×

NMB BANK
NIC ASIA

बाबुबाटै बालिका 'वलात्कार' घटना: प्रलोभनमा बयान फेरियो

फागुन ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

भरतपुर, ३ फागुन-  १२ वर्षीया छोरी बलात्कारमा परेको भन्दै आमाले गत कात्तिक २६ गते प्रहरीमा किटानी जाहेरी दिइन् । पीडक पक्षले आर्थिक प्रलोभन र धम्क्याएर बयान फेर्न लगाए । अहिले बालिकाकी आमा फेरि बकपत्र गर्न पाउनुपर्ने माग गर्दै अदालत पुगेकी छन् । बालिकालाई रत्ननगर नगरपालिका–१ मा बालगृह सञ्चालन गरिरहेका भक्तिनी बगैंचाका ६१ वर्षीय गोविन्द ढकालले गत भदौ २५ गते राति बलात्कार गरेको दाबीसहित आमाले जाहेरी दिएकी थिइन् ।

Muktinath Bank

पटक–पटक करणी गर्दा बालिकाको तल्लो पेट दुख्न थाल्यो । पीडा बढेपछि ढकालले उनलाई सुर्खेतस्थित घर पठाए । उनले बालिकाकी आमालाई फोन गरी ‘छोरी आउँछु भनेकाले पठाएको’ बताएका थिए । पढ्न पठाएकी छोरी अचानकआउने खबरले आमा छक्क परिन् । ‘लालनपालन र अध्ययनका लागि पठाइएकी छोरी घर आउँदै छ भन्ने खबरले छक्क परें,’ उनले भनिन्, ‘छोरीले पटक–पटक जबरजस्ती करणीमा परेको सुनाएपछिपीडा भयो ।’ आमाले छिमेकीको सहयोगमा चन्दा उठाएर छोरीलाई तत्काल वीरेन्द्रनगरस्थित क्षेत्रीय अस्पतालमा परीक्षण र उपचार गराइन् । स्वास्थ्य परीक्षणमा योनिमा घाउ र खुलेको देखियो ।
अधिकारकर्मीले करणीविरुद्ध जाहेरी दिन सुझाएपछि न्यायका लागि बालिकाकी आमा चितवन आइन् । जिल्ला प्रहरीमा ढकालविरुद्ध कात्तिक २६ गते किटानी जाहेरी दर्ता गराइन् । प्रहरीले ढकाललाई तत्काल पक्राउ गर्‍यो । उनले अनुसन्धान क्रममा करणी स्वीकारेनन् । आफूलाई फसाउन खोजेको आरोप लगाए ।
बालिकाले अदालतसमक्ष ढकालले पटक–पटक करणी गरेको बयान दिएकी थिइन् ।  ढकाललाई इलाका प्रहरी टाँडीले अनुसन्धानपछि जिल्ला अदालतमा पेस गरेको थियो । अदालतले उनलाई पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ, कान्तिपुरमा खबर छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x