×

NMB BANK
NIC ASIA

ओलीको पहिलो रोजाइमा किन परे लालबाबु ?

फागुन ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं ३ फागुन– विगतमा सामान्य प्रशासन मन्त्री बन्दा गरेको कामले प्रशंसा कमाएका लालबाबु पण्डित प्रधानमन्त्री केपी ओलीको पहिलो रोजाइका मन्त्री बने । दिउसो सम्मपनि मन्त्री बन्छु भन्ने थाहा नपाएका पण्डितले राष्ट्रपति कार्यालयमा पुगपछि मात्र आफू मन्त्री बन्ने थाहा पाएका थिए । 

Muktinath Bank

तर कुन मन्त्रालय भन्ने कुरा राष्ट्रपति कार्यालयका सचिवले उद्घोष गर्दा थाहा पाए । पारिवारिक स्रोतका अनुसार दिउसो सम्मपनि पण्डित मन्त्री बन्ने कुनै सुरसार थिएन् । तर ओलीले पहिलो पटक नै पण्डितलाई मन्त्री बनाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लालबाबुलाई मन्त्री बनाउनुको पहिलो कारण विगतमा उनले गरेको कामको मूल्याङकन नै हो । स्व सुशील कोइराला सरकारमा सामान्य प्रशासन मन्त्री रहेका पण्डितले डिभी, पिआर लिएका कर्मचारीलाई सरकारी जागिर छाड्न बाध्य पारेका थिए । 


Advertisment
Nabil box
Kumari

कर्मचारी संगठनहरुको चर्को दवावका बाबजुद कर्मचारीलाई या पिआर छाड्न या सरकारी जागिर छाड्नु पर्नेगरी कानून बनाउन पण्डितले ठूलो भूमिका खेलेका थिए । सामान्य प्रशासन मन्त्री बन्दा गरेको काम र राष्ट्रवादी अडानका कारण लालवावु चर्चामा रहे । 

Vianet communication
Laxmi Bank

लालबाबु पण्डितलाई मन्त्री बनाउनुको दोस्रो कारण चाहिँ, मधेशी समुदायप्रति एमालेको सम्मान हो । विगतमा कतिपय राजनीतिक दलले एमालेलाई ‘मधेश विरोधी’को आरोप लगाएका थिए । त्यो आरोप खण्डन गर्नपनि ओलीले लालबाबुलाई रोजेका हुनसक्छन् । 

विगतमा मधेश आन्दोलन चर्केको समयमा लालबाबुले एमालेले लिएको नीतिको पक्षमा डटेर बोलेका थिए । पार्टीमा माधवकुमार नेपाल समूहका भएपनि लालबाबु ओलीको पहिलो रोजाइमा परे ।

ओलीले मन्त्रिमण्डल विस्तारमा समावेशीतालाई पनि उत्तिकै ख्याल गरेको देखियो । तीन सदस्सीय मन्त्रिमण्डलमा महिलालाई समावेश गरेर उनले लैङ्गिक समानतालाई पनि महत्व दिए । 

लालबाबुलाई जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । काठमाडौंको प्रदूषण र धुलो नियन्त्रणका लागि काम गरे भने यसपटक पनि प्रसंशा बटुल्ने छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x