×

NMB BANK
NIC ASIA

ओली नेतृत्वमा नयाँ सरकार आजै ? गठबन्धनले राष्ट्रपतिसमक्ष नाम पठाउँदै

फागुन ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३ फागुन– वाम गठबन्धनले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउने निर्णय गर्दै बिहीबार राष्ट्रपतिसमक्ष नाम पठाउने तय गरेको छ । निर्वाचन आयोगले चुनावी परिणाम बुझाएलगत्तै बुधबार साँझ बसेको गठबन्धनको बैठकले बिहीबारबाटै सरकार गठन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । 

Muktinath Bank

‘बिहीबार दिउँसोसम्म हामी नाम पठाइसक्छौं,’ एमाले महासचिव ईश्वर पोखरेलले भने । संसद्मा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था छ । एउटै दलको बहुमत नपुगेकाले वाम गठबन्धनका दुई दल एमाले र माओवादीले संविधानको प्रावधानअनुसार आफूहरूको बहुमत रहेको उल्लेख गर्दै प्रधानमन्त्रीमा नियुक्तिको आग्रहसहित ओलीको नाम पठाउने छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीबारबाटै सरकार गठन प्रक्रिया अघि बढाउन एमाले स्थायी समितिको आकस्मिक बैठक पनि बुधबारै बसेको थियो । बैठकले ओलीलाई दलका तर्फबाट प्रधानमन्त्रीका रूपमा अघि सार्ने औपचारिक निर्णय गरेको थियो । 


Advertisment
Nabil box
Kumari

‘तत्काल सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने देखिएकाले बिहीबारै त्यो काम सुरु हुन्छ,’ माओवादी नेता नारायणकाजी श्रेष्ठले भने । चुनाव सकिएको दुई महिनासम्म पनि प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक नहुँदा सरकार गठन प्रक्रिया अघि बढ्न सकेको थिएन । 

Vianet communication
Laxmi Bank

राष्ट्रिय सभाको निर्वाचनपछि मात्र प्रतिनिधिसभाको समानुपातिकतर्फको परिणाम सार्वजनिक गर्नुपर्ने अवस्थाका कारण सरकार गठन प्रक्रियाअवरुद्ध थियो ।

बिहीबार ओलीको नाम पेस भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्नेछिन् । राष्ट्रपतिबाट नियुक्त भएका प्रधानमन्त्रीले एक महिनाभित्र संसद्मा विश्वासको मत लिनुपर्ने प्रावधान छ । 

वाम गठबन्धनसँग संसद्मा झन्डै दुई तिहाइ सिट छ । त्यसैले ओलीको नाम स्वतस् अनुमोदन हुने अवस्था छ । तत्काल दुई दलको मात्र सरकार बन्नेछ । सरकारको स्वरूपबारे बिहीबार नाम पेस भएपछि दुई दलले थप निर्णय गर्नेछन्, कान्तिपुरमा खबर छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x