×

NMB BANK
NIC ASIA

किन रोकियो देउवाको राजीनामा ?

फागुन ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३ फागुन- प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिने भनिएको राजीनामा अन्तिम समयमा आएर रोकिएको छ। राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सरकारले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन नगरेको कारण देखाउँदै देउवाले राजीनामा रोकेका हुन्।

Sagarmatha Cement
Muktinath Bank

सरकारको सिफारिस राष्ट्रपतिले कार्यान्वयन नगर्दासम्म राजीनामा दिन नहुने तर्क देउवा निकटले गरेपछि उनले राजीनामाको मनस्थिति परित्याग गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशवासीलाई सम्बोधन गरी बुधबार राजीनामा दिने देउवाको तयारी थियो। उनले साँझ मन्त्रिपरिषद्का सदस्यसँग आफ्नो राजीनामाको विषयमा अनौपचारिक छलफल पनि गरेका थिए। छलफलमा राष्ट्रपतिसँग सरकारको सिफारिसका विषयमा कुरा गरेर मात्रै राजीनामा दिन सुझाव आएपछि देउवा राजीनामाबाट पछि हटेका हुन्।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री सचिवालयदेखि केही कांग्रेसी नेताले बुधबार देउवाको बिदाइ सम्बोधन तयार पारेका थिए। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले सम्बोधन र राजीनामा सबै तयार पारेर बसे पनि सरकारको सिफारिस राष्ट्रपतिबाट कार्यान्वयनमा ढिलाइ हुँदा रोकिएको जानकारी दिए।

Vianet communication
Laxmi Bank

कांग्रेस स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आयोगले राष्ट्रपतिलाई नतिजा हस्तान्तरण गरेलगत्तै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई शीतलनिवास पठाएर राष्ट्रपतिसँग तीन सदस्यको सिफारिसबारे कुरा गर्न अह्राएका थिए। अर्थमन्त्री कार्कीले राष्ट्रपतिलाई भेटेर राष्ट्रियसभामा ३ जनाको मनोनयन तत्काल गर्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। कांग्रेस प्रवक्ता शर्माका अनुसार बिहीबार देउवाले देशवासीका नाममा सम्बोधन गरी राजीनामा दिनेछन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x