एन आई सी एशियाका २ नयाँ शाखाहरु सुचारु

काठमाडौं, २ फागुन- एन आई सी एशिया बैंकको २ नयाँ शाखाहरु, जयपृथ्वी नगरपालिका वडा नं. १०, चैनपुर, बझाङ  र निलकण्ठ नगरपालिका वडा नं. ०३, धादिङ्गवेशीमा सुरु भएको छ ।  जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्र बहादुर खड्काबाट बझाङ र निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाबाट धादिङ्गवेशी शाखा सञ्चालनमा ल्याइएको हो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लेखित २ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल बैंकले अधिराज्यभर १ सय ७० शाखा कार्यालयहरु, १ सय ६८ एटिएम एवंम् ४ एक्स्टेन्सन  काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
 

फागुन २, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस