×

NMB BANK
NIC ASIA

माओवादी युद्ध स्मरण

'जनयुद्ध'का 'बमगुरु' : प्रचण्ड र बादललाई विश्वास दिलाउन पड्काएर देखाउनुपर्‍यो

बादलले बन्दुक र सीपीले लट्ठी चलाउन सिकाउँथे

फागुन १, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम, १ फागुन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुर आउँदा एउटा कुरा भन्न छुटाउँदैनन् । २०५२ सालमा शुरु भएको ‘जनयुद्ध’का लागि आफूलाई पहिलोपटक बम बनाउन सिकाउने गुरु धनुषाकै रहेकोले जनकपुरसँग आफ्नो विशेष नाता रहेको भन्ने गर्छन् ।

Muktinath Bank

तत्कालीन नेकपा (मशाल) ले २०४४/०४५ सालतिर सशस्त्र क्रान्तिको तयारी गर्दा प्रचण्डलाई बम बनाउने, पड्काउने तालिम दिने व्यक्ति थिए, धनुषा, सवैलाका कमलदेव साह । २०३६ सालको विद्यार्थी आन्दोलनपछि अनेरास्ववियु (पाँचौं) मा केही समय काम गरेपछि साह मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा (मशाल) तिर लागेँका थिए । २०४० सालमा सिरहाको एउटा गाउँमा पार्टीको प्रशिक्षण चलिरहेको थियो । पार्टीमा केन्द्रीय सदस्य रहेका पुष्पकमल दाहालको भूमिगत नाम त्यतिबेला ‘विश्वास’ थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रचण्डले पार्टीमा पहिलोपटक दीर्घकालीन जनयुद्धको प्रस्ताव ल्याउँदा हामी तरङगित भएका थियौं, भलै हामीमध्ये कसैमा फौजी अभ्यासको अनुभव थिएन’ कमलदेवले तीन दशक पुरानो घटना स्मरण गर्छन् ।


Advertisment
Nabil box
Kumari

‘भारतमा सैन्य तालिम दिने समूहहरू छन् भन्नेसम्म सुनेका थियौं र केही युवक मनभरी खुलदुली लिएर २०४१ सालमा भारततिर हान्नियौं । त्यहाँ नबजनवादी मोर्चा नेपालका अध्यक्ष स्व रामराजाप्रसाद सिंहसँग पटनामा भेट भयो’ साह स्मरण गर्छन । रामराजा पनि पञ्चायत फालेर नेपालमा गणतन्त्र ल्याउन सशस्त्र क्रान्ति नै गर्नुपर्छ भन्दै आन्दोलनमा थिए ।

Vianet communication
Laxmi Bank

‘हामी ४० जनाको टोली बनेर सैन्य तालिमका लागि भारतको झारखण्डको सिमुलतला जङगल पुग्यौं । रामराजाका भाई लक्ष्मणप्रसाद सिंह हाम्रो समूहका नेता थिए । हामीले त्यहाँ बम बनाउने, बिस्फोट गराउने र अन्य हतियार चलाउने तालिम लियौं,’ कमलदेवले लोकान्तरसँग भने ।

‘६ महिना पुगेपछि रामराजा बाबुले मिसनमा जाने बेला भयो, को तयार छ भनेर सोध्दा म अग्रसर भइहालें ।’  कमलदेवले भने, ‘खेमराज भट्ट मायालुको नेतृत्वमा म सहित तीन जनाको टोली धनगढीस्थित सैनिक ब्यारेकमा विस्फोट गराउन खटियो ।’

धनगढीमा पहिलो विस्फोट

प्रचण्डलाई बम बनाउन सिकाउने गुरु कमलदेवका पनि गुरु हुन, गणतन्त्र नेपालका प्रणेता रामराजाप्रसाद सिंह । सिंहसँगै उनले बम बनाउन सिकेका थिए । त्यसैले त कमलदेवले नै २०४२ सालमा धनगढीको सैनिक ब्यारेकमा बम विस्फोट गराएका थिए । खेमराज भट्ट मायालुलाई भारतमा छोडेर एकजना साथी लिएर कमलदेव बम विस्फोट गराउन धनगढी आएका थिए ।

त्यसपछि उनी भारत निर्वासित भए । ‘कारवाहीको सिलसिलामा धनगढीको एउटा होटलमा बस्यौं । सेना बस्ने गेटमा बम छोडिदियो अनि होटल छोडेर भारततिर लाग्यौं’ पहिलो पटक विस्फोट गराएको घटना स्मरण गर्दै उनले भने, ‘सैनिक ब्यारेकको गेट उडेछ । मान्छे मर्‍यो कि मरेन हामीलाई थाहा भएन ।’ 

२०४२ सालको बमकाण्डको नामले चर्चित धनगढी, जनकपुर, काठमाडौंको राजदरबार, राष्ट्रिय पञ्चायत लगायतका स्थानमा भएको बिस्फोट त्यसैको परिणाम थियो । नव जनवादी मोर्चाका सवै नेता कार्यकर्ताहरू प्रहरीको वान्टेड सुचिमा थियो । भारत फर्केर पुनः रामराजा प्रसादको शरणमा बस्नुपरेको थियो । एक वर्ष पछि घर परिवारलाई भेटन भनेर रामराजा प्रसाद सिंहले कमलदेवलाई भारतको जयनगर पठाए ।

२०४४ सालमा  भेटिएका मशालका नेता मातृका यादव र रामवृक्ष यादवले पार्टी जनयुद्धमा जाने तयारी गर्दैछ भन्दै कमलदेवलाई चितवन, शिवनगरस्थित प्रचण्डको घर पुर्याएका थिए । ‘त्यतिबेला प्रचण्डले २०४२ को बमकाण्ड हामीले गरेको कुरामा विश्वास गर्नुभएको थिएन । उहाँको विचारमा त्यो दरबारको षड्यन्त्र थियो’, कमलदेवले भने ।

त्यसपछिका तीन महिना कमलदेव प्रचण्डकै घरमा बसें । रामबहादुर थापा बादल पनि त्यहीं थिए । ‘एक दिन मैले बम बनाएर पड्काएपछि बल्ल उहाँहरूले पत्याउनुभयो । त्यसपछि प्रचण्डले हामीलाई पनि सिकाउनुपर्यो भन्नुभयो । हामी गोरखातिर लाग्यौं । त्यहाँ मैले बम बनाउन सिकाएँ । थापाले बन्दुक र सीपी गजुरेलले लट्ठी चलाउन सिकाउनुहुन्थ्यो’ साहले पुराना दिन सम्झँदै भने । ‘प्रचण्डले चाहिँ राजनीतिक प्रशिक्षण दिनुहुन्थ्यो, सँगसँगै आफूले पनि सामान्य बम, टाइमबम, ब्यागबम र ग्रिनेड बनाएर बिस्फोट गर्न सिक्नुभयो ।’ 

त्यहीबेला छोरो सिकिस्त बिरामी भएको खबर आएपछि साह घरतिर लागे । भारतको बम्बई लगेर डेढ वर्ष उपचार गरेपछि मात्र छोरो ठीक भयो । त्यसपछि नेपाल फर्किंदा जनआन्दोलन चर्कंर्दै थियो । ‘मेरो सम्पर्क बाम मोर्चाका धनुषा अध्यक्ष रामचन्द्र झासँग भयो । उनकै उत्प्रेरणाले पार्टीमा सहभागी नभए पनि म आन्दोलनमा होमिएँ ।’, कमलदेवले लोकान्तरसँग भने, ‘जनआन्दोलन सफल भइसकेपछि पार्टीले दिएको ‘वाम कांग्रेस गठबन्धन मुर्दावाद, बहुदलीय व्यवस्था धोका हो’ भन्ने नारामा चित्त नबुझेर पार्टी छाडेँ । त्यसैताका मालेमा लागेको म केही समयपछि एमालेको जिल्ला कमिटी उपसचिव हुँदै धनुषा जिविस सदस्य पनि भएँ । फेरी २०६२ पछि भने राजनीतिमा सक्रिय भइनँ ।’ 

खान लाउन धौधौ हुने परिवारको मान्छे भएकोले गुजाराका लागि जनकपुरमा किराना पसल चलाइएर रहेको उनी बताउछन् । दोस्रो जनआन्दोलन सफल भएपछि एकदिन साह प्रचण्डलाई भेट्न काठमाडौं गएका थिए । तर, कडा सुरक्षा घेराभित्र बसेकाले उनले प्रचण्डलाई भेट्न पाएनन् ।

‘त्यसपछि दुईचार पैसा कमाई होला भनेर मलेसिया गएँ । तीन वर्ष प्लाष्टिक कारखानामा हाड घोटेर फर्किए लगत्तै रामराजाप्रसाद सिंहको जीवनीसम्बन्धी पुस्तक विमोचनमा प्रचण्डलाई भेट्ने संयोग पर्यो । उहाँले इतिहास बिर्सनुभएको रहेनछ, म खुसी भएँ’ कमलदेवले भने, ‘त्यस अवसरमा प्रचण्ड आफैँले बमको प्रसङग सार्वजनिक नगरेको भए शायद मैले कहिल्यै पनि भन्ने थिइन होला । र, त्यो रहस्य  सायद सधैँका लागि रहस्य नै रहने थियो होला ।’

भारतीय स्वतन्त्रता सङग्राममा शहीद भएका भगतसिंहलाइ कमलदेव आदर्श मान्छन् । ‘उनको भनाई थियो, मान्छे मार्न होईन, जोगाउन बम पड्काउनुपर्छ । उनको यस विचारबाट म कति प्रभावित थिएँ भने मशालमा रहँदा मैले आफ्नो नाम नै भगतसिंह राखेको थिएँ । मैले प्रचण्डहरूलाई बम बनाउन सिकाएको पनि ‘मानिस मार्नका’ लागि थिएन’ कमलदेवले लोकान्तरसँग भने ।

प्रचण्डप्रति शुरुमै आशावादी

प्रचण्डको तर्क, राजतन्त्र प्रतिको दृष्टिकोण, पार्टीको विश्लेषण र मुलुकको आवश्यकता मनन गरेपछि कमलदेवलाई लाग्यो, प्रचण्डको नेतृत्वले नै नेपालबाट राजतन्त्रलाई समाप्त गर्नसक्छ । ‘प्रचण्डलाई तालिम दिने बेलामै उहाँप्रति म आशावादी थिएँ’, उनले भने । 

२०४२ सालको बमकाण्ड भन्दा पहिला कमलदेव नेकपा मशालमा थिए । प्रचण्डले जिल्ला समितिका बैठकहरूमा ‘सशस्त्र युद्ध गर्नुपर्छ’ भन्ने प्रशिक्षण दिने गर्थे । ‘रामराजाजीसँग बम बनाउन सिकेकोे कुरा मैले रामवृक्षलाई बताएँ । त्यसपछि उहाँले मलाई प्रचण्डसँग भेटाउनुभयो’ उनी सम्झन्छन् ।

तत्कालीन मशाल र पछि नेकपा एकता केन्द्रका केन्द्रिय सदस्य रामवृक्ष यादवको २०५१ सालमा हत्या भएको थियो । रामवृक्ष यादव र मातृका यादवसँग जिल्ला कमिटीमा रहेर कमलदेवले काम गरेका थिए । २०५२ सालमा माओवादीले सशस्त्र विद्रोह सूरु गरेपछि अध्यक्ष प्रचण्डसँग कमलदेवको सम्पर्क टुटेको थियो । 

‘जनयुद्ध शुरु गरेपछि उहाँ र मेरो सम्पर्क विच्छेद भयो । म एमालेमा भएकाले सम्पर्क गराउने माध्यम खतम भयोे । माओवादीका केही साथीहरूले मलाई प्रचण्डसँग सम्पर्क गर्न दिएनन् । प्रचण्डले मलाई खोजेका पनि थिए तर, खोज्दा म मरिसकेको खबर प्रचण्डलाई दिएको रहेछ’ साहले भने ।

धनुषामा प्रमुख जिल्ला अधिकारी, प्रहरी अधिकृतहरूसँग झगडा पनि पथ्र्यो कमलदेवको । ‘प्रचण्ड भनेको ज्ञानेन्द्र हो भन्थे उनीहरू, तर म, त्यसको प्रतिवाद गर्थे’, विगतका ती दिनहरू सम्झँदै कमलदेवले भने,‘ म भन्थें, प्रचण्डलाई म चिन्छु, उहाँको नाम पुष्पकमल दाहाल हो, उहाँको घरमा म बसेको छु, उहाँका छोराछोरीलाई म चिन्छु तर उनीहरू पत्याउँदैनथे ।’ जिविस सदस्य हुँदा २०५५ सालतिर माओवादीको भित्रिया मान्छे हो भनेर प्रहरीको एसपीले गोली हान्नुपर्छ भनेको उनी दावी गर्छन् । 

अब माओवादीतिरै

२०६२ सालमा एमाले परित्याग गरेका कमलदेव अहिले माओवादीमा छन् । ‘मेरो इच्छा माओवादीतिर नै हो । म जुनबेला पनि माओवादी तिरको हो । विभिन्न परिस्थितिले गर्दा मात्रै म यताउता भएको हुँ’ आफुले बम बनाउन सिकाएको दुई दशकपछिको अवधिमा नेपालमा व्यापक राजनीतिक परिवर्तन हुने अनुमान उनले पहिल्यै गरेका थिए । 

‘मलाई अहिलेको अवस्था आउँछ भन्ने लागेको थियो । पहिले मशाल र पछि माओवादीले मात्र राजतन्त्र खत्तम गर्न सक्छन् भन्ने मलाई लाग्थ्यो’ उनले भने । नेकपा मशालले २०४७ सालमा ‘बाम कांग्रेस गठबन्धन मुर्दावाद’ भन्ने नारा लगाएको कमलदेवलाई चित्त बुझेको थिएन । 

कांग्रेस र वाम मिलेर बहुदल ल्याएका थिए । मशालले ‘बहुदलीय व्यवस्था धोका हो’ भनेको पनि कमलदेवलाई  चित्त बुझेको थिएन । २०४७ सालमा उनी एमाले भए । उनले भने, ‘कसैबाट थाहा पाएमा सेनाले मलाई मारिदिन्छ भन्ने लागेको थियो । सुरक्षित हुन्छु भनेर नै म एमालेमा बसेको हुँ । अहिले पनि मलाई खतरा नै छ । कमलदेव एमालेमा धनुषा जिल्ला कमिटी सदस्य निर्वाचित भएका थिए । २०६२ सालसम्म उनी एमालेमा नै रहे । २०६२ सालपछि कमलदेव रोजगारीको खोजीमा मलेसिया गए । उनले भने, ‘कमजोर आर्थिक अवस्थाले गर्दा म मलेसिया जानु परेको थियो, तर आर्थिक रूपमा ठूलो परिवर्तन आएन ।’ 

कमलदेव अहिले माओवादीमा राजनीतिसंगै व्यवसाय गर्दै आएका छन् । ‘आफुलाई गुरु मानेर इतिहासलाई नबङ्याउनुले पनि प्रचण्ड कति इमान्दार हुन् भन्ने कुराको पुष्टि हुन्छ’ कमलदेव भन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x