×

NMB BANK
NIC ASIA

हात्तीपाईले खुट्टाको घरमै उपचार गर्ने १७ तरिका

फागुन २, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २ फागुन– हात्तीपाईले रोगले मानिसलाई शारीरिक रुपमा अशक्त, अपाङ्ग बनाउँछ । हात्तीपाईले रोग फाईलेरिया परजीवीबाट लाग्ने रोग हो । यो रोग लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्काेमा सर्दछ । हात्तीपाईले भइसकेपछि निको हुँदैन । 

Muktinath Bank

विश्व स्वास्थ्य संगठनले अपहेलित रोगको रुपमा परिभाषित गरेको हात्तीपाईले सबै मानिसमा लाग्ने सम्भावना हुन्छ । लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले यो रोगको जोखिम सबैलाई हुनेहुँदा सरकारले यसको नियन्त्रणको लागि सन् २००३ देखि नै अभियान चलाएको छ । हात्तीपाईले रोग नलागोस् भनेर नेपाल सरकारले हात्तीपाईले रोग निवारणको लागि हरेक वर्ष राष्ट्रिय आम औषधि सेवन कार्यक्रम नै संचालन गर्ने गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले  सर्वेक्षण मार्फत  रोगको जोखिम रहेका जिल्लाहरुमा प्रत्यक वर्ष औषधि अभियान संचालन गर्ने गरेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. विवेककुमार लालले बताए । उनका अनुसार यस वर्षपनि आगामी फागुन १२ देखि १४ गतेसम्म २४ जिल्लाहरुमा आम औषधि सेवन कार्यक्रम गर्ने तयारी गरिएको छ ।


Advertisment
Nabil box
Kumari

‘हामीले हात्तीपाईले हुनै नदिने उपायहरु अपनाउनु पर्ने हुन्छ । हात्तीपाईले रोग लामखुट्टेको टोकाइबाट सर्ने भएकाले हात्तीपाईले रोगको जोखिम सबैलाई हुन सक्छ ’ डा.विवेकले भने । 
हात्तीपाईले रोगले मानिसलाई शारीरिक रुपमा अशक्त, अपाङ्ग बनाउँछ ।  हात्तीपाईले भएका मानिसको खुट्टा यौनांग, स्तन सुनिने  समस्या देखिन्छ । जसको कारण बिरामीको जीवन कष्ठकर बन्छ ।  हात्तीपाईले भएका बिरामीलाई सहज जीवनयापनको लागि विभिन्न विधिहरु हुन्छन् । हात्तीपाईले भएका धेरै मानिसमा एक वा दुवै खुट्टा सुनिन्ने हुनसक्छ । सुन्निएको खुट्टामा विभिन्न किसिमका संक्रमणहरु हुने हुदा हात्तीपाईले भएकाहरुले खुट्टाको उपचार विधि अपनाउनु पर्दछ ।

Vianet communication
Laxmi Bank

हात्तीपाईले खुट्टाको घरमै उपचार गर्ने १७ तरिका 

 हात्तिपाईले भएको  खुट्टा र स्वस्थ खुट्टा विहान र बेलुका गरी दिनमा दुईपटक धुने ।

 खुट्टाधुनलाई साधारण धाराको पानी प्रयोग गर्नुपर्छ ।

 खुट्टालाई तातो पानीले धुनु हुदैन ।

साधारण नुहाउने साबुनले खुट्टा धुँनुपर्छ ।

ब्रस, नङ वा यस्तै खस्रो बस्तुको प्रयोग गर्नुहुदैन । यस्ता वस्तुले खुट्टामा घाउ हुन सक्छ र रोगका किटाणुहरु पसी घाउ पाक्न सक्छ ।

 खुट्टाकाऔंलाहरु बीच र दोब्रिएको छाला मुनि नरम कपडाको मद्दतले भित्र सम्म सफागर्नुपर्दछ । सफागरिसकेपछि पानीले धुनु पर्दछ ।

नरम कपडाले विस्तारै थिचेर छाला पुछेर सुकाउनु पर्दछ । 

 जोडले या खस्रो कपडाले छाला पुछने गरेमा घाउ हुन सक्छ ।

संक्रमण भएमा व्हाइटफिल्ड मल्हम लगाउनु पर्दछ ।

काटेको वाकुनै किसिमको घाउचोट भएमा एण्टीसेप्टीक क्रिम (जस्तो बेटाडिन) अथवा एण्टीवायोटिक क्रिम (जस्तो सोफ्रामाइसिन) लगाउनु पर्दछ ।

समय समयमा नङहरु काट्नु पर्दछ । नङ काट्दा घाउ हुन सक्ने भएको हँुदा होसियार हुनुपर्दछ ।

 काम वा आराम गर्दा सम्भव भएसम्म प्रभावित खुट्टामाथि उठाएर सोझो पारेर राख्ने गर्नुपर्दछ । 

खाटमा सुत्दा  हात्तिपाईले भएको खुट्टातिरको खाट मुनी दुई वटा इट्टा राखीमाथि उठाउनु पर्दछ अथवा खुट्टातिरको विछौना मुनी दुई वा तीन तकिया राखीमाथि उठाएर खुट्टाहरु राख्नु पर्दछ । 

क्रेप बाण्डेज खुट्टा र पैतला छोपिने गरी राम्रोसँग लगाउनु पर्छ । 

 राति सुत्नजानु अघि ब्याण्डेज खोल्नु पर्दछ । 

खुट्टामा घाऊ भएको वा रातो भई सुत्रिएको छ भने ब्याण्डेज लगाउनु हँुदैन ।

 सजिलो खालको जुत्ता ÷चप्पललगाउनु पर्दछ । 

 सम्भव भएसम्म खुट्टालाई दायाँबायाँ गरी घुमाउने र तलमाथि गरी उचालेर साधारण तरिकाले व्यायाम गर्नुपर्दछ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x