×

NMB BANK
NIC ASIA

जाँदाजाँदै दुई मन्त्रीले गरे सरुवा

फागुन ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ३ फागुन-  बहिर्गमनको तयारीमा रहेको सरकारका दुई मन्त्रीले आफ्नो मन्त्रालय मातहतका महत्त्वपूर्ण पदमा सरुवा गरेका छन् । दुवै जनाले बुधबार मन्त्रीस्तरीय निर्णय गरी सरुवा गरेका हुन् । सिँचाइमन्त्री सञ्जय गौतमले उमेर हदले अनिवार्य अवकाश पाउन १८ दिनमात्र बाँकी रहेका सिँचाइ विभागका महानिर्देशक अशोक सिंहलाई जलस्रोत अनुसन्धान तथा विकास केन्द्रमा सरुवा गरेका छन् ।

Muktinath Bank

सिंहले ५८ वर्ष उमेर पूरा गरी आगामी फागुन २० मा अवकाश पाउँदैछन् । गौतमले सहसचिव सरोज पण्डितलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएका छन् । गौतमले बबई सिँचाइ आयोजना प्रमुख रमेशबन्धु अर्याललाई समेत मन्त्रालयमा सरुवा गरेका छन् । उक्त आयोजनामा योञ्जन श्रेष्ठलाई लगिएको छ ।
स्वास्थ्यमन्त्री दीपक बोहराले बुधबार नै मन्त्रीस्तरीय निर्णय गरी स्वास्थ्य विभागको महानिर्देशक परिवर्तन गरेका छन् । उनले १२ औं तहका डा. विनोदमान श्रेष्ठलाई विभागको महानिर्देशक नियुक्त गरेका छन् । श्रेष्ठले आगामी चैतमा उमेर हदले अनिवार्य अवकाश पाउँदैछन् । यसअघि मन्त्री बोहराले नियमविपरीत बहाल रहेका निमित्त महानिर्देशक डा. राजेन्द्र पन्तलाई हटाई ११ औं तहका डा. तारानाथ पौडेललाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएका थिए । पन्तले आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालत गुहार्न पुगेका थिए ।
सर्वोच्चले पन्तलाई पुरानै जिम्मेवारीमा फर्काउन अन्तरिम आदेश दिएको थियो । मन्त्री बोहराले भने सर्वोच्चको आदेशको बेवास्ता गर्दै डा. श्रेष्ठलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् । अब डा. पन्त राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी र डा. पौडेल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा फर्कने जानकारी स्वास्थ्य मन्त्रालय स्रोतले दिएको छ, कान्तिपुरमा खबर छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x