मंसिर ११, २०८०
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
काठमाडौं, २९ माघ — हिन्दू धर्मशास्त्रअनुसार भगवान् शिव नै सांसारिक सुखहरूको आधार हुनुहुन्छ । उनै आराध्यदेव शिवशंकरको पूजा गर्दै महाशिवरात्रि पर्व मंगलवार धुमधामका साथ मनाइँदैछ ।
फाल्गुन कृष्ण त्रयोदशीको उपलक्ष्यमा मनाइने महाशिवरात्रि पर्व वैदिक कालदेखि नै मनाइँदै आएको मान्यता छ । यस पर्व तथा व्रतको पालन देवी लक्ष्मी, सरस्वती, गायत्री, सीता, पार्वती र रतिले विधिवत रूपमा गरेका थिए ।
महाशिवरात्रि शिवशक्तिको मिलनको पर्व हो ।
महाशिवरात्रिकै दिनमा सबै ज्योतिर्लिंगहरूको प्रादुर्भाव भएको थियो । शास्त्रानुसार, सर्वप्रथम ब्रह्मा र विष्णुले महाशिवरात्रिमा शिवलिंगको पूजन गरेका थिए । त्यही दिन शिव उत्पत्ति हुनुभएको हो ।
महाशिवरात्रिको उपासनाले तन, मन तथा धनसम्बन्धी सबै कामना पूर्ति हुन्छ । दुःख, दरिद्रता तथा धनको अभावलाई हटाएर धन, सन्तान तथा निरोग दिएर व्यक्तिलाई सम्पन्न र वैभवशाली बनाउँछ महाशिवरात्रिले ।
मंगलवार महाशिवरात्रिमा रात्रि जागरण, पूजन र व्रतपालन गरिन्छ ।
मंगलवार बेलुका ६ बजेर २० मिनेटदेखि ९ बजेर ३५ मिनेटसम्म प्रदोषकाल पूजन मुहूर्त रहन्छ ।
सन्धिकाल पूजन मुहूर्त राति सबा १० देखि सबा ११ सम्म रहन्छ । त्यतिखेर त्रयोदशी र चतुर्दशी तिथिको मिलन हुन्छ ।
निशीथ काल पूजन मुहूर्त राति १२ बजेर २४ मिनेटदेखि १ बजेर १६ मिनेटसम्म हुनेछ ।
विशेष पूजन विधि
शिवरात्रिको प्रदोष कालमा शिवलिंगमा जल, दूध, बेलपत्र र नैवेद्य चढाउनुस् । अनि धूप, दीप, चन्दन, फूल, अक्षता, धतूरो, बेलपत्र र नैवेद्य चढाउनुस् । पञ्चोपचारले पूजा गर्नुस् र चन्दनको मालाले विशेष मन्त्रको एक माला जप्नुस् । पूजापश्चात् नैवेद्य सबैलाई बाँड्नुस् ।
पूजन मन्त्र
ऊँ श्रीं शितिकण्ठाय नमः शिवाय श्रीं ।।
निरोगी शरीर चाहनुहुन्छ भने शिवलिंगमा मह चढाउनुस् ।
धन अभावबाट मुक्ति चाहनुुहुन्छ भने शिवलिंगमा चढाइएको सिन्दूरले घरको मूलद्वारमा श्रीं लेख्नुस् ।
दरिद्रताबाट मुक्ति चाहनुहुन्छ भने शिवलिंगमा चढाएको चाँदीको सिक्का कन्तूरमा राख्नुस् ।
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...