×

NMB BANK
NIC ASIA

प्रमुख समाचार : राष्ट्रका नाममा सम्बोधनपछि देउवाको राजीनामा, ओली र प्रचण्ड आलोपालो प्रधानमन्त्री

फागुन ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३ फागुन– एकता प्रक्रिया खाकालाई निष्कर्षमा पुर्‍याउन बुधबार बसेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकता संयोजन समितिको बैठकले नयाँ प्रधानमन्त्री चयनका लागि तत्काल राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने सहमति गरेको छ ।
एकता प्रक्रियाको ठोस खाकामा बुँदागत सहमति आउने अपेक्षा गरिएको सो बैठकले त्यसबारेमा बिहीबार निर्णय गर्ने समझदारी गरेको छ । 
एमाले र माओवादीबीच ओली र प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने सहमति पनि जुटेको बताइएको छ । तथापि आलोपालो सरकार चलाउने माओवादी प्रस्तावमा एमालेभित्र केही असन्तुष्टि छ ।
तत्काल सरकार बनाएर बहुदलीय प्रतिस्पर्धाका आधारमा मुलुकलाई आर्थिक सामाजिक रुपान्तरणका काममा मुलुकलाई अघि बढाउन ढिला भइसकेकाले नयाँ सरकार चाँडै बन्ने माओवादी नेता नारायणकाजी श्रेष्ठले बताए । 
संयोजन समितिका सदस्य एमाले वरिष्ठ नेता झलनाथ खनालले छलफल जारी रहेकाले निष्कर्ष बाहिर ल्याउन नसकिएको बताए । 
बैठकमा पार्टी एकताका लागि संगठनात्मक र वैचारिकसम्बन्धी दुई अलगअलग कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको समितिका सदस्य एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए । उनले कार्यदलका सदस्यहरुका नाम बिहीबार तय हुने बताए । 

Muktinath Bank


प्रधानमन्त्रीले सम्बोधन गर्ने– बुधबार बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा साँझ बस्ने भनिएको बैठक बस्न नसकेपछि अर्को दिन बिहान ९ बजे बस्ने तय भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । 
बिहीबार बिहान मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री देउवाले देशवासीका नाममा  सम्बोधन गर्ने कार्यक्रम तय भएको उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोगले प्रतिवेदन बुझायो– निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ । शीलत निवासस्थित राष्ट्रपति कार्यालयमा बुधबार साँझ अबेर प्रमुख निर्वाचन आयुक्तसहित आयोगका पदाधिकारीको टोलीले राष्ट्रपति भण्डारीसमक्ष प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० विजयी उम्मेदवारको नामसहितको प्रतिवेदन बुझाएको हो । 
प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले निर्वाचन स्वतन्त्र, स्वच्छ र शान्तिपूर्ण वातावरणमा सम्पन्न गरेकामा आयोगका पदाधिकारीलाई धन्यवाद ज्ञापन गर्दै बधाई दिइन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पनि सफलताका साथ सम्पन्न गराउने जिम्मेवारीलाई पूरा गर्न राष्ट्रपतिबाट निर्देशन भएको प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले बताए । 


Advertisment
Nabil box
Kumari

एमालेको निर्णय– नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ । ललितपुरको मानभवनमा बसेको स्थायी कमिटीको आकस्मिक बैठकले ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको हो । 
बैठकमा माओवादी केन्द्रसँग पार्टी एकताको विषयमा भएका सहमतिबारे ओलीले स्थायी समितिका सदस्यहरुलाई जानकारी गराए । सदस्यहरुले माओवादीसँग भएको भनिएको सहमतिमा सामान्य हेरफेर गर्न सुझाव दिएका छन् । 

Vianet communication
Laxmi Bank

माओवादी बैठक– नेकपा माओवादी केन्द्रको हेडक्वार्टर बैठकले पार्टी एकतासम्बन्धी समझदारीलाई लिखित रुपमा टुंग्याउने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । अध्यक्ष  प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मौखिक सहमति भएको सुनाएपछि बैठकले लिखित समझदारी गर्ने जिम्मा पनि उनैलाई दिएको बैठकमा सहभागी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रचण्ड निवास खुमलटारमा बसेको बैठकमा एमालेसँग दुई अध्यक्ष रहने र आलोपालो सरकारको नेतृत्व गर्नेगरी सहमति भएको ब्रिफिङ प्रचण्डले गरेका थिए । 

प्रदेश मुख्यमन्त्री– प्रदेश नम्बर १, २ र ५ को मुख्यमन्त्री चयन गरिएको छ । १ मा शेरधन राई नियुक्त भएका छन् । मुख्यमन्त्री राईले बिहीबार सपथ लिने भएका छन् ।
प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका लालबाबु राउत नियुक्त भएका छन् । राउतले पनि बिहीबार नै शपथ लिने कार्यक्रम छ । 
त्यस्तै, प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । नवनियुक्त मुख्यमन्त्री पोखरेलले बिहीबार सपथ लिने कार्यक्रम छ  । राई र एमालेका तर्फबाट मुख्यमन्त्री बनेका हुन् । 
प्रदेश नम्बर ७ मा बिहीबार मुख्यमन्त्री चयन हुने भएको छ । प्रदेशसभा ५ को सभामुखमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुदर घर्ती निर्विरोध चयन भएका छन् । 

सिलवालविरुद्ध किर्ते मुद्दा– नेकपा एमालेका सांसद एवं पूर्व प्रहरी नायव महानिरीक्षक नवराज सिलवालविरुद्ध सरकारी कागजात किर्ते मुद्दा दर्ता भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दा दर्ता गरेको हो । परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले सिलवालविरुद्ध मुद्दा दर्ता गरिएको जानकारी दिए ।

विषादीको प्रयोग बढ्दो– कृषिमा व्यवसायीकरणसँगै तरकारीमा विषादीको प्रयोग वर्षेनी बढ्न थालेको छ । गतवर्ष करीब ६९ करोड रुपैयाँ बराबरको ५ सय ७५ मेट्रिक टन विषादी नेपाल भित्रिएको कृषि विभाग अन्तर्गतको बाली संरक्षण निर्देशनालयले जनाएको छ । 
२०७२ मा ४ सय ५० मेट्रिक टन विषादी आयात भएको थियो । यसरी भित्रिएका विषादीमध्ये ८० प्रतिशत तरकारीमा मात्रै प्रयोग हुने गरेको निर्देशनालयका कार्यक्रम निर्देशक अच्युतप्रसाद ढकालले बताए । नेपालमा प्रति हेक्टर औसतमा ३ सय ९६ ग्राम विषादी प्रयोग गरिँदै आएको निर्देशनालयले जनाएको छ । 


खेल खबर– नामिबियामा भइरहेको आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको अन्तिम लिग खेलमा नेपालले क्यानडालाई हराएको छ । नेपालले क्यानडाविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको हो । 
क्यानडाले नेपाललाई दिएको १९५ रनको चुनौती ९ विकेट खर्चँदै अन्तिम बलमा पुरा गर्यो । जीतसँगै  नेपालले डिभिजन एकमा स्थान पक्का गर्दै  वान डे विश्वकप छनोट खेल्न पाउने भएको छ । नेपालको जीतमा करण केसीले उत्कृष्ट प्रदर्शन गरे । उनले नटआउट ४२ रनको योगदान दिए । 
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा १९४ रनको योगफल बनायो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x