अन्ततः राष्ट्रपति ज्याकोब जुमाले दिए राजीनामा, पार्टीको निर्णयप्रति असन्तुष्ट

काठमाडौं, ३ फागुन– दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाले राजीनमा दिएका छन् । टेलिभिजन कार्यक्रममा बोल्दै जुमाले आफूले पद छोड्ने बताए । 

राजीनामा गर्न उनलाई आफ्नै पार्टीको निरन्तर दवाव थियो । जुमाले पार्टीको निर्णयमा आफू असन्तुष्टि रहेको पनि बताएका छन् । एएनसी पार्टीले बुधबार उनलाई राजीनामा दिनुपर्ने वा राजीनामा नदिएमा सांसदको मतको सामना गर्नुपर्ने बताएको थियो । 

गएको मंगलबार मात्रै उनको सर्वसाधाराणले उनको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए । ७५ वर्षका जुमालाई उनको पार्टीले उप–राष्ट्रपति रामाफोसालाई एएनसीको नयाँ नेता बन्ने बाटो खोलिदिन आग्रह गरेको थियो ।

सन् २००९ देखि सत्तामा रहेका जुमालाई धेरै पटक भष्ट्राचार र घुस लिएको आरोप लागेको छ । बुधबार मात्रै प्रहरीले जुमाका निकट मानिले गुप्ता परिवारको घरमा छापा मारेको थियो ।

फागुन ३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस