा समर्पण नगरी रहन सक्दैनन् ।

यस शिवरात्रि पर्वबाट पुरै विश्वलाई एकताको सूत्रमा आबद्ध गर्न सकिन्छ । शिवरात्रि त्यस समयको यादगार हो जब संसारमा चारैतिर अज्ञान अन्धकार छाइरहेको थियो, भाइ–भाइ खुनका प्यासी थिए, स्त्रीहरूको लाज सुरक्षित थिएन । त्यस बखतमा मानवता तडपिरहेको थियो । कतैतिरै सुरक्षा थिएन । त्यस समयमा नै ब्रह्मालोकबाट एक ज्योतिको अवतरण भएको थियो र उहाँको प्रकाशले सम्पूर्ण जगत झलमल्ल भएको थियो । त्यस ज्योतिको नाम नै परमात्मा शिव हो ।

शिवको अर्थ नै हो कल्याणकारी अरु सबै मानिसहरूका नाम शरीरमाथि आधारित हुनाको कारण विनाशी हुन्छन । शरीर परिवर्तन सँगै नामपनि परिवर्तन हुन्छन् तर परमात्मा अशरीरि हुनुहुन्छ र जन्म मरणको चक्रमा आउनु हुन्न । त्यसैले उहाँको मूर्तिलाई ज्योतिलिंग मठ भन्ने गरिन्छ । नेपालको प्रशिद्ध पशुपतिनाथको मन्दिर पनि परमात्मा शिवको मुख्य मठ हो भन्न सकिन्छ । 

पूर्विय इतिहास, धार्मिक ग्रन्थ तथा सारा नेपाल भारतमा धेरै ठाउँमा शिवको मूर्तिहरू पाइन्छ । नेपालमा पशुपतिनाथ, भारतमा अमरनाथ, केदारनाथ, विश्वनाथ, संगमेश्वर, भीमामेश्वर, सोमनाथ, रामेश्वर आदिशिव कै यादगार प्रतिमाका मन्दिर हुन ।

यस प्रकारले ठाउँ–ठाउँमा शिवको मान्यताको रूप ज्योतिविन्दुको नै याद गराउँदछ । यी मन्दिरहरूले मानवहरूका बीच भावनात्मक एकता ल्याउँदछ तथा यो संसार शिव परमात्माको नै सुन्दर रचना हो भन्ने चेतना जागृत गराउँदछ ।

न केवल हिन्दु धर्मका मानिसहरू परमात्माशिवलाई सम्मान गर्दछन् अपितु अन्य धर्ममा विश्वास राख्नेहरूले पनि शिव परमात्मलाई नै निकै श्रद्धाले मान्दछन । उदाहरणको लागि रोममा इसाई धर्ममा कैथोलिकहरू गोल आकार भएको ढुंगालाई अहिले पनि पुजा गर्दछन । अरबमा मक्काको तीर्थ स्थलमा मुस्लिम यात्रीपनि यस्तै प्रकारको ढुंगा जसलाई संग–ए–असवद वा मक्केश्वर भन्छन्, लाई चुम्वन गर्दछन ।

जापानमा बसोवास गर्ने वुद्ध धर्ममा अनुयायीहरू जव साधना गर्न बस्दछन अगाडी पट्टि शिवलिंग जस्तै ढुंगा तीन फीट उचाइको बनाएर त्यसमा ध्यानल गाउने गर्दछन । यसका अतिरिक्त मिश्रमा ओसीरिस, वेवोलानमा सिअन नामबाट शिवको पूजा हुने गर्दछ । त्यैसगरी सिरिया, युनान, स्पेन, जर्मनी, अमेरिका, मेक्सिको, सुमात्रा एवं जावा द्धिप आदि विभिन्न स्थान र देशहरूमा पनि शिवको यादगार पाइन्छ ।

यति मात्रै नभएर स्कटल्यण्डको प्रसिद्ध नगर ग्लासगो, तुर्की स्थान, ताशकंद, वेस्टर्इंडीज, ग्याना, लंका, स्यामा, मौरिशस आदि ठाउँमा पनि शिवलिंगको पूजा हुन्छ । त्यसै गरी सिख धर्मपिता गुरुनानक देवले उहाँलाई एकाेंकार नामले पुर्कानु भएको छ । यसबाट स्पष्ट हुन्छ कि परमपिताशिव परमात्माकुनै एक धर्म विशेषको मात्रै पुजनीय नभएर विश्व भरिका सवै मानवआत्माका परम पूज्यपिता हुनुहुन्छ । 
       

परमात्मा शिव अजन्मा, अभोक्ता र ब्रह्मालोक निवासी हुनुहुन्छ । त्यसैले भनिन्छ कि उहाँ मानव वा अन्य प्राणी जस्तै जन्म लिनु हुन्न जसबाट कर्मको बन्धनमा परियोस । बरू धर्मग्लानीको समयमा, जबकि सवै मानव आत्माहरू पाँच विकारहरूको वशका कारण दुःखी, अशान्त, पतित तथा भ्रष्टचारी बन्न पुग्दछन्, तिनीहरूलाई पुन पवित्र वनाउनकालागि यस साकार सृष्टिमा एक साधारण बृद्ध शरीरमा प्रवेश अथवा अवतरित हुनुहुन्छ जसलाई नै उहाँको दिव्य अलौकिक जन्म भनिन्छ ।

परमात्माशिवको यही दिव्य अवतरणको दिव्य स्मृतिलाई नै शिवरात्रि अथव शिवजयन्ती पर्वको रूपमा मनाउने गरिन्छ । त्यो केवल १०, १२ घण्टाको रात्री होइन बरु अज्ञानता, पापाचार र अनेक प्रकारका खराबीको प्रतिकहो । शिवरात्रि फाल्गुण महिनाको सुचकहो र चोधांै रात घोर अन्धकारको निशानीहो । शिवरात्रिको दिन भक्तहरू शिवलिंगमा थिधतुरो, बेल, बेलपत्र आदि चढाउँछन तथा रात्रि जागरण तथा ब्रत राख्दछन ।

धतुरो विकार, वैर नफरतको, बेलपत्र गलत आचरण वाव्यवसनको प्रतिक हुन । जसलाई नै वास्तवमा शिव परमात्मामाथि चढाउनु पर्दछ । साथै आत्माको ज्योति जगाउने जागरण तथा पवित्र रहने व्रतलिनु पर्दछ शिवरात्रि सबै धर्मको महान्पर्व हो तथा शिवमन्दिर सबै धर्मका पिता परमात्मा यादगार तिर्थस्थल हो । शिव स्मृति नै वास्तवमा सुमंत्र अथवा तारक मंत्रहो जसबाट नै प्राप्तिर सिद्धि उपलब्धगर्न सकिन्छ ।

  आज पूनः त्यही वेला र दशा छ, त्यही रात्री छ जहाँ मानव समाज पतनको चरम सिमामा पुगेको छ । यस्तोमा नै धेरै ठूलो घटना तथा सन्देश सुनाउन पाउँदा हर्षको अनुभव भइरहेको छ कि अहिले कलियुगको अन्त्य र सत्ययुुगको आरम्भको संगमयुगमा स्वयम्भू परमात्मा शिव मनुष्य आत्माहरूका निभेको आत्माको ज्योतिज गाउनको लागि प्रजापिता व्रह्माको मानवीय कायामा अवतरित भइसक्नु भएको छ ।

साथै ईश्वरीय ज्ञान र राजयोगको शिक्षा दिएर बिकार र खराबीहरूबाट मुक्त गरी दैवी राज्यको स्थापना गरिरहनु भएको छ । यसैले प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विधालयद्वारा सम्पूर्ण विश्वका १४० राष्ट्रमा आफ्ना ९००० भन्दा बढी सेवा केन्द्रहरूद्वारा महाशिवरात्रि पर्वलाई निक्कै धुमधामसंग विविध कार्यक्रम गरी मनाउँदै छ । त्यसैले सबैलाई ईश्वरीय जन्मसिद्ध अधिकार प्राप्त गर्न हार्दिक आमन्त्रण छ ।

हामी सवै परमपिता परमात्माको यस दिव्य जन्मका अवसरमा विकारहरू कुुलत र दुव्र्यसनहरू तथा आपसी मतभेदलाई त्याग गरी विश्वशान्ति, सदभाव, नैतिक र आध्यामिक मूल्यबाट चरित्रको उत्थान गर्ने प्रतिज्ञाको रूपमा मनाऔं जसबाट मानवता सुख, शान्ति, सम्पन्न बन्न सकोस् । सबैमा ८२ औं महाशिवरात्रि पर्वको मंगलमय शुभकामना तथा वधाई !!!
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x