अमेरिकाको फ्लोेरिडास्थित एक विद्यालयमा गोली चल्यो, १७ विद्यार्थीको मृत्यु

फागुन ३, २०७४

काठमाडौं, ३ फागुन– अमेरिकाको फ्लोरिडास्थित पार्कल्याण्डको मेर्जरी स्टोनम्यान डग्लस हाई स्कुलमा अन्धाधुन्ध गोली प्रहार हुँदा १७ विद्यार्थी मारिएका छन् । घटनामा झन्डै डेढ दर्जन घाईते भएका छन् ।

सोही विद्यालयबाट निकालिएका एक जना १९ वर्षीय पूर्व विद्यार्थीले गोली प्रहार गरेको बताइएको छ । प्रहरीले गोली प्रहार गर्ने संदिग्ध व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । 

संदिग्ध अपराधीको साथबाट अटोमेटिक राईफल बरामद भएको जनाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
 

फागुन ३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस