गाई काट्ने र युवतीलाई फकाएर यस्तो गर्ने पक्राउ

काठमाडौं २ फागुन– गाई काटेको अभियोगमा ताप्लेजुङको फुङलिङ नगरपालिका–२ अलैंचीबारी बस्ने ४५ वर्षीय शिबकुमार गुरुङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

गाई काटेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी भानुबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उक्त कार्यमा संलग्न रही हाल फरार रहेका सोही ठाउँ बस्ने ४५ वर्षीय प्रकाश राई र १६ वर्षीय जगदेब गुरुङको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यता लमजुङको राइनस नगरपालिका–६ सालफेदी बस्ने बोल्न नसक्ने १६ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ गरेका छन् । युवतीलाई ललाई फकाई घरदेखि केही परको जंगलमा लगि जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५६ वर्षीय ज्ञानबहादुर लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
 

फागुन २, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस