शीतलनिवासको फोनले तीन नम्बर प्रदेशमा सनसनी !

एमाले स्थायी समतिको बैठकमा अत्यन्तै छरपष्ट हिसाबले एउटा विवादले प्रवेश पाएको छ ।

महिला, त्यसमाथि काठमाडौं उपत्यकाको नेवार जनजाति, पार्टीगत हैसियतमा पनि निकै वरिष्ठ, आधी आकाशले संसदीय मोर्चामा बलियो उपस्थिति जनाउन नसकिरहेको बेला सक्षम र अनुभवी भएर पनि मुलुककै पहिलो अनि एक मात्र मुख्यमन्त्री बन्ने अवसरबाट अष्टलक्ष्मी शाकयलाई विमुख पारिएको चरम असन्तुष्टि थियो, त्यो । 

आइतवारको सो विवादमा एउटी महिलाको बाटो अर्की महिलाकै सक्रियतामा छेकिएको भन्दै विषयले गम्भीर मोड लिएको स्रोतले बताएको छ । 

स्रोतका अनुसार राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख र संसदमा पनि तेत्तीस प्रतिशत महिला उपस्थितिको प्रावधानबाट गुज्रँदा अरुलाई नमूना देखाउने राष्ट्र नेपालमा यस्तो चित्त दुखाइको निशानामा पर्नुभयो राष्ट्रपति विद्यादेवी भण्डारी । उहाँले विभिन्न नेता र गुटका ठूलाबडालाई आफैंले फोन गरेर डोरमणि पौडेललाई भोट हाल्न लबिङ गरेको आरोप लाग्यो । मुख्यमन्त्रीको कुर्सीनजिकै पुगेर हिस्स पारिएकी अष्टलक्ष्मीको दुखेसो थियो,‘अध्यक्ष स्वयंले अघिबढ्नु भनेपछि म उठेकी थिएँ । डोरमणि कमरेडले राम्रो मन्त्रालयचै दिनुस् है भन्नु भएको थियो ।’ जनअास्थाबाट
 

फागुन २, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस