अध्ययन भन्छ, आफैंमाथि हाँस्ने व्यक्तिको मानसिक स्वास्थ्य हुन्छ राम्रो
काठमाडौं, २९ माघ — एक अध्ययनमा गरिएको दाबीअनुसार, आफैंमाथि चुट्किला भनेर हाँस्ने व्यक्तिहरूको मानसिक स्वास्थ्य स्तर राम्रो हुन्छ । यो अध्ययन पर्सनालिटी एन्ड इन्डिभिजुअल डिफरेन्सेज जर्नलमा प्रकाशित भएको छ ।
हास्य मनोविज्ञानमाथि पहिले गरिएका अध्ययनहरूभन्दा यो फरक हो ।
खासमा अहिलेसम्म गरिएको सबै अध्ययनमा के बताइन्थ्यो भने आफैंमाथि चुट्किला भन्ने काम नकारात्मक मनोविज्ञानसँग सम्बन्धित छ त्यसैले उनीहरू यो शैली प्रयोग गर्छन् ।
स्पेनको ग्रानाडा विश्वविद्यालयका जर्ज टोर मरीनले बताए, ‘आफैंमाथि चुट्किला भन्ने प्रवृत्ति मनोवैज्ञानिक स्वास्थ्यका आयाम खुशी र सामाजिकता राम्रो हुने संकेत हो । यस्ता हास्यमा सांस्कृतिक अन्तरलाई लक्षित गरिएको नयाँ अध्ययन आवश्यक छ ।’
मरीन थप्छन्, ‘यो अध्ययनको नतिजाले हाम्रो देशमा आफैंमाथि हाँस्नु सकारात्मक संकेत हो भन्ने देखाउँछ । तर आफैंमाथि हाँस्ने विषयमा गरिएको अनुसन्धान कुन ठाउँमा भएको भन्ने कुराले परिणाममा भिन्नता ल्याउँछ ।’
आफैंमाथि हाँस्नु भनेको रिस दबाउने प्रवृत्ति हो ।
एजेन्सी
थप समाचार
- दाँत दुखेर हैरान हुनुभएको छ ? यसरी ठीक पार्नुहोस्
- भटमासका फाइदा मात्रै छैनन्, यस्ता व्यक्तिका लागि बिष समान हुन्छ
- पानीसँग यी कुराहरू मिसाएर पिउने गर्नुस्, पेट दुखेको ठीक हुन्छ
- रुसी वैज्ञानिकको निश्कर्ष – गाईको गहुँतबाट हुन्छ १४८ प्रकारका रोग निको !
- जाडो याममा भुलेर पनि नगर्नुहोस् यस्ता काम, बिरामी परिएला
- यी कुरा झुक्केर पनि फ्रीजमा नराख्नुस्
प्रतिक्रिया दिनुहोस