ट्रम्पका वकिलले पोर्न अभिनेत्रीलाई पैसा दिएको कुरा स्वीकारे

फागुन २, २०७४

काठमाडौं, २ फागुन — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका निजी वकिलले पोर्न अभिनेत्रीलाई आफ्नै गोजीबाट लगभग एक करोड ३० लाख रुपैयाँ दिएको स्वीकारेका छन् । 

सन् २००६ मा ट्रम्पले ती अभिनेत्रीसँग सम्बन्ध बनाएका थिए । 

ट्रम्पका निजी वकिल माइकल कोहेनले द न्युयोर्क टाइम्सले बताएअनुसार, उनले स्टोर्मी डेनियल्सलाई पैसा दिनका लागि ट्रम्प अर्गनाइजेसन वा ट्रम्पको प्रचार अभियानले खर्च गरेको होइन ।

पोर्न अभिनेत्रीको वास्तविक नाम स्टेफनी क्लिफ्फोर्ड हो । कोहेनले भने, ‘क्लिफ्फोर्डलाई दिइएको रकम वैध थियो र यो अभियान वा कुनै व्यक्तिले अभियानमा गरेको खर्चबाट झिकिएको थिएन ।’

द वाल स्ट्रीट जर्नलले अघिल्लो महीना छापेको एक खबरमा कोहेनले सन् २०१६ को अक्टोबर महीनामा क्लिफ्फोर्डलाई चुनावी अभियानका बेलामा मुख टाल्नका लागि त्यति ठूलो रकम दिएको भनी उल्लेख गरिएको थियो ।

एजेन्सी
 


ADVERTISEMENT

फागुन २, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस