×

NMB BANK
NIC ASIA

को-कोसँग थियो एेश्वर्याको प्रेम ?

फागुन २, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

सन् १९९४ मा विश्वसुन्दरी घोषित भएपछि ऐश्वर्या रायको सौन्दर्यको चर्चा झन् बढी भयो । बलिउडमा उनको सौन्दर्यको अझै बयान चल्छ । अभिषेक बच्चनसँग वैवाहिक सम्बन्ध गाँसेर जीवन अगाडि बढाइरहेकी उनकी एउटी छोरी पनि छिन् । तर, मोडलिङ सुरु गरेपछि बिहेअघिसम्म ऐश्वर्याको जीवनमा केही पुरुषहरूको नाम जोडिएर आयो । के उनी सबैसँग प्रेममा थिइन् ?

सलमान खान

सलमान खान र ऐश्वर्याको सम्बन्ध हिन्दी फिल्म इतिहासमा चर्चित छ । उनीहरूबीचको प्रेम कहानीले पत्रिका र टेलिभिजनमा निकै स्थान पायो । प्रसंग सन् १९९९ आसपासको हो । सञ्जयलीला भन्सालीले सलमान र ऐश्वर्या रायलाई लिएर ‘हम दिल दे चुके सनम’ फिल्म सुरु गरेका थिए । फिल्म सुटिङकै क्रममा दुई सेलेब्रिटी एक–अर्काप्रति आकर्षित भए ।

दुई वर्षसम्म चलेको उनीहरूको निकट सम्बन्धलाई लिएर चर्चा चल्थ्यो, दुईजना बिहे नै गर्नेछन् । सलमानका लागि ऐश्वर्या सायद ट्रफीसमान भइन्, जुन जितेर उनमा दम्भ बढ्यो । बिस्तारै सलमानमा यस्तो व्यवहार विकास भयो कि ऐश्वर्याले अरू कुनै अभिनेतासँग फिल्म खेल्दा पनि रिस गर्न थाले । ऐश्वर्यालाई आफूबाहेक अरूसँग देख्नै चाहेनन् । यस्तो व्यवहारपछि पेसा र निजी जीवनमा समस्या परेको ठहर गर्दै ऐश्वर्याले सलमानलाई छाडिदिइन् । निष्कर्ष यो हो कि, ऐश्वर्यालाई सलमानले साँचो प्रेम दिए तर बदलामा दर्द लिनुपर्‍यो । बलिउडमा अहिले पनि चर्चा चल्छ, ऐश्वर्या नपाएकै कारण सलमानले अहिलेसम्म बिहे गर्न सकेका छैनन् ।

राजीव मूलचन्दानी 
राजीव मुलचन्दानीसँग ऐश्वर्याको सम्बन्धको विषय त्यो वेलाको हो, जतिखेर उनी मोडलिङ गर्थिन् । राजीव पनि मोडल नै थिए । सुटिङका क्रममा उनीहरूबीच चिनाजानी भएको थियो । सम्बन्ध घनिष्ठ रूपमा विकास भयो । पछि, राजीव ऐश्वर्याको प्रेमीका रूपमा चर्चामा रहे । यही समयमा राजीव र मनीषा कोइरालाको सम्बन्धलाई लिएर पनि चर्चा हुन्थ्यो । पछि, ऐश्वर्या र राजीवको सम्बन्ध टुट्यो ।

विवेक ओबराय
सलमानसँग सम्बन्ध टुटेपछि ऐश्वर्या निकै तनावमा आइन् । त्यो समय उनी विवेक ओबरायसँग सुटिङ गरिरहेकी थिइन् । यही परिस्थितिबीच उनीहरूको सम्बन्ध निकट रहन गयो । विवेक र ऐश्वर्याको सम्बन्धको चर्चा चल्न थालेपछि सलमानलाई असह्य भयो र विवेकलाई धम्क्याए पनि । विवेकले पत्रकार सम्मेलन गरेरै यसबारे सबै सार्वजनिक पनि गरेका थिए ।

भनिन्छ, विवेक ऐश्वर्यालाई आफ्नो बनाउन चाहन्थे, तर ऐश्वर्या भने विवेकलाई केवल साथी मान्छिन् । उनीहरूको सम्बन्ध टुट्ने कारण यही बन्यो ।

अभिषेक बच्चन
केही फिल्ममा साथै काम गरेपछि अभिषेक बच्चन ऐश्वर्यालाई आफ्नो बनाउन चाहन्थे । ‘गुरु’ र ‘उमराव’ फिल्मको सुटिङका क्रममा ऐश्वर्याप्रति अभिषेक आकर्षित भएका थिए । टोरन्टोमा भएको ‘गुरु’को प्रिमियरका वेला अभिषेकले ऐश्वर्यालाई प्रेम प्रस्ताव गरेका थिए । उनले पनि तुरुन्तै स्विकारिन् । सायद, ऐश्वर्या एक्लो जीवन ‘सेटल’ गर्न चाहन्थिन् भने अभिषेक कोही मनपर्ने युवतीको खोजीमा थिए । २० अप्रिल २००७ मा उनीहरूले बिहे गरे । त्यसपछि ऐश्वर्या सुखी दाम्पत्य जीवन जिइरहेकी छिन् । -नयाँ पत्रिकाबाट

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x