गोर्खा भूकम्प दोहोरिए दोब्बर क्षति

काठमाडौं, ३ फागुन– तीन वर्षअघि गोर्खा केन्द्रबिन्दु भएर गएको ७.८ रेक्टर स्केलको भूकम्प दोहोरिए राजधानी काठमाडौंमा मात्र ७ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको क्षति हुने अध्ययनले देखाएको छ । यस्तो भूकम्पले २२ हजारभन्दा बढी मानवीय क्षति हुने सरकारी अध्ययनको दाबी छ । 

सहरी विकास मन्त्रालय अन्तर्गतको भूकम्प विपद जोखिम मूल्यांकन परियोजनाले जापानी सहयोग नियोग (जाइका) सँग मिलेर गरेको अध्ययन प्रतिवेदनले मध्य नेपालको दक्षिण भागलाई केन्द्रबिन्दु बनाएर भूकम्प गए काठमाडौं उपत्यकामा मात्र २२ हजार १ सय ८० जनाको ज्यान जाने देखिएको छ, कारोबारमा खबर छ । 
 

फागुन ३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस