एनआइबिएल इन्टर–बैंक फुटसल प्रतियोगिता

फागुन १, २०७४

काठमाडौं, १ फागुन-  नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले आफ्नो ३२औं वाषिकोत्सवको अवसरमा एनआईबिएल इन्टर–बैंक फुटसल प्रतियोगिता गर्ने भएको छ । फागुन ४ गते गर्ने प्रतियोगितामा १५ वटा बैंकको सहभागिता रहनेछ ।
काठमाडौंको सामाखुशीस्थित सामाखुशी फुटसल हलमा हुने प्रतियोगितामा १६ वटा टिम सहभागि हुने छन् । प्रतियोगिताको समापन समारोह खेलसकिएलगत्तै सोहि स्थानमा गरिने छ ।


“प्ले फर फन” नारासहित आयोजित प्रतियोगितामा नेपाल इन्भेष्टमेण्ट बैंक लि. रातो र निलो, नेपाल राष्ट्र बैंक लि., नेपाल बैंक लि., कृषि विकास बैंक लि., सनराइज बैंक लि.,ग्लोबल आइएमई बैंक लि., माच्छापुर्छे बैंक लि., सिटिजन इन्टरनेश्नल बैंक लि, एनएमबी बैंक लि., नविल बैंक लि., बैंक अफ काठमान्डौं लुम्बिनी, एनआइसी एसिया बैंक लि., कुमारी बैंक लि., मेगा बैंक नेपाल लि. रनेपाल एसबिआई बैंक लि.सहभागि हँुदैछन ।
फुटसल प्रतियोगिता सफल बनाउन जगदम्बा स्टिल, स्यामसुङ मोबाइल, गोलस्टार सुज, वयोदा हस्पिटल, रेडबुल र ग्लोबल रिच कम्पनीले सहयोग गरेको बैंकले जनाएको छ । 
 


ADVERTISEMENT

फागुन १, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार