लक्ष्मी बैंक तनहूँको म्याग्दे र सुनसरीको भोक्राहामा पनि

फागुन १, २०७४

काठमाडौं- लक्ष्मी बैंकले तनहूँको म्याग्दे र सुनसरीको भोक्राहा गाउँपालीकामा एकै साथ आफ्नो दुई नयाँ शाखा संचालनमा ल्याएकोे छ । यी जिल्लाहरुमा बैकंको यीे क्रमशः दोस्रो र तेस्रो शाखाहरु हुन् ।  अब, लक्ष्मी बैंकको शाखा संजाल ७६, ३ हस्पिटल सेवा काउन्टर, ९८ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढी मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथाअर्ध शहरी क्षेत्रमाआफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

आ.व. २०७३÷७४मा ५९.३२  अरब निक्षेप र ५२.७३ अरब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार ७०.९० अरब रहेको छ । सोहि आ.व.मा बैंकले १०० करोडको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो । यसका साथ साथै संपूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुपनै राम्रो अवस्थामा रहनुका साथै भविष्यको लागि उत्साह जनक रुपमा रहेका छन् ।

फागुन १, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस