×

NMB BANK
NIC ASIA

गाँजाले गराउँछ- हाँसेको हाँस्यै र रोएको रोयै, यस्तो छ कारण !

फागुन १, २०७४

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

काठमाडौं, १ फागुन– आज हिन्दूहरुको पर्व शिवरात्रि । शिवरात्रिमा शिवको प्रसादको रुपमा गाँजा प्रयोग गरिन्छ । गाँजा थोरै मात्रामा प्रयोग गर्दा त्यति धेरै नकारात्मक असर नपर्ने भए पनि बढी प्रयोगले भने विभिन्न स्वास्थ्य समस्या निम्त्याउँछ । यी हुन् गाँजाका प्रभाव ।

Sagarmatha Cement
Muktinath Bank

-मान्छेको दिमागमा दुई किसिमका रासायनिक तत्त्व हुन्छन् । एउटा दिमागलाई स्टिमुलेनट (उत्तेजित) गर्ने अर्को डिप्रिसेन्ट (शिथिल) गर्ने । हामीले खाने हरेक चिज पहिले पेटमा पुग्छ र केही बेरपछि दिमागको सम्पर्कमा आउँछ । अनि खाएको चिजअनुसार दिमागका दुई रासायनिक तत्त्वले प्रभाव पैदा गर्दछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भाङ खाँदा स्टिमुलेन्ट भएर आउँछ, मै हुँ भन्ने भाव पैदा गराउँछ । थ्रेसहोल्ड कम भयो र स्टिमुलेन्ट बढी भयो भने उत्तेजित हुन्छ । डिप्रिसेन्ट बढी भयो भने शिथिल बनाउँछ । 


Advertisment
Nabil box
Kumari

-मस्तिष्कमा क्यानाविनोइड भन्ने रसायन पनि हुन्छ । गाँजामा पनि ६० भन्दा धेरै प्रकारका अलग–अलग क्यानाविनोइड पाइन्छन् । गाँजा सेवन गरेपछि ती क्यानाविनोइड मस्तिष्कमा पुग्छन् । गाँजाका धेरै रसायनमध्ये टेट्रहाइड्रोक्यानाविलोन (टिएचसी) को भूमिका हँसाउन र रुवाउनमा बढी हुन्छ । 

Vianet communication
Laxmi Bank

यो रसायनले मस्तिष्कको बाहिरी वातावरणसँगको प्रभाव कम गराएर आफ्नो प्रभाव मस्तिष्कमा हावी हराउँछ । यस्तो बेला मान्छे जुन मुडमा छ, त्यही मुडमा निरन्तर भइरहन्छ । 
जस्तै, हाँस्यो भने हाँसिको हाँस्यै गर्ने, रोयो भने रोएको रोयै गर्ने आदि ।

क्यानाविनोइडले मस्तिष्कको आनन्दको केन्द्र डापामाक्ष्न प्रक्रियालाई पनि प्रभावमा पार्छ । यतिखेर आनन्दको भाव जगाउँछ ।

-गाँजा भाङ, धतुरो तीनै चिज सेवन गरेको सुरुवाती समयमा आनन्द पैदा गर्छन् । केही बेरपछि फरक–फरक असर देखाउन थाल्छन् । त्यसैले यस्ता लागुऔषधको निरन्तर प्रयोग नसाका लागि निकै हानिकारक हुन्छ । 

निरन्तर सेवन गर्दा...
-लामो समय गाँजा सेवन गर्दा मानसिक रोगको सम्भावना बढ्दै जान्छ । वर्षौसम्म गाँजा सेवन गर्दा डिप्रेसन, आत्तिनेजस्ता समस्या हुन्छ । गाँजा सेवनले साइकोसिस हुने पनि प्रबल सम्भावना हुन्छ । 

-डेनमार्कमा गरिएको अनुसन्धानले के देखाएको छ भने गाँजा सेवनकर्तामा साइकोसिस त हुन्छ तर सेवन बन्द गरेपछि छोटो समयमा निको पनि हुन्छ । 

-गाँजाले जाँगर नचल्ने र केही गर्न मन नलाग्ने खालको समस्या पनि विकसित हुँदै जान्छ । यस्ता मानिसले कुनै कुराको पनि मतलब गर्दैनन् ।

-हालसालै भएका अन्य अनुसन्धानले लामो समयसम्म गाँजा प्रयोग गर्ने मानिसलाई रोग लाग्दा औषधिले पनि राम्रोसँग काम नगर्ने देखाएको छ । 

-समग्रमा भन्दा गाँजाले मस्तिष्कमा नकारात्मक असर पुर्याउँछ ।
नयाँ पत्रिकाबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x