सिएमसी क्यारियर क्विजको आठौं संस्करणका लागि फागुन पहिलो साता

फागुन १, २०७४

काठमाडौं, १ फागुन- सिएमसी क्यारियर क्विजको आठौं संस्करणका लागि फागुन पहिलो साता काठमाण्डौं अडिसन हुने भएको छ । काठमाडौं अडिसनका लागि फागुन ३, ४ र ५ गतेको दिन तोकिएको आयोजक मिटिङ्ग प्वाइन्ट प्रा.लि.ले जनाएको छ । अडिसनका तीनै दिन फरक फरक स्थानमा लिखित र मौखिक परिक्षामार्फत क्वालिफाइङ राउण्ड खेल्ने टिमको छनोट गरिने छ । राजधानीबाट मात्रै कम्तिमा ५० टिमलाई छनोट गरिने जनाइएको छ । 
क्विज प्रतियोगितामा सामेल हुन चाहने विद्यार्थी तथा विद्यालयले फागुन २ गतेभित्र आफ्नो टिमको नाम दर्ता गर्नुपर्ने हुन्छ ।

स्कुल तथा कलेजका विद्यार्थीहरु सहभागि हुनसक्ने प्रतियोगिताको मोफसल अडिसन माघ पहिलो साता सम्पन्न भैसकेको छ । पोखरा, बुटवल र चितवनमा सञ्चालन गरिएको अडिसनबाट प्रत्येक क्षेत्रबाट २ टिम गरि कुल ६ टिमले क्वालिफाइङ राउण्ड खेल्नका लागि आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । 


सन् २०१० देखि औपचारिकरुपमा सुरु भएको करिअर क्विजको यो आठौं संस्करण हो । देशका प्रतिष्ठित व्यक्तित्वहरुले सञ्चालन गर्ने प्रतियोगितात्मक कार्यक्रम करिअर क्विजका बिजेता टिमलाई नगद पुरस्कारसँगै ट्रफि, मेडल, प्रमाणपत्र र आकर्षक छात्रवृत्ति प्रदान गरिने छ ।

फागुन १, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार